default_image

breaking big news

February 1, 2018

पुलिस आहा गोल्डकपको फाइनलमा, थ्रीस्टारसँग भिड्ने

दिपेन्द्र पोखरेल पोखरा – धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा पुगेको छ । फाइनलमा शनिबार पुलिसले थ्री स्टारको सामना गर्नेछ । पुलिसको जितमा सुमनले २३ औं मिनेटमा एकमात्र गोल पेनाल्टी मार्फत गरे । धरानका रोमन लिम्बुले रवि पासवानलाई लडाएपछि पाएको पेनाल्टी सुमनले गोलमा परिणत गरेका हुन् । रेफ्री […]

Police celebrate

February 1, 2018

सुमनको गोलमा पुलिसलाई अग्रता (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा रारा गोल्ड कपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सुमन लामाको गोलमा धरान फुटबल क्लबविरुद्ध अग्रता लिएको छ । सुमनले २३ औं मिनेटमा पेनाल्टीलाई परिणत गर्दै गोल गरेका हुन् ।  हेर्नुहोस गोलको भिडियो : तस्बिर / भिडियो : विवेक सुवेदी / हाम्रो खेलकुद  

Police

February 1, 2018

आहा गोल्डकपको दोस्रो सेमिफाइनलमा धरान र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबको सामना गर्दैछ । पहिलो सेमिफाइनलमा बंगलादेशको उत्तर बरिधारा क्लबलाई हराउँदै थ्री स्टार प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो खेलमा सिक्किम युनाइटेडलाई पराजित गरेको धरानले क्वाटरफाइनलमा उपाधि दाबेदार आर्मीलाई टाइब्रेकरमा पाखा लगाएको थियो ।पहिलो खेलमा पुलिसले रमपम झापा-११ लाई पराजित गरेको थियो भने […]

February 1, 2018

युनाइटेड टोटनह्यामसँग पराजित, सिटी विजयी

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । वेम्ब्ली स्टेडियममा खेलिएको सो खेलको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । त्यस्तै युनाइटेडको डिफेन्डर फिल जोन्सको आत्मघाती गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्दै जित […]

meghraj KC

January 31, 2018

थ्री स्टार प्रशिक्षक केसी भन्छन् – ‘आजको भिडन्त गोरु र बाख्राको जस्तो भयो’

पोखरा (हाम्रो खेलकुद) – १६ औं रारा गोल्ड कपको सेमिफाइनलमा बंगलादेशी क्लब उत्तर वरिधारालाई ५-० ले हराएको थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सेमिफाइनलमा विपक्षी टोलीसँग स्तर नमिलेको बताए । त्यस्तै वरिधाराका वरिष्ट उपाधक्ष्य मुसिबुर रहमानले भने आफ्ना मुख्य खेलाडीहरु प्रतिबन्धमा परेको र पहिलो रोजाइका ४ खेलाडीलाई चोट लागेका कारण खेल एक तर्फी भएको बताए । थ्री […]

January 31, 2018

ज्ञानेन्द्र र सन्दिप चम्किए, युएई १ सय ९३ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा युएई ‘ए’लाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमै १ सय ४० रन बनाउँदै अलआउट हुन पुगेको थियो । युएईलाई सस्तैमा रोक्न हालै आइपिएल टोली […]

January 31, 2018

फराकिलो जितसंगै थ्री स्टार आहाको फाइनलमा , विश्वासको ह्याट्रिक

दिपेन्द्र पोखरेल  पोखरा – बंगलादेशको उत्तर बरिधारा क्लबलाई ५-० ले पराजित गर्दै रुस्लान थ्री स्टार स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनल प्रवेश गरेको छ । एकतर्फी खेलमा थ्री स्टारका विश्वास श्रेष्ठले ह्याट्रिक गरे । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद पहिलो खेलमा रातो कार्ड पाएका दुई विदेशी खेलाडी गुमाएको वारिधारा खेलको सुरुआतबाट […]

Gyanendra Malla Nepal

January 31, 2018

ज्ञानेन्द्रको १ सय ५४ रनको उत्कृष्ट पारी, युएईलाई ३ सय ३४ को लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग भिड्दै छ । पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार पार्न सफल भयो । नेपालका लागि ओपनर तथा टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय […]

Gyanendra Malla

January 31, 2018

युएई विरुद्ध ज्ञानेन्द्रको शतक

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग भिड्दै छ । उपकप्तान ज्ञानेन्द्र मल्लले शानदार ब्याटिङ गर्दै शतक पुरा गरेका छन् । ज्ञानेन्द्रले ९७ बलमै आफ्नो शतक पुरा गरेका हुन् । उनले दिलिप नाथसँग मिलेर पहिलो विकेटका लागि १ सय ४२ रनको […]

January 30, 2018

पहिलो अभ्यास खेलमा नेपालको जित, युएई २५ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा युएई ‘ए’ लाई २५ रनले पराजित गरेको छ । २ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४८.४ ओभरमा २ सय २१ रनमै अलआउट हुन पुग्यो । घरेलु टोलीलाई रोक्न नेपालका लागि पारस खड्काले ५ विकेट लिँदै […]

Success

Thank you for your time.