September 29, 2018
दुबई (एजेन्सी) – भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो । २ सय २३ रनको लक्ष्य पछ्याएको भारतले ७ विकेटको क्षेतिमा आवश्यक रन जोडेको थियो । भारतको यो सातौं एसिया कप उपाधि हो । श्रीलंकाले ५ र पाकिस्तानले २ पटक एसिया कप जितेको छ । […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रेखा पौडेलले दोहोरो ह्याट्रिक पूरा गरेको खेलमा नेपालले आजबाट शुरु भएको साफ यू–१८ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि फराकिलो जितसहित विजयी शुरुवात गरेको छ । नेपालले पाकिस्तानमाथि १२–० को फराकिलो जित दर्ता गरेको हो । चाम्लिङथाङ रंगशालामा भएको एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् । कप्तान […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– चोटमुक्त भएर मैदान फर्कने क्रममाा रहेका रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा परिक्षणका लागि शुक्रबार बैंकक प्रस्थान गरेका छन् । फागुन २७ गते धरानमा बुढासुब्बा गोल्डकपको फाइनलका दौरान दायाँ खुट्टा भाचिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् । फागुन २८ गते चक्रराज पाण्डेको नेतृत्वमा ग्रान्डी अस्पताल उनको खुट्टाको शल्यक्रिया भएको थियो […]
September 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगरले अन्ततः सहिद स्मारक ए डिभिजन लिगमा ‘डेब्यू’ गर्ने पक्का भएको छ । सहिद स्मारक ए डिभिजन लिग सुरु हुन दुई दिनमात्र बाँकी रहँदा बिहीबार २१ वर्षे विमलले नवप्रवेशी च्यासल युथ क्लबबाट सम्झौता गरेपछि उनको डेब्यू पक्का भएको हो । विमल र क्लबबीच बिहीबार सम्झौता भइसकेको जानकारी दिदै च्यासलका […]
September 27, 2018
काठमाडौँ(हाम्रो खेलकुद)- अर्को महिना पोखरामा पोखरा रंगशालामा आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि सहभागी टिम,मालिक र मार्की खेलाडीको घोषणा गरिएको छ । तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद बिहीबार (आज) क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिले सहभागी फ्रेन्चचाइज टिम र मार्की खेलाडीको घोषणा गरेको छ । पहिलो संस्करणको लिगमा ६ शहरका ६ टिमले प्रतिस्पर्धा […]
September 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपालले एसियन यू १८ स्कुल च्याम्पियनसिपमा तेस्रो जित हासिल गरेको छ । भारतको आगरामा जारी स्कुल च्याम्पियनसिपको ४६ औं संस्करणको बिहीबार भएको खेलमा दक्षिण एसियाली छिमेकी श्रीलंकालाई १–० ले हराएको छ । ३५ औं मिनेटमा जय गुरुङले गरेको गोल खेलको निर्णायक बनेको थियो । नेपालले च्याम्पियनसिपमा खेलका ५ मध्ये ३ खेलमा जित […]
September 27, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती अंक तालिकाको शीर्ष दुई स्थान ओगटेका युरोपकै महारथी क्लबहरु रियल म्याड्रिड र बार्सिलोना पराजित भए । रियलले सेभिल्लाको मैदानमा हार्दा बार्सिलोना भने पुछारको लेगानेसको मैदानमा पराजित भयो । स्पेनिस लिगमा दुवै टोली एकै दिन हारेको दुर्लभ क्षण बुधबार भयो । गत सिजन बार्सिलोनाले लिगमा एक खेलमा […]
September 26, 2018
आबुधावी (एजेन्सी)-युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई २ सय ४० रनको लक्ष्य दिएको छ । युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४८ ओभर ५ बलमा अल आउट हुदैँ २ सय ३९ रन बनाउन सक्यो । बंगलादेशको सूरुवात भने खराव रह्यो । पहिलो विकेट २ ओभर ५ बलमा जुनैद […]
September 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ । आग्रामा बुधबार भएको खेलमा नेपालले आफगानिस्तानमाथि १३–१ को फराकिलो जित निकालेको हो । प्रतियोगितामा यो नेपालको दोस्रो जित हो । यसअघि नेपालले चीनलाई ३–१ ले पराजित गरेको थियो । त्यसअघिको दुई खेलमा नेपाल थाइल्याण्डसँग २–० […]
September 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यू–१८ नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले साफमा मुख्य लक्ष्य उपाधि नै रहेको बताएका छन् । यू–१८ महिला साफ च्याम्पियनसिपका लागि नोपली टोली बुधबार भुटान प्रस्थान गर्नुअघि प्रशक्षिक श्रेष्ठले तयारी राम्रो रहेकाले लक्ष्य उपाधि जित्नु नै रहेको बताएका हुन् । ‘टिमको तयारी राम्रो रहेको छ । आक्रमक रुपमा टोली बलियो […]