default_image

breaking big news

stats nepal

March 19, 2018

विश्वकप छनोटमा नेपालको तथ्याङ्क, पारस र सन्दीपको प्रदर्शन उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटमा आठौँ स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाली टोलीले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदै क्रिकेट  इतिहासकै सबैभन्दा ठूलो सफलता हांसिल गर्‍यो । नेपालले उक्त सफलता पाउने क्रममा खेलेको ६ मध्ये २ खेलमा जित हात पार्‍यो । जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग समूह ‘बी’मा परेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेविरुद्ध १ सय १६ रनले पराजित हुँदै […]

ronaldo girona

March 19, 2018

रियलको जितमा रोनाल्डोले गरे करियरको ५० औं ह्याट्रिक

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडको जितमा ४ गोल गरेका छन्। घरेलु मैदानमा भएको ला लिगाको खेलमा रियलले जिरोनालाई ६-३ ले पराजित गरेको हो। रोनाल्डोले खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। क्रिस्थिएन स्तुएनीले २९ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बराबरी […]

March 18, 2018

भारतलाई श्रृखंला, रोमाञ्चक फाइनलमा बंगलादेशको हार

कोलम्बो (एजेन्सी)– दीनेश कार्तिकले अन्तिम बलमा छक्का प्रहार गरेपछि बंगलादेशलाई ४ विकेटले हराउँदै भारतले टि ट्वान्टी त्रिकोणात्मक श्रृखंला जितेको छ । अन्तिम बलमा जितका लागि ५ रनको आवश्यता रहेको अवस्थामा कार्तिकले छक्का प्रहार गर्दै टोलीको जित पक्का परेका थिए । भारतलाई जितका लागि अन्तिम १३ बलमा ३४ रनको आवश्यकता थियो । १ सय ६७ रनको […]

March 18, 2018

नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुग्ने भएको छ । नेपाली टोलीका व्यवस्थापक समेत रहेका टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार आइतबार साँझ ७ बजे जिम्बावे छोडेको नेपाली टोली सोमबार साँझ ५ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । अर्को वर्ष हुने विश्व कपका […]

March 18, 2018

सालाहको ४ गोल, उक्लिए युरोपको शीर्ष गोलकर्तामा

लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाह एक्लैले ४ गोल गरे । सालाहले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफको अन्त्य अघि उनले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । सालाहकै पासमा खेलको ४९ औं मिनेटमा […]

Nepali Cricket Nepal Cricket

March 17, 2018

नेपाल नेदरल्यान्ड्स विरुद्ध पराजित, प्रतियोगितामा आठौं

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत सातौं स्थानको प्ले-अफमा नेपाल नेदरल्यान्ड्स विरुद्ध ४५ रनले पराजित भएको छ । यस नतिजासँग नेपाल प्रतियोगितामा आठौं भएको छ । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ बनाउँदै अलआउट हुन पुग्यो । नेपालको आज ब्याटिङ प्रदर्शन निकै […]

Three Star Title

March 17, 2018

पुलिसलाई हराउँदै थ्री स्टारलाई तिलोत्तमा गोल्डकपको उपाधि

पुनरागमन पछिको तेस्रो उपाधि   दिपक न्यौपाने बुटवल – नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले २० औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ । घरेलु फुटबलमा लामो समय पछि फर्केको थ्री स्टारले पुनरागमन पछि तेस्रो उपाधि जितेको हो । यसअघि थ्री स्टारले इटहरी गोल्डकप र धरान बुढासुब्बा गोल्ड कप जितेको थियो । १६ औं आहा-रारा […]

March 17, 2018

नेपाललाई १ सय ९० रनको लक्ष्य, सोमपालको ४ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज सातौं स्थानको प्ले-अफमा नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनाउन सफल भएको छ । नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । […]

March 17, 2018

नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिले बलिङ गर्दै, वसन्तको स्थानमा शक्ति

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ । समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ […]

March 17, 2018

सातौं स्थानका लागि नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ । समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा […]

Success

Thank you for your time.