August 6, 2018
म्युनिख (एजेन्सी) – जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ । ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । गोमेज रसिया विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि जर्मनीका प्रभावशाली मिडफिल्डर मेसुट ओजिलले अपमानको कारण देखाउदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको […]
August 5, 2018
लन्डन (एजेन्सी) – म्यानचेस्टर सिटीले कम्युनिटी शिल्ड उपाधि जितेको छ । चेल्सीलाई २–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले उपाधि जितेको हो । सिटीका लागि दुवै गोल सर्जियो अगुएरोले गरेका थिए । पहिलो गोल १३ औं मिनेटमा गरेका अगुएरोले अर्को गोल ५८ औं मिनेटमा थपेका थिए । नयाँ सिजनको सुरु हुनुअघि कम्युनिटी शिल्ड हुने […]
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल खेलाडीले प्राप्त गर्ने भत्तामा बृद्धि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने दौरानमा उपलब्ध गराउने दैनिक भत्ता अबबाट २१ अमेरिकी डलर दिने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिएका छन् । यसअघिको भत्तामा यो ५० प्रतिशतले बृद्धि हो । यसअघि एन्फाले हरेक खेलाडीलाई दैनिक […]
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको पुरुष फुटबलतर्फ नेपाली युवा टिमले पहिलो खेलमै जापानको सामना गर्ने भएको छ । एसियाली फुटबल महासंघले आइतबार निकाले ‘ड्र’ अनुसार नेपालले नेपाल समूह ‘डी’ मा रहेको छ । पहिलो खेलमै एसियाली पावरहाउस जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाली युवा टोली र जापानी युवा […]
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एक दिवसिय मान्यता प्राप्त गरेपछिको पहिलो भ्रमण समग्रतामा सफल रहेको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बताएका छन् । नेदरल्यान्ड्सविरुद्ध ‘डेब्यू’ एक दिवसियसहित दुई खेल खेल्नुअघि नेपालले इंल्यान्डमा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंला र चार वटा अभ्यास खेल खेलेको थियो । ‘वर्षाका कारण लर्डसको ट्वान्टी ट्वान्टी श्रृखंला सोचे अनुरुपको हुन सकेन ,’ पारसले […]
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको मत्रैपीपुर्ण खेल गुमाउने भएका छन् । एसियाडलाई यु–२३ को कप्तानीको जिम्मेवारी पाएको किरणले भिसा समस्याका कारण पहिलो मैत्रीपुर्ण खेल गुमाउने पक्का भएको हो । नेपालले मंगलबार थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । बुधबारै माल्दिभ्सबाट काठमाडौं […]
August 5, 2018
मेरिल्यान्ड (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज जित निकालेको हो । च्याम्पियन कपमा रियलको यो पहिलो जित हो । यसअघि रियल आफ्नो पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको […]
August 4, 2018
सेन्जेन (एजेन्सी) – ब्राजिली स्टार नेयमारले पुनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपरकपको उपाधि जितेको छ । चीनको सेन्जेनस्थित युनिभर्सियाड स्पोर्टस् सेन्टरमा आज भएको फाइनलमा एएस मोनाकोलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै पिएसजीले फ्रेन्च सुपरकपको च्याम्पियन बनेको हो । पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा क्रिस्टोफोर कुन्कु र टिमोथी वेथले […]
August 4, 2018
बर्मिघम (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा सनसनीपूर्ण जित हासिल गरेको छ । एक दिनकोको खेल बाँकी रहँदै इंग्ल्यान्डले ३१ रनले आफ्नो पक्षमा पारेको हो । दोस्रो इनिङ्समा १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । ५ विकेटको नोक्सानीमा १ सय १० रनबाट दिनको खेल […]
August 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)- ऐतिहासिक ‘डेब्यु’ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली क्रिकेट टोली सोमबार नेपाल आइपुग्ने भएको छ । नेपाली टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने टिमका कप्तान पारस खड्काले हाम्रो खेलकुदलाई जानकारी गराए । नेपाली टोली डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता र मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको […]