default_image

breaking big news

February 16, 2018

नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो स्थानमा रहन सफल नेपाली क्रिकेट टोली शनिबार साँझ स्वदेश आइपुग्ने भएको छ । इतिहाद एयरलाइन्सबाट टोली शनिबार साँझ ७ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएइको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा बुधबार क्यानाडालाई हराँउदै नेपाल विश्व कप छनोट चरणमा पुग्न सफल […]

February 15, 2018

पारसको शतक बावजुद नेपाल फाइनलमा पराजित, बन्यो उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । यससँगै युएई डिभिजन-२ को विजेता बनेको छ । नेपाल र युएईले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइ सकेका थिए । अब युएई विश्वकप छनोटमा समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँग स्थान पाउनेछ भने नेपाल समूह […]

Paras Khadka

February 15, 2018

कप्तान पारसको अर्धशतक पुरा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको फाइनल खेलमा युएई विरुद्ध २ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । ३५ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले ५१ रन बनाएका थिए । हाल नेपाल ३५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १ सय ६१ रनमा […]

February 15, 2018

सहज जितसँगै आर्मी सिमरा गोल्डकपको फाइनलमा, थ्रीस्टारसँग भेट पक्का

सिमरा (हाम्रो खेलकुद) – नवौं सिमरा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले वीरगंज युनाइटेडमाथि ३-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै आर्मीले फाइनलमा थ्रीस्टारसँग भेट पक्का गरेको छ । आजको सेमिफाइनलमा आर्मी वीरगंजविरुद्ध निकै हावी देखियो । खेलको ३८ औं मिनेटमा टंक बस्नेतको क्रस भरत खवासले निरन्त्रणमा नलिए पनि दिनेश हेम्जनले […]

February 15, 2018

डिभिजन-२ उपाधि जित्न नेपाललाई २ सय ७८ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र युएई भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय  ७७ रन जोड्न सफल भएको हो ।   युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले । […]

February 15, 2018

फिफा वरियतामा नेपाल १ सय ६५ औं स्थानमा यथावत

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल अघिल्लो महिना सरह १ सय ६५ औं स्थानमा रहेको छ । विश्वको शीर्ष १७ टोलीमा पनि केहि परिवर्तन छैन । दुई महिना अघिको वरियतामा १ सय ७१ औं स्थानमा रहेको नेपाल अघिल्लो महिना ६ स्थान माथि उक्लिँदै १ सय ६५ औं स्थानमा पुगेको थियो । […]

UAE vs Nepal

February 15, 2018

टस हारेर नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेको छ । राउन्ड रबिनका शीर्ष दुई टोली अहिले उपाधिका लागि भिड्दै छन् ।  हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । […]

February 15, 2018

उपाधिका लागि आज नेपाल युएईको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको नेपालले उपाधिका लागि आज दोस्रो स्थानको युएईसँग खेल्दै छ । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो ।  युएईले हिजै नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको थियो । नेपालको ५ खेलमा ४ […]

ronaldo

February 15, 2018

पिएसजी विरुद्ध रियल विजयी , रोनाल्डोको दुई गोल

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे । बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी […]

February 14, 2018

नेपाल विश्वकप छनोटमा, रोमाञ्चक जितमा करनको चमत्कारी ब्याटिङ्ग

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्‍यो । नेपालको टप अर्डर आज पनि चल्न सकेन । […]

Success

Thank you for your time.