default_image

breaking big news

March 7, 2018

आयोजक झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद)– आयोजक रमपम झापा ११ ले पाहुना टोली सिक्किम युनाइटेडलाई बुधबार २–१ ले हराउँदै झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पछि परेको खेल उल्टाउँदै झापा अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रतियोगितको सेमिफाइनलमा अब झापाले रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । खेलको १७ औं मिनेटमा सिक्किमका मायल […]

March 7, 2018

च्याम्पियन्स लिगमा रोनाल्डोले गरे कीर्तिमान बराबरी

पेरिस (एजेन्सी)– च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–१ ले हराउँदा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले १ गोल गरेको थिए । त्यो गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा पूर्व क्लब म्यानचेस्टर युनाइटेडका सहकर्मी रुड भान निस्टरोयसँगको कीर्तिमान बराबरी गरेका छन् । पिएसजीकोविरुद्धको पहिलो लेगमा २ गोल गरेका रोनाल्डोले गए राती […]

March 7, 2018

रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पिएसजी पराजित

पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिडले पिएसजीलाई २-१ ले पराजित गरेको छ । पहिलो लेगमा ३-१ ले विजयी रहेको रियलले एग्रिगेटमा ५-२ को जित हांसिल गर्न सफल भयो । पहिलो हाफमा दुवै टोलीले थुप्रै मौकाहरु पाए पनि गोलमा परिणत गर्न सकेका थिएनन् । त्यस्तै खेलको […]

March 6, 2018

एएफसी कपमा रोहित सम्मिलित पर्सिजा बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भिएत्नामिज टोली सोङ्ग लाम ने आनसँग गोलरहित बराबरी खेलेको छ । समूह एच अन्तर्गतको यस खेलमा रोहितले सुरुवाती ११ मा स्थान बनाउँदै पुरा ९० मिनेट खेलेका थिए । भियत्नामिज टोलीका हो सि सामले खेलको ६१ […]

default_image

March 6, 2018

झापा गोल्डकपमा मनाङको भाग्य,सहारा बाहिरियो

बिर्तामोड (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखराको सहारा क्लब पोखरालाई टाइब्रेकर ४–३ गोलअन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा […]

March 6, 2018

आफ्नो घरेलु मैदानमा पिएसजीको नतिजा उल्टाउने आशा

पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड पिएसजीसँग भिड्दै छ । पहिलो लेगमा रियलले सान्टियागो बर्नबाउमा ३-१ को जित हांसिल गरेको थियो । पिएसजी आज आफ्ना स्टार फरवार्ड नेयमार बिनै मैदानमा उत्रिन बाध्य हुने छ । अघिल्लो हप्ता मार्से विरुद्धको खेलमा नेयमारको खुट्टामा चोट लागेको […]

March 5, 2018

रुस्लान थ्रीस्टारको एपीएफमाथि बदला

बिर्तामोड (हाम्रो खेलकुद)- रुस्लान थ्री स्टार क्लबले एपीएफलाई १-० ले हराउँदै तीन दिन अघि चितवनमा भएको विशाल रनिङ शिल्डको फाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा थ्री स्टारका अजायी मार्टिन्सको गोल निर्णायक सावित भयो । मार्टिन्सले खेलको ५७ औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए । […]

messi

March 4, 2018

एथ्लेटिको विरुद्धको जितमा मेस्सीको फ्री किक निर्णायक

बार्सिलोना (एजेन्सी) – एथेलेटिको म्याड्रिडलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अग्रता बलियो बनाउन सफल भएको छ । दोस्रो स्थानको एथ्लेटिकोलाई पराजित गरेपछि बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको हो । एथ्लेटिकोको भने दोस्रो स्थानमा ६१ अंक छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले पहिलो हाफमा फ्री किक मार्फत गरेको गोल नै निर्णायक रह्यो । […]

March 4, 2018

नेपाल १ सय १६ रनले पराजित, ब्याटिङ सन्तोषजनक

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६४ रन मात्र जोड्न सक्यो । पराजित भए बावजुद नेपालको ब्याटिङ आज सन्तोषजनक रह्यो । नेपालका […]

Aarif

March 4, 2018

जिम्बावे विरुद्ध आरिफको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) –विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि आरिफ शेखलेपनि अर्धशतक पुरा गरेका छन् । यसअघि शरद भेषावकर ५२ रन बनाउँदै आउट भएपछि यस खेलमा ५० रन पुरा गर्ने आरिफ दोस्रो नेपाली ब्याट्सम्यान बनेका हुन् । उनले ५८ बलको सामना गर्दै ५ चौका प्रहार गरे । लिस्ट […]

Success

Thank you for your time.