default_image

breaking big news

June 19, 2018

१० खेलाडीमा सीमित कोलम्बिया पहिलो हाफमा जापानसंग बराबर

मोर्डाेभिया (एजेन्सी) – विश्वकप समूह एच अन्तर्गत पहिलो खेलको पहिलो हाफमा कोलम्बिया र जापानले १-१ को बराबरी खेलेका छन् । खेलको ५ औं मिनेटमै कोलम्बिया १० खेलाडीमा सीमित हुन पुगेको थियो । कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए […]

June 19, 2018

विश्व कपमा आजका खेलहरु

काठमाडौं (हाम्रो खेलकुद)– रसियामा जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ । समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच […]

June 19, 2018

केन चम्किंदा इंग्ल्यान्ड विजयी

भोल्गोग्राड (एजेन्सी) – विश्वकप समूह ‘जी’ को दोस्रो खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २-१ ले हराएको छ । इंग्ल्यान्डका लागि दुवै गोल उसका कप्तान ह्यारी केनले गरे । खेलको ११ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर कायल वाल्करको फउलमा ट्युनिसियाले ३५ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई फर्जानी ससिले परिणत […]

June 18, 2018

बेल्जियमको सहज जित, लुकाकुको दुई गोल

सोजी (एजेन्सी) – विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियमले पानामालाई ३-० ले हराएको छ । बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे । पहिलो हाफ गोल रहित भए पनि दोस्रो हाफमा बेल्जियम ३ गोल गर्न सफल भएको हो । ड्रायस मर्टेन्सले सुन्दर गोल गर्दै बेल्जियमलाई ४७ औं मिनेटमा अग्रता दिलाए । त्यस्तै केभिन […]

June 18, 2018

प्रतियोगितामा अर्को निराशको खोजीमा पानामा, बेल्जियमसंग पहिलो हाफ बराबरी

सोजी (एजेन्सी) – विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियम र पानामाको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । बेल्जियमले खेल बढी नियन्त्रणमा लिए पनि पानामाको रक्षापंक्ति बलियो देखिएको छ । बेल्जियमका लागि एडेन हाजार्ड र ड्राइस मर्टेन्स गोल गर्न नजिक आएका थिए । विश्वकपमा बेल्जियमलाई पनि बलियो टोलीका रुपमा लिइएको छ । यसअघि दाबेदार […]

June 18, 2018

स्वीडेन कोरिया विरुद्ध विजयी, जर्मनीलाई गाह्रो

निज्नी (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई १-० ले हराएको छ । दक्षिण कोरिया र स्विडेन दुवैले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेका थिएनन् । तर खेलको ६५ औं मिनेटमा स्विडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो । स्विडेनका लागि पेनाल्टीमा कप्तान आन्द्रियस ग्रान्कभिस्ट चुकेनन् र […]

June 18, 2018

स्वीडेन र कोरियाको पहिलो हाफ गोलरहित, प्रतियोगिताकै अत्याधिक फल

निज्नी (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलको पहिलो हाफमा स्विडेन र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन् । दक्षिण कोरिया र स्विडेन दुवैले गोल गर्ने अवसरहरु पाए पनि ती असफल भएका हुन् । यस खेलमा पहिलो हाफमै २५ फल भएका छन् जुन अहिलेसम्मको पहिलो हाफका लागि सबैभन्दा बढी हो । स्विडेनले ११ फल […]

June 18, 2018

स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती

सोची (एजेन्सी) – बेल्जियम रसिया विश्वकपको उपाधिको दाबेदार टिममध्येको एक टोली हो । स्टार खेलाडीहरूले भरिएको बेल्जियमले आज विश्वकपको नवप्रवेशी पानामाको सामना गर्दै रसिया विश्वकपको सुरुवात गर्नेछ । बेल्जियम र पनामाबीचको खेल सोचीस्थित फिस्ट स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि सुरु हुनेछ । स्टार खेलाडीहरूले भरिएको बेल्जियम पनामाविरुद्ध निश्चित जितसहित मैदान उत्रने पक्का छ । […]

June 18, 2018

ब्राजिल पनि बराबरीमा रोकियो,स्विट्जरल्यान्ड को उच्च प्रदर्शन

रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । […]

June 18, 2018

कोउटिन्होको गोलमा ब्राजिललाई अग्रता

रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एकका रुपमा हेरिएको ब्राजिलले विश्व कप समूह चरणको स्विट्जरल्यान्डविरुद्धको पहिलो खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.