September 19, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान लिओनेल मेसीले उत्कृष्ट ह्याट्रिक प्रहार गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरणको पहिलो खेलमा पीएसभीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाले कप्तान लिओनेल मेसीको फ्रिकिक गोलसँगै खेलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा पीएसभीका डिफेन्डर भिएरगिभरले ओस्मान डेम्बेलेलाई लडाएपछि प्राप्त फ्रिकिकमा मेसीले गोल […]
September 18, 2018
बार्सिलोना (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पहिलो खेलमा बार्सिलोनाले पीएसभी आइन्डोभनको सामना गर्दैछ । नेपाली समयअनुसार १०:४० मा सुरु हुने खेलको लागि दुवै टोलीले सुरुआती ११ घोषणा गरेका छन् । बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा मिडफिल्डर फिलिपे कोउटिन्होलाई डेब्यु दिएको छ । उनी गत सिजन नै बार्सिलोना आएपनि च्याम्पियन्स […]
September 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षपछि आयोजना हुन लागेको नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगलाई पल्सरले मुख्य प्रायोजन सम्झौता गरेको छ । गोल्छा अर्गनाइजेसन अन्र्तगतको नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले तीन वर्षका लागि ‘ए’ डिभिजन लिगसँग मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा कम्पनीका प्रवन्ध […]
September 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व टी–२० एसिया छनोटको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । अर्काे महिना मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले मंगबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा दीपेश श्रेष्ठ, शाहव आलम र सुनिल धमलाले स्थान बनाएका छन् । रोहित कुमार […]
September 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१६ महिला च्याम्पियनसिपको छनोट अन्तर्गतको समूह ‘ई’ का खेलहरु भोलि (बुधबार) देखि राजधानीमा सुरु हुँदैछ । प्रतियोगिताका सबै खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको […]
September 18, 2018
आवुधावी (एजेन्सी) – अफगानिस्तान एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समुहको पहिलो खेलमा श्रीलंकालाई ९१ रनले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै एसिया कपको अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो । लगातार दोस्रो हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका यसअघि पहिलो खेलमा १ सय ३७ रनले पराजित भएको […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार दशरथ रंगशालामा ट्रफी टुरअन्तर्गत पहिलो कार्यक्रम आयोजना गर्यो । ‘स्कोर अ गोल’ नाम रहेको ट्रफी टुर काठमाडौं उपत्यकाका सात स्थानमा पुर्याइनेमा पहिलो दिन विश्व निकेतन स्कुलका सयौं विद्यार्थी सहभागी भएका थिए । लिग समितिका संयोजक विज्ञानराज शर्माले विद्यालय केन्द्रित रहने ट्रफी टुरको मुख्य उद्देश्य […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट काठमाडौमा आयोजना हुने समूह ‘ई’ अन्तर्गतको एएफसी यु–१६ महिला च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा जानकारी गराएको छ । एन्फाले सोमबार एन्फा मुख्यालय सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो नेपाल रहेको समूह ‘इ’ बाट सिरियाले आफ्नो नाम फिर्ता लिएपछि यो समूहमा […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ट्रफी टुर आयोजना गर्ने भएको छ । आइतबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिग समितिका संयोजक विज्ञानराज शर्माले साहिद स्मारक ए डिभिजन लिगको ट्रफी काठमाडौं उपत्यकामा टुर गरिने बताए । सोमबार दशरथ रंगशालाबाट सुरु हुने ट्रफी टुर उपत्यकाका सात स्थानमा पुर्याइने छ […]
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै असोज १३ बाट लिग सुरु गर्ने घोषणा गरेको छ । यस घोषणासँगै झन्डै ५ वर्ष रोकिएको लिग फुटबल फर्किएको छ । विगतमा ए डिभिजन लिगको पुरस्कार ७५ लाख रहेपनि यसपटक पुरस्कारमा समायोजन गरिएको छ । लिगको विजेताले ५० लाख रुपैयाँ पाउनेछन् […]