August 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) का लागि वेष्टइन्डिज प्रस्थान गरेका छन् । सन्दीप नेदरल्यान्डबाटै सिपिएलको लागि शनिबार वेस्टइन्डिजको एन्टिगुवा प्रस्थान गरेका हुन् । नेपाली टोली भने सोमबार काठमाडौं फर्कनेछ । क्यारेबियन प्रिमियर लिग अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म आयोजना हुदैंछ । सन्दीपलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले […]
August 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो ओलम्पिक (सन् २०२०) को लागि छनोट चरण खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले महिला टोलीको ओलम्पिक छनोट खेल्ने तालिका यसअघि रहेपनि गत बिहिबारको बैठकले ओलम्पिक छनोट खेल खेल्ने पक्का गरेको हाम्रो खेलकुदलाई जानकारी गराए । एन्फाले एक […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र नेदरल्यान्ड्बीचको दुई एक दिवसिय श्रृखंला १–१ को बराबरीमा टुंगिएको छ । घरेलु टोलीविरुद्धको दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट नेपालले १ रनले जितेपछि दुई खेल बराबरीमा टुंगिएको हो । नेपालको एक दिवसिय डेब्यू खेलका रुपमा रहेको बुधबारको खेल नेपालले ५५ रनले गुमाएको थियो । नेपालले दिएको २ सय १७ रनको […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सलाई २ सय १७ रनको विजय लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक पुरा गरेपछि टोलीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको थियो । नेदरल्यान्ड्सविरुद्धकै बुधबार भएको एक दिवसिय […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का पछि नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीले अर्धशतक पुरा गरेका छन् । एम्सटेल्भिनमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि सोमपाल अर्धशतक पुरा गरेका हुन् । एक दिवसिय क्रिकेटमा नेपालका लागि अर्धशतक पुरा गर्ने सोमपाल तेस्रो खेलाडी बनेका छन् । यसअघि नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा उपकप्तान […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गरेका छन् । एम्सटेल्भिनमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि पारस अर्धशतक प्रहार गरेका हुन् । यससँगै पारस एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि डेब्यु एक दिवसीयमा उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक प्रहार […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले इन्डोनोसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदमा नेपाली खेलाडीको नेतृत्व गर्ने भएका छन् । १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमलले भदौ २ गते हुने एसियाडको उद्घाटन मार्च पासमा नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने भएको छ । एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने भएपनि हरेक टोलीले बढी उमेरका तीन खेलाडी राख्न पाउने प्रावधान अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरणसहित विशाल […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली यु–२३ फुटबल टोली १० दिने प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्ड प्रस्थान गरेका छन् । ३२ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीहरुले बिदाई गरे । किरण चेम्जोङ बुधबार माल्दिभ्सबाट काठमाडौं आइपुगेको र उनी तीन दिनपछि थाइल्यान्ड […]
August 3, 2018
काठमाडौ (हाम्रो खेलकुद)-नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्र्तगत नेपालले शुक्रबार दोस्रो तथा अन्तिम खेल खेल्दैछ । खेल नेदरल्यान्ड्सको एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा दिउसो २ः४५ बजेपछि शुरु हुनेछ । राम्रो शुरुवात गर्नका बावजुत मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल जित नजिक पुगेर पनि ‘डेब्यु’ ऐतिहासिक खेलमा घरेलु टोलीसँग ५५ रनले पराजित हुन पुगेको थियो । […]