default_image

breaking big news

May 31, 2018

आर्मीको जितमा सोमपाल नायक

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले एक्सेल्सिया प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार प्रदेश २ लाई ५५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको आर्मीले औसत प्रदर्शन गर्दै प्रदेश २ लाई २ सय ४५ रनको लक्ष्य दिएको थियो । सोमपाल कामीले आर्मीको लागि ४१ रन जोड्दै ३ विकेट लिए ।  इनिङ्सको तीन बल बाँकी रहँदा अलआउट […]

May 31, 2018

भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालय जगतबहादुर विश्वकर्माले भक्तपुर जिल्लाका दुई स्थानमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक जग्गा पहिचान भइसकेको र त्यसको प्राप्तीका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । आफ्नो कार्यकालको सय दिन पुरा गरेपछि प्रगती विवरण पेश गर्ने वाचा अनुसार सिंहदबारस्थित मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् […]

May 30, 2018

एएफसी यू १६ महिलाको छनोट नेपालले आयोजना गर्ने

क्वालालम्पुर (एजेन्सी)– एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् । नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश […]

May 30, 2018

हरिको अलराउन्ड प्रदर्शनमा प्रदश नं ४ को पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – हरिबहादुर चौहानको अलराउन्डर प्रदर्शन गरेपछि बुधबार प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ ले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ । हरिले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेटपछि ४ नम्बरले प्रदेश नं १ लाई १ सय २९ रनले हराएको हो ।   राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा […]

rain play

May 30, 2018

वर्षाका कारण प्रदेश ७ र ५ को खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – प्राधानमन्त्री कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेल ‘वेट आउटफिल्ड’ का कारण रद्द भएको छ। मंगलबार रातीको भारी वर्षाका कारण प्रावाभित खेल ढिलो सुरु भएको थियो। करिब ११:३० मा सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो। प्रदेश ७ ले टस जित्दै ब्याटिंग रोजेपछि ८ ओभर खेल भएको थियो। तर करिब १५ मिनेटको […]

messi hattrick

May 30, 2018

अर्जेन्टिनाको जितमा मेस्सीको ह्याट्रिक

ब्यूनस आयर्स (एजेन्सी)– विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्।  अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले अर्जेन्टिनालाई अग्रता […]

May 29, 2018

युवा तथा खेलकुद मन्त्रालयको बजेट झन्डै दोब्बर बढ्यो,ओलम्पियनले मासिक भत्ता पाउने

‘खेलकुद बजेट उत्साहजनक’ -मन्त्री विश्वकर्मा काठमाडौं (हाम्रो खेलकुद)– सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ का लागि बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन […]

chandra bc

May 29, 2018

चन्द्र एक्लैको ६ विकेट तर प्रदेश ६ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो।  टस जितेर प्रदेश ६ ले ब्याटिङ गरेपछि ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७८ रन बनायो । रबिन्द्र जंग शाही र दिवान पुनले समान ५२ रनको योगदान दिए । […]

May 29, 2018

मैत्रीपूर्ण खेलमा विश्वकप दाबेदार फ्रान्स विजयी

पेरिस (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २-० ले पराजित गरेको छ । जुन १४ बाट सुरु हुने फिफा विश्वकप २०१८ मा फ्रान्स पनि दाबेदारमध्ये एक रहेको छ भने आयरल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको हो । फ्रान्सले केही नियमित खेलाडीहरुलाई मात्र सुरुवाती ११ मा समेटेको थियो । फ्रान्सका लागि ४० औं मिनेटमा ओलिभर […]

May 28, 2018

ज्ञानेन्द्र इसेवाको ब्राण्ड एम्बेसेडर

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पेमेन्ट गेटवे इसेवाको ब्रान्ड एम्बेसडर बनेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा ज्ञानेन्द्र र एफ वोन सफ्टका अध्यक्ष विश्वास ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सम्झौता रकम सार्वजनिक नगरिएपनि ज्ञानेन्द्र एक वर्ष सम्म इसेवाको ब्रान्ड एम्बेसडर रहने बताइएको छ । नेपाली क्रिकेटमा विभिन्न रुपले जोडिदै […]

Success

Thank you for your time.