default_image

breaking big news

August 20, 2018

रोनाल्डो, सलाह र मोड्रिच उत्कृष्ट खेलाडीको मनोनयनमा

जुरिच (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडका पुर्वस्टार क्रिस्टियानो रोनाल्डो, रियलकै लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७/१८ को सिजनको शीर्ष तीनको मनोनयनमा रियलका दुई खेलाडीले स्थान बनाउदा लिभरपुलका सलाहले पनि अन्तिम तीनमा स्थान बनाए । […]

August 20, 2018

एसियन गेम्सः तेस्रो दिन पनि नेपालको निराशजनक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं संस्करणको एसियन गेम्स (एसियाड) को तेस्रो दिनको खेल सकिदा नेपालले निराशजनक प्रदर्शनलाई निरन्तरता दिएका छन् । एसियाडको तेस्रो दिन ८ खेलमा प्रतिस्पर्धा गर्दा नेपाल सहभागितामै सीमित बन्यो । पुरुष ब्याडमिन्टन टोली चाइनिज तोइपेइसँग क्वार्टरफाइनलमा निराश बन्यो । पदकको अपेक्षा गरिएको तेक्वान्दो प्रदर्शन झन बिर्सनलायक नै बन्यो । संगीता […]

August 20, 2018

एसियाड लन टेनिस – मायांका र माहिकाको जोडी प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाड अन्तर्गत लन टेनिसको महिला युगलतर्फ नेपाली टोली अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को खेलमा नेपालकी महिला राणा र मायांका राणाको जोडीले माल्दिभस्मको अमिन्था इरुफ र रसिद अब्दुलको जोडीलाई हराएउदै अन्तिम प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालको टिमले ६–४ र ६–१ को सेटमा […]

August 20, 2018

एसियाडमा निमाको राष्ट्रिय कीर्तिमान, पौडीकी गौरिका हिटबाटै बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी एसियाली खेलकुद अन्र्तगत नेपालकी निमा घर्तीमगरले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्टिय किर्तिमान कायम गरेकी छिन् । सोमबार भएको स्पर्धामा निमाले ९.१७ अंकका साथ किर्तिमान बनाएकी हुन् । इन्डोनेसियाको जार्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो । नयाँ राष्ट्रिय कीर्तिमान बनाएपनि निमा १२ खेलाडीमध्ये ११ औं स्थानमा […]

August 20, 2018

रियलको जितमा बेलको गोल

मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस जाइन्ट रियलले विजयी शुरुवात गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जिताउन ग्यारेथ बेल र डेनी कार्भाहलले गोल गरे । २० औं मिनेटमा कार्भाहलको हेड गोलमार्फत रियलले खेलमा अग्रता बनाएको थियो । मैदानको बायाँ […]

August 19, 2018

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

ब्राइटन (एजेन्सी) – उपाधिको दावेदार म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन एन्ड होभ अल्वियोनसँग स्तब्ध बनेको छ ।  युनाइटेड प्रिमियर लिगको दोस्रो खेलमा ब्राइटन एन्ड होभ अल्वियोनसँग ३–२ ले स्तब्ध बनेको हो । युनाइटेडलाई स्तब्ध बनाउन ग्लेन मुरे, सेन डफी र पास्कल ग्रसले गोल गरे । युनाइटेडका रोमेलु लुकाकु र पल पोग्वाले एक गोल […]

August 19, 2018

सिटीको फराकिलो जित, अगुएरोको ह्याट्रिक

यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि फराकिलो जित हासिल गरेको छ । सर्जियो अगुएरोको ह्याट्रिकसँगै सिटीले घरेलु मैदानमा टाउनलाई ६–१ ले हराएको छ । सिटीका लागि गाब्रिएल जेसस र डेभिड सिल्भाले पनि गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो । सुरुवातबाट खेल नियन्त्रणमा राखेको सिटीका लागि अगुएरोले २५ औं […]

August 19, 2018

एसियाड फुटबल – नेपाल समूह चरणबाटै बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली १८औं एसियाली खेलकुदको पुरुष फुटबलको समूह चरणबाट बाहिरिएको छ । समूहकै कमजोर मानिएको पाकिस्तानसँगको समूहको अन्तिम खेल २–१ ले गुमाएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । प्याट्रिओट चन्द्रभागा स्टेडियममा१२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएपनि नेपाली टोली त्यसलाई जोगउन असफ रह्यो । पाकिस्तानले दोस्रो हाफमा दुई गोल गर्दै […]

August 19, 2018

एसियाड फुटबलः नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – १८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गतको पुरुष फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ ।  नेपाल र पाकिस्तानबीचको खेल प्याट्रिओट चन्द्रभागा स्टेडियममा स्थानिय समयअनुसार ४ः४५ बजेपछि सुरु हुनेछ । समूह चरणको शुरुवाती दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई पराजित […]

August 19, 2018

एसियाडमा नेपालले आज १० खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्रको खेलकुदको कुम्भमेला इन्डोनेसियाको जाकार्तामा शनिबार औपचारिक उद्घाटन भएको छ । एसियाडको दोस्रो दिन आज नेपालले विभिन्न १० खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपालले आज पदकको सम्भावना भनेको तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छ । नेपालले तेक्वान्दो बाहेक फेन्सिङ, फुटबल, कवड्डी, सेपाकताक्रो, सुटिङ, पौडी, टेनिस, कुस्ती र उसुमा प्रतिस्पर्धा गर्दैछ । तेक्वान्दोका लागि […]

Success

Thank you for your time.