default_image

breaking big news

apf

April 24, 2018

झापालाई पराजित गर्दै एपिएफ माइभ्यालीको सेमिफाइनमा

इलाम (हाम्रो खेलकुद) – साविक विजेता रमपम झापा ११ लाई २-१ ले पराजित गर्दै नेपाल एपिएफ क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पहिलो हाफको बराबरी पछि एपिएफका नविन लामाले ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यो धेरै समय टिकेन । झापाका भुषण सुब्बाले २ मिनेट पछि गोल गर्दै खेललाई बराबरीमा पुर्याए। एपिएफले युवराज खड्काले […]

volleyball

April 24, 2018

केएनपी महिला भलिबललाई ग्लोबल आइएमईको साथ

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक […]

roma liverpool

April 24, 2018

च्याम्पियन्स लिग – लिभरपुल र रोमा भिड्दै

लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा इटालीको एएस रोमालाई निम्त्याउँदै छ। खेल आज राती नेपाली समय अनुसार राती १२:३० मा सुरु हुँदैछ।  लिभरपुलले अघिल्लो खेलमा प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाडेको थियो भने रोमाले स्पाललाई सिरी ‘ए’मा ३-० ले पराजित गरेको थियो। बार्सिलोनाविरुद्ध अप्रत्याशित पुनरागमन […]

April 24, 2018

पञ्जाब आइपिएलको शीर्षस्थानमा, सन्दीप दिल्लीको छैटौं खेलमा बाहिर

दिल्ली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा सोमबार दिल्ली डेयरडेभिल्सलाई ४ रनले हराएको छ । पाँचौं जितपछि पञ्जाब शीर्षस्थानमा उक्लेको छ । ६ मध्ये १ खेल गुमाएको पञ्जाबको १० अंक छ । पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि […]

nepal-volleyball-second

April 23, 2018

सेन्ट्रल जोन भलिबल : नेपाललाई सेमिफाइनलमा स्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ। सोमबार भएको खेलमा आयोजक बंगलादेशले माल्दिभ्सलाई २५-१५, २५-१५, २५-२२ को  सोझो सेटमा पराजित गरेपछि नेपालले समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पाएको हो। नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता तुर्कमेनिस्तानको सामना गर्नेछ। […]

April 23, 2018

मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब इलाममा जारी माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई सोमबार १–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा कास्की ११ लाई हराएको माइभ्यालीविरुद्ध मनाङले ३७ औं मिनेटमा लिएको अग्रता जोगाउँदै खेल जितेको थियो । मनाङका लागि काचीले गोल […]

salah pfa

April 23, 2018

सालाह ‘पिएफए वर्षको उत्कृष्ट खेलाडी’

लण्डन (एजेन्सी) – लिभरपुलका मोहम्मद सालाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७-१८ को उपाधि जितेका छन्।  इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी केन, सिटीका लेरोई साने, डेभिड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेभिड डेह्यालाई पछि पार्दै उक्त उपाधि जितेका हुन्। म्यानचेस्टर सिटीका सानेले वर्षको उत्कृष्ट यूवा खेलाडीको उपाधि जिते। त्यस्तै […]

April 23, 2018

राजस्थान विजयी, मुम्बईको अर्को हार

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ । राजस्थानले छैटौं खेलमा तेस्रो खेल जितेको छ । पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको राजस्थानले २ बलअघि नै ७ विकेट गुमाएर जित हासिल गरेको थियो । कृष्णप्पा गोथमले […]

April 22, 2018

एन्फा निर्वाचन २२ बैशाखमा हुन सक्ने !

काठमाडौं (हाम्रो खेलकुद) – उच्च अदालत पाटनले एन्फा अन्तरिम आदेश खारेज भएमा अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यसै महिना हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार विज्ञप्ती जारी गर्दै रिट निवदेकहरुले माग गरेको विषय बस्तु र उच्च अदालतको आदेशको भावना समेत समावेश भइसकेकोले निर्वाचन बैशाख २२ गते गर्न सक्ने निर्णय गरेको उल्लेख गरेको […]

April 22, 2018

पुलिस माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा

इलाम (हाम्रो खेलकुद)– इन्जुरी समयमा २ गोल गर्दै विभागिय टोली नेपाल पुलिस क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारत कोलकाताको दुर्गापुर स्टिललाई ३–१ ले हराउँदै ए डिभिजन टोली पुलिस प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । पुलिसलाई जित दिलाउन रेजिन सुब्बा, सुमन लामा र रवि पासवानले गोल गरेका थिए । पाहुना […]

Success

Thank you for your time.