default_image

breaking big news

September 16, 2018

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल

टुरिन (एजेन्सी)– युभेन्ट्समा आबद्ध भएयता अन्ततः क्रिस्टियानो रोनाल्डोले गोलको खडेरी तोडेका छन् । पोर्चुगिज स्टारको २ गोलको मद्दतमा युभेन्ट्सले आइतबार सासाउलोलाई २–१ ले हराएको छ । नयाँ सिजनको सुरु भएपछिका तीन खेलमा ३३ वर्षे रोनाल्डो गोल विहिन रहँदैअ ाएका थिए । तर, चौथो खेलमा आइपुग्दा उनका लागि गोल सहज रह्यो । दास्रो हाफको पाँच मिनेटमै […]

September 16, 2018

लिग विजेताले पाउने रकम घट्यो, विजेताले ५० लाख पाउने

ललितपुर (हाम्रो खेलकुद) – पाँच वर्षपछि आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिगको विजेताले पाउने रकम अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटाएको छ । २०७० सालको विजेताले ७५ लाख रुपैयाँ पाएको लिगको विजेताले यसपटक भने ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । तर, एन्फाले भने विजेताको पुरस्कार राशी घटे जस्तो देखिएपनि लिगमा […]

September 16, 2018

रियाल विल्वाओसँग रोकियो

विल्वाओ (एजेन्सी) – स्पेनिस जाइन्ट रियाल म्याड्रिड एथ्लेटिको विल्वाओसँग बराबरीमा रोकिएको छ । रियाल विल्वाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।   ला लिगा अन्तर्गत शनिबार राति विल्वाओको घरेलु मैदानमा भएको खेलमा रियाल एक गोलले पछि परेर बराबरी गर्न सफल भएको हो । विल्वाओका इकर मुनियनले गोल गरे । रियालका इस्कोले एक गोल फर्काए । […]

September 15, 2018

चेल्सीलाई लगातार सफलता, हाजार्डको ह्याट्रिक

लन्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार पाँचौ जित हासिल गरेको छ । शनिबार कार्डिभलाई ४–१ ले हराउँदै चेल्सीले शतप्रतिशत नतिजालाई निरन्तरता दिएको हो । टोलीको जितमा इडेन हाजार्डले ह्याट्रिक गरेका थिए । सिजनमा पहिलो पटक चेल्सी खेलमा पछि परेको थियो । सोल बाम्बाले १६ औं मिनेटमा कार्डिभका लागि गोल गरेका थिए । ३७ औं मिनेटमा […]

September 15, 2018

माल्दिभ्सलाई दशक पछि साफ च्याम्पियनसिप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –माल्दिभ्स एक दशकपछि दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप ९साफ सुजुकी कप० को च्याम्पियन बनेको छ । बंगलादेशको ढाकामा शनिबार साविकको विजेता भारतलाई २–१ ले पराजित माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो । माल्दिभ्सले यसअघि सन् २००८ मा भारतलाई नै १–० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । त्यसपछिको […]

September 15, 2018

साफ च्याम्पियनसिप : फाइनलमा माल्दिभ्स १-० ले अगाडी

काठमाडौं – बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत भारत र माल्दिभ्सबीच जारि फाइनल खेलमा माल्दिभ्सले १-० को अग्रता लिएको छ । नेपाललाई सेमिफाइनलमा ३-० ले पराजित गरेको माल्दिभ्सले खेलको पहिलो हाफमा अग्रता लिएको हो । टोलीका लागि इब्राहिम हुसेनले गोल गरेका थिए । साविक विजेता भारत आठौँ उपाधि जित्ने सुरमा पाकिस्तानलाई हराउँदै फाइनल पुगेको हो । माल्दिभ्स […]

September 15, 2018

लिभरपुलद्धारा टोटनह्याम पराजित

वेम्वली (एजेन्सी)–इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सिसाइड क्लब लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम हस्टपरलाई २–१ ले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै गरेको हो । टोटनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा लिभरपुललाई जिताउन जर्जिनो विजनल्डम र रोबर्टाे फिर्मिनोले गोल गरे । लिभरपुलले पहिलो […]

September 15, 2018

नेपालले बंगबन्धु गोल्ड कप नखेल्ने सम्भावना!

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता अाउन दुई सातामात्रै बाँकी हुँदा पनि नेपालको सहभागिता हुने-नहुने टुंगो लागेको छैन । साविक विजेता समेत नेपाल समूह ‘ए’मा प्यालेस्टाइन र ताजकिस्तानसँग रहेको छ । अर्को समूहमा आयोजक बंगलादेश, फिलिपिन्स र […]

September 15, 2018

साफ सुजुकी कपः उपाधिका लागि भारत र माल्दिभ्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको साफ सुजुकी कपको फाइनल खेल आज हुदैछ । बंगलादेशको ढाका जारी साफको फाइनलमा आज साफको सर्वाधिक सफल टोली भारतले माल्दिभ्सको सामना गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । साविकको विजेता समेत रहेको भारत माल्दिभ्सलाई पराजित गर्दै साफको आठौं उपाधि जित्ने योजनामा हुनेछ […]

September 15, 2018

नेयमार र एमबाप्पेविनै पीएसजीको प्रभावशाली जित

पेरिस (एजेन्सी) – टिमका मुख्य खेलाडी नेयमार जुनियर र केलियन एमबाप्पेविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा प्रभावशाली जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा जुलियन ड्राक्सलर, एडिन्सन काभानी, एन्जल डि मारिया र मौसा डिवेले […]

Success

Thank you for your time.