August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र अफगानिस्तानका राष्ट्रिय फुटबल टोलीबीच कात्तिक अन्तिममा मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाली टोली र अफगानिस्तानबीच कार्तिकको २८ गते खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार नवीन पाण्डेले जानकारी दिएका छन् । अफगानिस्तान फुटबल संघको प्रस्तावमा मैत्रीपूर्ण खेल हुन लागेको पाण्डेले बताए । खेललाई […]
August 9, 2018
मोनाको (एजेन्सी) – यसै महिनाको अन्तिममा घोषणा हुने युइएफए च्याम्पियन्स लिग अवार्डको मनोनयनमा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीले वर्चस्व जमाएका छन् । अवार्डको चार विधा (गोलरक्षक, डिफेन्डर, मिडफिल्ड र फरवार्ड) मा च्याम्पियन्स लिग विजेता रियल मड्रिडका सात खेलाडी मनोनयनमा परेसँगै मनोनयमा रियलका खेलाडीले वर्चस्व जमाएको हो । रियलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो (हाल युभेन्ट्स), केलर नाभास, […]
August 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विना जानकारी जिम्मेवारीबाट हटाइएको भन्ने समाचार सार्वजनिक भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यबीच छलफल हुने भएको छ । राष्ट्रिय टोलीको प्रशिक्षकमा कार्यरत रहकै अवस्थामा एन्फाले विना सुचना हटाएको भन्दै सञ्चारमाध्यममा व्यापक आलोचना भएपछि एन्फाले शाक्यलाई छलफलका लागि भन्दै बिहीबार पत्र पठाएको छ । ‘हामीले उहाँ […]
August 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने यू–१९ एक दिवसीय क्रिकेट श्रृखंला र बंगलादेशमा हुने एसीसी एसिया कपका लागि नेपाली टोलीको खेलाडी छनोट खुल्ला प्रतिस्पर्धाबाट गरिने भएको छ । नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतमा हुने प्रतियोगिताका साथै एसिया कपका लागि खुला प्रतिस्पर्धामार्फत पनि खेलाडी छनोट गर्न लागिएको जानकारी दिए […]
August 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसिया कप छनोटका नेपालले १९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । जसमा राष्ट्रिय टोलीका नियमित सदस्य शरद भेषावकर भने छैनन् । नेदरल्यान्ड्विरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा औलामा चोट लागेपछि शरद मैदान बाहिर रहेका छन् । जसका कारण उनले दोस्रो खेल पनि गुमाएका थिए । मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका […]
August 9, 2018
न्यू जर्सी (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुईले गेराथ बेललाई असाधारण खेलाडी रहेको उल्लेख गर्दै क्रिस्टियानो रानोल्डोको बर्हिगमनले रहेको रिक्ततालाई पुरा गर्ने विश्वास गरेका छन् । न्यू जर्सीमा मंगलबार इन्टरनेसनल च्याम्पियन्स कपमा बेलले टोलीका लागि दोस्रो गोल गरेपछि रियलले रोमामाथि २–१ को जित हासिसल गरेको थियो । युरोपियन च्याम्पियन्स रियलबाट १ सय मिलियन पाउन्डमा रोनाल्डो […]
August 9, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले गोलकिपर कीपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागालाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन् […]
August 8, 2018
फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – प्रश्न गर्न जति सजिलो छ । उत्तर दिन त्यो भन्दा निकै कठिन हुन्छ । पछिल्लो ३ महिनामा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वले त्यसको बढी अनुभव गरेको हुनुपर्दछ । ३ महिना अघि एन्फामा नेतृत्व परिवर्तन भएको थियो । कर्मा छिरिङ शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्षमा निर्वाचित त भए नै, […]
August 8, 2018
न्यु जर्सी (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ । अमेरिका न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा च्याम्पियन्स लिग च्याम्पियन रियलले इटालियन क्लब एएस रोमामाथि २–१ को जित निकालेको हो । रियलको जितमा मार्काे एसेन्सियो र ग्यारेथ बेलले गोल गरे […]
August 8, 2018
एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले प्रभावशाली जितसहित प्रि–सिजन भ्रमण अन्त्य गरेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–१ को प्रभावशाली जित निकाल्दै लिभरपुलले प्रि– सिजन जितसहित अन्त्य गरेको हो । लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे । टोरिनोका एन्द्रिया बेलोट्टीले एका गोल फर्काए । २१ […]