default_image

breaking big news

August 3, 2018

२६ खेलाडीसहितको नेपाली फुटबल टोली थाइल्यान्डतर्फ

 काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली यु–२३ फुटबल टोली १० दिने प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्ड प्रस्थान गरेका छन् । ३२ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीहरुले बिदाई गरे । किरण चेम्जोङ बुधबार माल्दिभ्सबाट काठमाडौं आइपुगेको र उनी तीन दिनपछि थाइल्यान्ड […]

August 3, 2018

नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एक दिवसीय आज

काठमाडौ (हाम्रो खेलकुद)-नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्र्तगत नेपालले शुक्रबार दोस्रो तथा अन्तिम खेल खेल्दैछ । खेल नेदरल्यान्ड्सको एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा दिउसो २ः४५ बजेपछि शुरु हुनेछ । राम्रो शुरुवात गर्नका बावजुत मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल जित नजिक पुगेर पनि ‘डेब्यु’ ऐतिहासिक खेलमा घरेलु टोलीसँग ५५ रनले पराजित हुन पुगेको थियो । […]

sarad

August 2, 2018

चोटका कारण शरद दोस्रो ओडिआई नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले चोटका कारण नेदरल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने भएका छन् । बुधबार भएको डेब्यु एक दिवसीय खेलको पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा शरदले दायाँ हातको कान्छी औलामा चोट बोकेका थिए । चोटकै कारण उनी ११ औं नम्वरमा ब्याटिङमा आएका थिए […]

August 2, 2018

स्पष्टिकरण सोधिएका ५ खेलाडीलाई तत्काल कारवाही नहुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिखित स्पष्टिकरण माग गरेका ५ खेलाडीलाई तत्काल कुनै कारवाही नगर्ने भएको छ । गत साता मादक पदार्थ सेवन गरि हो हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले त्यसमा संलग्न भनिएका खेलाडीलाई मौखिक र त्यसपछि ७२ घन्टा भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । पाँच […]

August 2, 2018

आधी आवाधी महिला भलिबल लिगमा ६ टोली, विजेतालाई ६ लाख

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको संयोजनमा राजधानीमा फ्रेन्चाइज बेसमा पहिलोपटक आधी आवाधी महिला लिग (एभिएल) भलिबल हुने भएको छ ।   संघले राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगमी असोज १५ गतेबाट २० गतेसम्म त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा एभिएल लिग हुने घोषणा गरेको हो । जसका लागि संघले भारतको नयाँ दिल्लीमा रहेको आधी […]

August 2, 2018

आर्सनलद्वारा चेल्सी पराजित

डबलिन (एजेन्सी) – अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत दुई प्रिमियर लिग टोली आर्सनल र चेल्सीको भिडन्तमा आर्सनलले जित हात पार्न सफल भएको छ । नियमित समय १-१ को बराबरीमा सकिएपछि आर्सनलले खेल पेनाल्टीमा ६-५ ले जितेको हो । चेल्सीका लागि डिफेन्डर एन्टोनियो रुडिगरले खेलको पाँचौं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । खेलको १५ औं मिनेटमा आर्सनलका हेक्टर […]

August 1, 2018

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद)– मध्यक्रम नचलेपछि नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेल ५५ रनले गुमाएको छ । घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गर्नाका वावजुद अघि बढाउन भने सकेन । ओपनर समेत रहेका उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक र दीपेन्द्र सिंह ऐरी ३३, अर्का ओपनर अनिल साहले २१ रन बनाउनु बाहेक […]

August 1, 2018

वान डे ‘डेब्यू’मा उपकप्तान मल्लको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)-नेदरल्यान्डविरुद्धको ‘डेब्यु’ एक दिवसीय क्रिकेटमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका छन् । उनले ५६ बलमा ८ चौकाको मद्दतमा ५० रन जोड्दै अर्धशतक पुरा गरेका हुन् । यससँगै उनी एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको क्रिकेटमा अर्धशतक पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनी अहिले पनि क्रिजमा छन् । उनलाई कप्तान पारस खड्काले […]

August 1, 2018

‘डेब्यू’ खेलमा नेपाल १ सय ९० रनको लक्ष्य पछ्याउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ‘डेब्यु’ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा १ सय ९० रनको मध्यम लक्ष्य पाएको छ । नेदरल्यान्डको भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८९ रनमा समेटिएपछि नेपालले १ सय ९० रनको मध्यम लक्ष्य पाएको हो ।   नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय […]

August 1, 2018

साफ च्याम्पियनसिप -नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं (हाम्रो खेलकुद) –अर्को महिना बंगलादेशमा हुने साफ च्याम्पिनसिपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । भदौ १९ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल समूह एमा रहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल भदौ १९ गते हनेछ । सोही दिन आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा […]

Success

Thank you for your time.