default_image

breaking big news

August 12, 2018

एन्फा अध्यक्ष कर्मा स्वाफको सदस्यमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ) को सदस्यमा निर्वाचित भएका छन् । साउदी अरबको जद्धाहमा अगस्ट १२ मा बसेको स्वाफको पहिलो बैठकले शेर्पालाई सदस्यमा निर्वाचित गरेको हो । स्वाफको अध्यक्षमा पश्चिम क्षेत्रबाट डक्टर एडेल वि मोहम्मद निर्वाचित भए । उपाध्यक्षमा दक्षिण […]

August 12, 2018

सागर र आसिफको टिम मलेसियन प्रिमियर लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटर सागर पुन र आसिफ शेखसम्मिलित क्वालालम्पुर मलेसियन प्रिमियर लिग क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा केवाङसान युनिभर्सिटीलाई ७ विकेटले हराएर क्वालालम्पुर च्याम्पियन बनेको हो । किन्नरा ओभलमा केवाङसान युनिभर्सिटीले दिएको १ सय २ रनको लक्ष्य क्वालालम्पुरले २५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । क्वालालम्पुरको जितमा […]

August 12, 2018

रियललाई बर्नबेउ ‘ट्रफी’

बर्नबेउ (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ३९ औं सान्टियागो बर्नबेउ ट्रफी जितेको छ । स्पेनिस ला लिगा शुरु हुनुअघि रियलले हरेक वर्ष आफ्नै मैदानको नाममा आयोजना गर्ने ३९ आंै बर्नबेउ ट्रफीमा शनिबार राति इटालियन क्लब एसी मिलानलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । रियललाई च्याम्पियन बनाउन करिम बेन्जिमा, ग्यारेथ बेल र बोर्जा […]

August 11, 2018

यू १५ महिला साफ च्याम्पियनसिप : पहिलो जितबाटै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १५ महिला टोली भुटानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको छ । यो नतिजापछि समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले […]

August 11, 2018

प्रिमियर लिगमा टोटनह्यामको विजयी सुरुवात

सेन्ट जेम्सपार्क (एजेन्सी)- टोटनह्याम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । टोनटह्यामले न्युक्यासल युनाइटेडलाई घरेलु मैदानमा २–१ ले निराश पार्दै विजयी सुरुवात गरेको हो । टोनह्यामको जितमा जान भेर्टाेङहेन र डेले अलीले गोल गरे । न्यु क्यासलका जोसेलुले एक गोल फर्काए । सेन्ट जेम्सपार्कमा भएको खेलमा टोटनह्यामले जान भेर्टाेङहेनको आठौं मिनेटमा गरेको गोलबाट अग्रता […]

default_image

August 11, 2018

शरदको अनुपस्थितिमा सागरलाई अवसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली अगस्टको अन्तिम साता एसीसी एसिया कप छनोटमा सहभागिता जनाउन मलेसिया प्रस्थान गर्दैछ । पछिल्लो साता एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेल खेलेको नेपालले एसिया कपमा छनोट हुने लक्ष्य बनाएको छ । नेदरल्यान्ड्सविरुद्ध दुई वानडेको शृंखलाअन्तर्गत पहिलो खेलमा अलराउण्डर शरद भेषावकर घाइते भएपछि उनले छनोट प्रतियोगिता गुमाउने पक्का भएको छ […]

August 11, 2018

प्रिमियर लिगमा युनाइटेडको विजयी शुरुवात

ओल्डट्राफोर्ड (एजेन्सी) – शुक्रबारबाट शुरु भएको युरोपेली क्लब लिग फुटबल अन्र्तगतको सबैभन्दा लोकप्रिय लिग इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको लिगको पहिलो खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र लुका साले गोल गरे । लेस्टरका […]

August 10, 2018

थाइल्यान्डमा नेपाली युवा टोलीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा अर्को मैत्रीपूर्ण खेलमा पनि पराजत भोगको छ । थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले गुमाएको हो । यअसघ पहिलो अभ्यास खेलमा नेपाली युवा टोली पुलिस टेरोको ‘बी’ टिम सँग १–० ले पराजित भएको थियो । योसँगै इन्डोनेसियाको जाकार्ता र पालेङबाङमा अर्को महिना […]

August 10, 2018

‘मैले कुनै गल्ति गरेको छैन’ – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद)– सक्रिय खेल जीवन पछि क्रिकेट व्यवस्थापनमा जाने योजना रहेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताएका छन् । क्रिकेटकै कारण आफु यो स्थानमा आएको उल्लेख गर्दै पारसले डिस होम एक्सन स्पोर्टस्को फेयर प्लेलाई दिएको अन्तवार्तामा भनेका छन्, ‘ सायद म क्रिकेटमा हुन्नथे भने आज यो अवस्थामा नहुन सक्थे । त्यसैले मैले जानेको […]

August 10, 2018

सिपिएलमा सन्दीप सम्मिलित प्याट्रियट्सको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ ।  शुक्रबार बिहान भएको पहिलो खेलमा सन्दीपको टिम प्याट्रियट्स गुयाना अमेजन वारिवर्ससँग ६ विकेटले पराजित भएको हो । प्याट्रियट्सले दिएको १ सय ४७ रनको लक्ष्य वारिवर्सले १६ ओभर ३ बलमा मात्र […]

Success

Thank you for your time.