default_image

breaking big news

June 28, 2018

विश्व कपमा समूह चरणका अन्तिम ४ खेल आज, जापानको सम्भावना

मस्को (एजेन्सी)– विश्व कपमा आज हुने ४ खेलसँगै समूह चरणका सबै खेल समाप्त हुनेछन् । नकआउट चरण पुग्ने १४ टोलीको टुंगो यसअघि नै लागिसकेको छ भने आजको खेलबाट अन्तिम २ टोलीको टुंगो लाग्नेछ । समूह ‘एच’बाट अघि बढ्ने दुई टोलीको छिनोटफानो आज हुने २ खेलबाट हुनेछ । समूहको शीर्ष स्थानमा रहेको जापान र सेनगलको समान […]

June 28, 2018

ब्राजिल र स्विट्जरल्यान्ड नकआउट चरणमा

मस्को (एजेन्सी)– ब्राजिल समूह विजेताका रुपमा विश्व कपको नकआउट चरणमा पुगेको छ । समूह ‘इ’का दुई अन्तिम अलग अलग खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका थिए । स्विट्जरल्यान्ड उपविजेताका रुपमा अघि बढेको छ । अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिको र स्विट्जरल्यान्डले स्विडेनको सामना गर्नेछ […]

June 28, 2018

पहिलो हाफमा ब्राजिल र स्विट्जरल्यान्डको अग्रता

मस्को (एजेन्सी)– विश्व कप समूह ‘इ’का अन्तिम दुई अलग अलग खेलको पहिलो हाफमा ब्राजिल र स्विट्जरल्यान्डले अग्रता लिएको छ । ब्राजिलले सर्बिया र स्विट्जरल्यान्डले प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकाविरुद्ध समान १–० को अग्रता लिएको छ । यहि अवस्थामा खेलको समाप्ती भएमा ब्राजिल समूह विजेता र स्विट्जरल्यान्ड उपविजेताका रुपमा नकआउट चरणमा पुग्नेछन् । सर्बियाले अघि बढ्न ब्राजिललाई हराउनुपर्ने […]

June 27, 2018

लगातार तेस्रो पटक साविक विजेता ‘आउट’ –इटाली र स्पेनपछि जर्मनी तेस्रो

काजान (एजेन्सी)– लगातार तेस्रो पटक साविक विजेता टोली विश्व कपको समूह चरणबाट बाहिरएको छ । साविक विजेता जर्मनी बुधबार रसियामा जारी विश्व कपबाट बाहिरिएकोछ । चार वर्षअघि ब्राजिलमा अर्जेन्टिनालाई फाइनलमा १–० ले हराउँदै जर्मनीले विश्व कप उपाधि उचालेको थियो । यसपटक समूह चरणको पहिलो खेलमा मक्सिकोसँग १–० ले पराजित जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग बुधबार […]

June 27, 2018

साविक विजेता जर्मनी विश्व कपबाट बाहिरियो, स्विडेन र मेक्सिको अन्तिम १६ मा

काजान (एजेन्सी) – छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको थियो । ९ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा किम योङ र छैटौं मिनेटमा सन ह्युङमिनले गोल गरेका थिए । किमको गोल सुरुमा अफसाइड लिइएपनि […]

June 27, 2018

समूह ‘एफ’को पहिलो हाफ : दुवै खेलमा गोलरहित बराबरी

काजान (एजेन्सी)- – विश्व कप समूह एफका दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एउटा खेलमा एसियाली मुलुक दक्षिण कोरिया र साविक विजेता जर्मनीबीच प्रतिस्पर्धा भइरहेको छ । अर्को खेलमा मेक्सिकोले स्वीडेनको सामना गरिरहेको छ । दुवै खेल गोलरहित बराबरीमा टुंगिएको खण्डमा मेक्सिको समूहको विजेता र जर्मनी उपविजेताका रुपमा नकआउट चरणमा पुग्नेछन् । […]

June 27, 2018

कोरियाविरुद्धको जर्मनीको आत्मविश्वास

कजान (एजेन्सी)– साविक विजेता जर्मनीलाई रसिया विश्व कपको नकआउट चरणमा पुग्न समूह चरणको अन्तिम खेलको नतिजा नै कुर्नुपर्ला भन्ने कमैको मात्र अनुमान रहेको हुन सक्छ । तर, समूह ‘एफ’ मा रहेको जर्मनी पहिलो खेलमै मेक्सिकोसँग १–० ले स्तब्ध भएपछि जर्मनीको दोस्रो चरण प्रवेशको सम्भावना न्युन बन्न पुगेको थियो । दोस्रो खेलम स्वीडेनमाथि २–१ को प्रतिस्पर्धात्मक […]

June 27, 2018

विश्व कपमा को को भिड्दैछन् ? ब्राजिललाई पनि चुनौति

मस्को (एजेन्सी)– विश्व कपको समूह चरण अन्तिम चरण सकिने क्रममा रहँदा यसको रोमाञ्चकका पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको छ । अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै अघिल्लो चरण पुगेको थियो । आज फेरि त्यस्तै दबाबकाबीच ब्राजिलले कस्तो प्रदर्शन गर्ला भन्ने […]

June 27, 2018

अर्जेन्टिना विश्व कपको नकआउट चरणमा, क्रोएसिया अपराजित

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ स्कोरले हराउन सफल भएका हुन् । लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ […]

June 27, 2018

मेस्सीको गोलमा अर्जेन्टिनाको अग्रता, क्रोएसिया र आयसल्यान्ड बराबरीमा

मस्को (एजेन्सी)– लियोन मेस्सीको गोलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध विश्व कप समूह चरणको अन्तिम खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । मेस्सीले १४ औं मिनेटमा गोल गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रि क्वार्टरफाइनलमा पुग्नका लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने हुन्छ । बराबरीले वा अर्को खेलमा आइसल्यान्डले क्रोएसियालाई हराएको खण्डमा अर्जेन्टिना समूह चरणबाटै […]

Success

Thank you for your time.