default_image

breaking big news

August 18, 2018

पीएसजीको जितमा एमबाप्पे र नेयमारको गोल

गुइनग्याम्प (एजेन्सी) – स्टार खेलाडीद्धय नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार दोस्रो जित निकालेको छ । गुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १ गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को जित निकालेको हो ।   पीएसजीको जितमा युवा स्टार केलियन एमबाप्पेले दुई तथा नेयमारले एक […]

August 18, 2018

१८ औं एसियाली खेलकुदको औपचारिक सुरुवात, उद्घाटन भव्य

दिपक न्यौपाने जकार्ता – एसियाली खेलकुदको १८ औं संस्करण इन्डोनेसियाको राजधानी सहर जकार्तामा शनिबार औपचारिक रुपमा सुरु भएको छ । एसियाका ४५ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीले एसियाडमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उद्घाटन जकार्तामा भयो भने समापन इन्डोनेसियाको अर्को सहर पालेम्बाङ हुने बताइएको छ ।   एसियाडमा समावेश ४५ खेलमध्ये १० खेल पालेम्बाङमा […]

August 18, 2018

नेपाल यू–१५ महिला साफ च्याम्पियनसिपमा चौथो, भुटानसँग टाइब्रेकरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)-नेपाल यु–१५ महिला साफ च्याम्पियनसिपमा चौथो भएको छ । शनिबार तेस्रो स्थानको लागि भएको खेलमा आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुदै नेपालले चौथो स्थानमा चित्त बुझाएको हो । चाम्लिङथाङ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा भुटान सफल हुदा […]

August 18, 2018

एसियाड पदक विजेता आयशा भन्छिन् -‘एकदम मिस हुने रहेछ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली तेक्वान्दोकी सफल खेलाडी आयशा शाक्यलाई अन्तर्राष्ट्रिय ठूला खेल मेलामा नेपालको प्रतिनिधित्व गर्ने आदत नै भइसकेको थियो । एक दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले सफलता पनि त्यस्तै हात पारिन्, जसलाई प्राप्त गर्नु हर खेलाडीको चाहना हुन्छ । सन् २००६ देखि २०१६ सम्मका तीन एसियाली खेलकुद र तीन दक्षिण एसियाली खेलकुद(साग) मा […]

August 18, 2018

यू–१५ महिला साफ च्याम्पियनसिपः नेपाल तेस्रो स्थानका लागि भुटानसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपालले तेस्रो स्थानको लागि आयोजक भुटानको सामना गर्दैछ । खेल थिम्पुस्थित चामलिङथाङ रंगशालामा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल सेमिफाइनलमा भारतसँग २–१ ले तथा भुटान डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ५–० को अन्तरले पराजित भएको थियो । घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल तेस्रो हुने […]

August 18, 2018

एसियाडको औचारिक सुरुवात आज, नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने

दिपक न्यौपाने जकार्ता – हरेक चार वर्षमा हुने एसियाली मुलुकको सबै भन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार इन्डोनेसियामा सुरु हुँदैछ । एसियाडका खेल इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङमा हुने छ । इन्डोनेसियाले दोस्रो पटक एसियाडको आयोजना गर्न लागेको हो । यस अघि इन्डोनेसियाले सन् १९६२ मा एसियाडको आयोजना गरेको थियो । १९५१ देखि […]

August 17, 2018

‘रोनाल्डो हुनुको अर्थ उपाधि पक्का हुन्छ भन्ने होइन’

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो टोलीमा हुनुको अर्थ इटालियन लिग उपाधि जित्ने पक्का हुन्छ भन्ने नभएको युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्रीले बताएका छन् । ३३ वर्षे रोनाल्डो आश्चार्यजनक रुपमा यहि सिजन रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए ।  लिग सिजनको सुरुवातको क्रममा शनिबार किएभोविरुद्धको खेलमा पोर्चुगिज सुपरस्टार रोनाल्डो खेल्ने लगभग तय छ । रोनाल्डोको सरुवालाई सबैभन्दा महत्व दिएको […]

August 17, 2018

सिटीका ब्रुएन तीन महिना मैदान बाहिर

लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुएनचोटका कारण तीन महिना मैदान बाहिर रहने भएको छ । बुधबार प्रशिक्षण दौरान २७ वर्षे डि ब्रुएनको ले दायाँ घुडाँको लेटरल कोलेटरल लिगामेन्ट ९एलसिएल० मा चोट लागेको थियो । सिटीले एक विज्ञप्ति जारी गर्दै उनी तीन महिना मैदान बाहिर रहने पक्का गरेको छ […]

August 17, 2018

युरोपा लिगमा पिटरसवर्गको कीर्तिमानी जित

पिटर्सवर्ग (एजेन्सी) – जेनिथ सेन्ट पिटरसबर्गले युरोपा लिगमा उत्कृष्ट पूनरागमन गर्दै डिनामो मिन्स्कमाथि कीर्तिमानी  जित निकालेको छ । पहिलो लेगमा ४–० ले पछि परेको पिटर्सवर्गले दोस्रो लेगमा ८–१ को सानदार जित निकाल्दै युरोपा लिगको छनोटको तेस्रो राउन्डमा समग्रमा ८–५ को जित निकाल्दै ३३ वर्ष पुरानो कीर्तिमान तोडेको हो । यसअघि ३३ वर्षअघि १९८५ को युइएफए […]

August 16, 2018

एसियाड फुटबलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)-नेपालले इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ । बिहिबार भियतनामसँग २–० ले पराजित भएसँगै नेपाल समूह चरणमा लगातार दोस्रो हार बेहारेको हो । नेपाल यसअघि आफ्नो पहिला खेलमा जापानसँग १–० ले पराजित भएको थियो । इन्डोनेसियाको विभाहा मुक्ति स्टेडियममा बिहिबार भएको खेलमा नेपाल खेलको ३४ […]

Success

Thank you for your time.