default_image

breaking big news

August 8, 2018

रियल मड्रिडद्धारा रोमा पराजित

न्यु जर्सी (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ ।   अमेरिका न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा च्याम्पियन्स लिग च्याम्पियन रियलले इटालियन क्लब एएस रोमामाथि २–१ को जित निकालेको हो । रियलको जितमा मार्काे एसेन्सियो र ग्यारेथ बेलले गोल गरे […]

August 8, 2018

टोरिनोमाथि लिभरपुलको प्रभावशाली जित

एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले प्रभावशाली जितसहित प्रि–सिजन भ्रमण अन्त्य गरेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–१ को प्रभावशाली जित निकाल्दै लिभरपुलले प्रि– सिजन जितसहित अन्त्य गरेको हो । लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे । टोरिनोका एन्द्रिया बेलोट्टीले एका गोल फर्काए । २१ […]

August 7, 2018

थाइल्यान्डमा नेपाली फुटबल टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।   नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो । ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि पुलिस टेरोको ‘बी’ टिमले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो । […]

August 7, 2018

पारससहित चार खेलाडी टि–ट्वान्टी वरियतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार खेलाडी आइसीसी टि–ट्वान्टी वरियतामा सुमावेश भएका छन् । पारस र शरद भेषवाकर ब्याटिङतर्फ र बसन्त रेग्मी र सोमपाल कामी बलिङतर्फ शीर्ष सयको सुचीमा परेका हुन् । ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ८९औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन् । वरीयतामा पारस किरण पोलार्ड, […]

August 7, 2018

थाइल्यान्डमा नेपाली फुटबल टोलीले आज मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल र साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड रहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाली टोली र थाइल्यान्डको पुलिस टेरो क्लबबीचको मैत्रीपूर्ण खेल नेपाली समय अनुसार साँझ ५ बजे बोनयाचिन्दा स्टेडियममा सुरु हुनेछ । राष्ट्रिय टोली महत्वपूर्ण दुई सदस्य रोहित चन्द र गोलकिपर किरण चेम्जोङ उपलब्ध हुनेछैनन् […]

August 6, 2018

‘अबको लक्ष्य एसिया कप छनोट’-कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अबको योजना एसिया कपको लागि छनोट हुनु रहेको बताएका छन् । नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एकदिवसीय क्रिकेट श्रृखंला खेलेर सोमबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग पारसले भने ,‘एसिया कप नजिकिएको अवस्थामा अबको यात्रा एसिया कपलाई छनोट हुने हो । हामीसामु एसिया कपको अर्को ठूलो अवसर छ । […]

August 6, 2018

साफ महिला यु–१५ का लागि नेपाली टोली भोली भुटान जाने

काठमाडौं (हाम्रो खेलकुद) – यु–१५ महिला साफ च्याम्पियनका लागि नेपाली टोली मंगलबार भुटानतर्फ जाने भएको छ । यु–१५ महिला साफ च्याम्पियनसिप अगस्ट ९ देखि १८ तारिखसम्म भुटानको राजधानी थिम्पुमा हुदैछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बंगलादेश रहेका छन् । नेपालले अगस्ट ११ मा पाकिस्तान र १३ मा […]

August 6, 2018

युरोप भ्रमणबाट क्रिकेट टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली टोली सोमबार बिहान स्वदेश आइपुगेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवकुमार विष्ट र क्रिकेट समर्थकहरुले स्वागत गरेका थिए । टोलीका सदस्य लेग स्पिनर सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग खेल्न नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए । नेपाली टोली नेदरल्यान्ड्सविरुद्ध डेब्यू […]

August 6, 2018

अन्तर्राष्ट्रिय फुटबलबाट गोमेजको सन्यास

म्युनिख (एजेन्सी) – जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ ।  ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । गोमेज रसिया विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि जर्मनीका प्रभावशाली मिडफिल्डर मेसुट ओजिलले अपमानको कारण देखाउदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको […]

August 5, 2018

सिटीलाई कम्युनिटी शिल्ड उपाधि

लन्डन (एजेन्सी) – म्यानचेस्टर सिटीले कम्युनिटी शिल्ड उपाधि जितेको छ । चेल्सीलाई २–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले उपाधि जितेको हो । सिटीका लागि दुवै गोल सर्जियो अगुएरोले गरेका थिए ।   पहिलो गोल १३ औं मिनेटमा गरेका अगुएरोले अर्को गोल ५८ औं मिनेटमा थपेका थिए । नयाँ सिजनको सुरु हुनुअघि कम्युनिटी शिल्ड हुने […]

Success

Thank you for your time.