default_image

breaking big news

May 20, 2018

सन्दीपले लिए पोलार्डको विकेट

दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् । दोस्रो स्पेलको पहिलो बलमा सन्दीपले केरन पोलार्डको विकेट लिएका छन् ।

May 20, 2018

पहिलो ओभरमै सन्दीपले लिए विकेट

दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् । पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका छन् । सन्दीपले सुर्य कुमार यादवको विकेट लिन सफल भए । उनले आफ्ना अघिल्लो दुई खेलमा पनि १-१ विकेट लिन सफल भएका […]

May 20, 2018

मुम्बईलाई १ सय ७५ रनको लक्ष्य, सन्दीपलाई चम्किने मौका

दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ मा अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा १ सय ७४ रन बनाउन सफल भएको छ । दिल्लीका लागि आकर्षक लयमा रहेका रिशभ पन्तले सर्वाधिक ६४ रन जोडे । उनले ४४ बलको […]

May 20, 2018

दिल्ली पहिले ब्याटिङ गर्दै, सन्दीपले खेल्दै आफ्नो तेस्रो खेलमा

दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स अाज मुम्बई इन्डियन्ससँग आफ्नो अन्तिम खेल खेल्दै छ । फिरोज शाह कोट्ला स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार ४.१५ बजे सुरु हुने छ । अघिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप आज पनि सुरुवाती ११ मा परेका छन् । दिल्लीले […]

May 20, 2018

दिल्लीको अन्तिम खेल मुम्बईसँग, विश्वको नजर सन्दीपतिर

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स आज मुम्बई इन्डियन्ससँग आफ्नो अन्तिम खेल खेल्ने छ । फिरोज शाह कोट्ला स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार बेलुकाको ४.१५ बजे सुरु हुने छ । सन्दीपले आफ्नो दुई खेलमा विराट कोहली, एबी डि भिलियर्स, शेन वाट्सन, महेन्द्र सिंह धोनी […]

May 20, 2018

चेल्सीलाई एफए कप, युनाइटेड पराजित

लन्डन (एजेन्सी)– चेल्सीले शनिबार एफए कप जितेको छ । म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप जितेको हो । इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो । सम्भवत चेल्सी छोड्नु पर्ने अवस्थामा रहेका प्रशिक्षक एन्टोनियो कोन्टेका लागि त्यो उपाधि उपहार हुन सक्दछ । लगातार दोस्रो बर्ष […]

May 20, 2018

हैदराबादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफमा

हैदराबाद (एजेन्सी)– कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफका लागि छनोट भएको छ । शीर्षस्थानमा रहेको सनराइजर्स हैराबादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् । प्ले अफ पुग्ने अब एउटा टोलीको टुंगो लाग्न बाँकी […]

Three Star

May 19, 2018

मनाङलाई हराउँदै थ्री स्टार उदयपुर गोल्डकप च्याम्पियन

उदयपुर(हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । थरुहट रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै थ्री स्टारलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो […]

May 19, 2018

हरि र कान्छीमाया कान्तिपुर रनर हाफ म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर रनर हाफ म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार भएको आठौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरिले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ९ मिनेट २ सेकेन्डमा पूरा गरे । महिलातर्फ कान्छीमायाले १ घन्टा २१ मिनेट २८ सेकेन्डको समय निकालिन् । […]

May 18, 2018

दिल्ली विजयी, विकेट सहित सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई हराएको छ । १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ […]

Success

Thank you for your time.