default_image

breaking big news

April 17, 2018

दक्षिण एसियाली जुडो च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल जुडो संघले अर्को साता आयोजना गर्ने आठौं संस्करणको दक्षिण एसियाली जुडो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा ३ दिनसम्म हुने आठौं संस्करणको दक्षिण एसियाली जुडो च्याम्पियनसिपको सबै तयारी पुरा भएको मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जनाएको हो ।   […]

April 17, 2018

केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्टबीच मंगलबार सह–प्रायोजन सम्झौता भएको छ । सम्झौतामा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले हस्ताक्षर गरे । सह–प्रायोजन वापत शिवम् सिमेन्टले […]

April 16, 2018

आइपिएलमा कोलकाताको दोस्रो जित

कोलकाता (एजेन्सी)– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । कोलकातामा चौथो खेलमा यो दोस्रो जित हो । चौथो खेलमा दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले टोलीको चौथो खेलमा पनि मौका पाएनन् । २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले […]

April 16, 2018

किन दिल्लीमा सन्दीप बेन्चमै सिमित?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद गरेको थियो । आईपीएलमा दिल्लीले तीन खेलमध्ये कुनै खेलमा पनि सन्दीपलाई खेलाएको छैन । लिगको दुई खेलमा पराजित दिल्लीका लागि हालसम्म ८ मध्य ६ विदेशी खेलाडी मैदानमा उत्रिसकेका छन् । दिल्लीले पहिलो […]

April 16, 2018

पिएसजी लिग वान च्याम्पियन

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वान च्याम्पियन बनेको छ । निकटम प्रतिद्वन्द्वी मोनाकोलाई गए राती ७–१ ले हराएसँगै पिएसजीले अन्तिम ५ खेलअघि नै यो सिजनको उपाधि पक्का गरेको हो । पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरे […]

April 15, 2018

युनाइटेडको हारपछि सिटी प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । शनिबारमात्र सिटीले टोटेनह्यामलाई ३–१ ले हराएको थियो । युनाइटेडले सिजनका बाँकी सबै ५ खेल जितेपछि सिटीलाई भेट्ने छैन । ३३ खेलपछि सिटीको ८७ अंक छ […]

Nawayug

April 15, 2018

विर्तालाइ पाँचथर गोल्डकपको उपाधि, नवयुग सर्वोकृष्ट खेलाडी

दिपक बोहोरा पाँचथर – झापाको विर्ता युनाइटेडले फाइनलमा सुनसरी न्युस्टारलाई  ४–१ ले पराजित गर्दै वाइ वाइ दोश्रो पाँचथर नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । विर्ताको जितमा दुई गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।   फिदिम मा.बिको मैदानमा भएको फाइनलमा विर्ताले नवयुगको गोलमा अग्रता लियो। उनले तेस्रो मिनेटमा बुद्ध चेम्जोङको क्रसलाई सदुपयोग गर्दै […]

April 15, 2018

‘पोग्बाको प्रदर्शनमा एकरुपता जरुरी’– प्रशिक्षक माउरिन्हो

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने प्रदर्शनकै आधारमा सुरुवाती ११ छान्ने बताउँदै आएका छन् । पोग्बाले पछिल्लो समय प्रदर्शनमा सुधार गरेपछि युनाइटेडको सुरुवातमा पर्ने सम्भावना बढाएका छन् । यद्दपी यसअघि उनी सेभिल्ला […]

April 14, 2018

(भिडियो) – रोहितको उत्कृष्ट हेडर गोल

जकार्ता (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले पर्सिजाको जितमा ६४ अौं मिनेटमा उत्कृष्ट हेडर गोल गरेका थिए ।  पर्सिजाले लिगमा ४ खेल खेल्दै ७ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको पर्सिजा शीर्षस्थानको जयपुराभन्दा १ अंक पछाडि छ । रोहितको गोल Proses gol dari sundulan @rohitchand32 di pertengahan babak kedua 🎥: @liga1match #PSJAvBRNEO […]

April 14, 2018

रोनाल्डो – रियलका ‘वान म्यान आर्मी’

म्याड्रिड (एजेन्सी)– सिजनको सुरुआतमा रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन खासै राम्रो हुन सकेन । जसका कारण उनीले ओलोचना पनि सुन्न पर्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा उनले आलोचकको मुख बन्द हुने गरि प्रदर्शन गरेका छन् । खास गरि सिजनको मध्यान्तर पनि उनी निकै फर्ममा रहे । अझ उनको प्रदर्शन च्याम्पियन्स लिगमा निकै उत्कृष्ट रहँदै […]

Success

Thank you for your time.