default_image

breaking big news

July 29, 2018

त्रिकोणात्मक सिरिजको नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द

लर्डस् (हाम्रो खेलकुद) – नेपाल, नेदरल्यान्ड र मेरिवोन क्रिकेट क्लब (एमसीसी) बीचको त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ । लन्डनमा भारी वर्षा भएपछि म्याच रेफ्रीले खेल रद्द गरेका हुन् । त्यसअघि नेपालले एमसीसीमाथि ९ विकेटको सानदार जित निकालेको थियो ।  नेपाल र नेदरल्यान्ड्सबीचको टी–२० अन्तर्राष्ट्रिय खेल दोस्रोपटक वर्षाले रोकिएको थियो […]

July 29, 2018

नेपाली टोलीसँग एमसीसी ९ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको पहिलो खेलमा आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले हराएको छ । वर्षाका कारण ६ ओभरमा घटाएको खेलमा ४१ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ८ बलअघि नै आवश्यक रन जोडेको थियो ।   ओपनर सुवास खकुरेले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल […]

July 29, 2018

४१ रनको विजयी लक्ष्य पछ्याउँदै नेपाली टोली

काठमान्डौं (हाम्रो खेलकुद) –  नेपाललाई मेरिलेवोन क्रिकेट क्लब (एमसीसी) ले ४१ रनको चुनौती प्रस्तुत गरेको छ । लर्डस् मावर्षाका कारण ६ ओभरमा झारिएको खेलमा एमसीसीले निर्धारित ओभर खेल्दै चार विकेटको क्षतिमा ४० रन बनाएको थियो ।  टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि तीब्रगतिका बलर सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै दुई विकेट […]

July 29, 2018

एपिएफ उपाधि दौडमा, पुलिसको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो । लिगमा एपिएफको यो लगातार तेस्रो जित हो […]

July 29, 2018

महिला लिगमा आर्मीको तेस्रो जित

ललितपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा लगातार तस्रो जित हासिल गरेको छ । आर्मीले आइतबार रौतहटलाई ३–१ ले हराउँदै लिग जित्ने सम्भावनलाई बलियो बनाएको छ । आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौंलाई हराएको थियो । आर्मीलाई जित दिलाउन शर्मिला थापाले २ र दीपा राईले […]

July 29, 2018

प्रि– सिजन इन्टरनेसनल च्याम्पियन कपः सिटी विजयी

मियामी (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी हात पारेको छ । अमेरिकाको मियामीमा भएको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ३–२ ले पराजित गरेको हो । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा लुकास मेचाले गोल गरे । […]

July 28, 2018

नेपाली क्रिकेट टोली फेरि लर्डस् मैदानमा उत्रने तयारीमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले आइतबार फेरि एकपटक समर्थकको ध्यान खिच्नेछ । इंग्लिस काउन्टी क्लब मिडलसेक्सको घरेलु मैदान हो लर्डस् जसलाई विश्व क्रिकेटको ‘मक्का’ को रुपमा लिइन्छ । त्यहाँ फेरि एकटक उत्रने तयारीमा छ । लर्डस्मा खेल्ने हरेक क्रिकेट खेलाडीको सपना हुन्छ । विश्वका उत्कृष्ट क्रिकेट खेलाडीका लागि लर्डस्मा खेल्न जति सहज छ, एसोसिएट […]

July 28, 2018

एन्फाको लोगो र राष्ट्रिय टोलीको जर्सीको डिजाइन फेरिने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को लोगो र नेपाली राष्ट्रिय टोलीको जर्सीको डिजाइन फेरिने भएको छ । खुला प्रतिस्पर्धातका आधारमा एन्फाले लोगो र जर्सी डिजाइन गरिने एन्फाले जनाएको छ । लोगो र जर्सी डिजाइनको प्रतिस्पर्धा शनिबारबाट खुला गरिएको छ । एन्फाले खुल्ला प्रतिस्पर्धामार्फत उत्कृष्ट मानिने लोगो र जर्सीको डिजाइन गर्नेलाई ५० […]

July 28, 2018

केन भित्राउने योजनाबाट रियल पछि हट्यो

म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले टोटेनह्याम हट्सपरका स्ट्राइकर हेरी केनलाई तत्काल भित्राउने सम्भावना खारेज गरेको छ । फिफा विश्व कपका गोल्डेन बुट विजेता केन अब उत्तरी लन्डनकै क्लबमा रहने निश्चित भएको छ । विश्व फुटबलका एक उत्कृष्ट फरवार्डलाई लिने मामलामा रियल इच्छुक थियो, तर टोटेनह्यामका अध्यक्ष डानिल लेभी फेरी एकपटक आफ्ना स्टार खेलाडीलाई रोक्न […]

July 28, 2018

एमबाप्पेले पिएसजीमा ७ नम्बर जर्सी लगाउने

पेरिस (एजेन्सी)– लिग १ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अबको सिजन केलियन एमबाप्पले ७ नम्बर जर्सी लगाउने बिहिबार घोषणा गरेको छ । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९ नम्बर जर्सी लगाउथे । ७ नम्बर जर्सी अघिल्लो सिजन पिएसजीमा ब्राजिलियन विङ्गर लुका माउराले गराउथे । माउला जनवरीमा टोटेनह्याम पुगेका छन् । संयोगनै मान्नुपर्छ […]

Success

Thank you for your time.