default_image

breaking big news

September 30, 2018

ए डिभिजन लिग : सरस्वती र संकटा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार हुने खेलमा सरस्वती युवा क्लब र सीएमजी क्लब संकटा आमनेसामने हुँदैछन् । लिगको फेरबदल गरिएको तालिका अनुसार दुई टोली एन्फा कम्प्लेक्समा खेल्नेछन् । संकटा र सरस्वती दुवैले यस सिजन मध्ये तालिकामा रहने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । सरस्वतीले अधिकांश स्थानीय र केहि […]

September 29, 2018

सिटी, टोटेनह्याम जितेको दिन युनाइटेड स्तब्ध

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, टोटेनह्याम, आर्सनल, एभर्टनले जित दर्ता गर्दा म्यान चेस्टर युभनइटेड भने पराजित भएको छ । सिटीले ब्राइटन एन्ड होभ अल्बियोनलाई, आर्सनलले वार्टफोर्डलाई र टोटेनह्यामले हडर्सफिल्ड टाउनलाई समान २–० ले हराउँदा युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–१ को नतिजा सुम्पिएको थियो । सिटीलाई घरेलु मैदानमा जित दिलाउन रहिम स्टेर्लिङले पहिलो हाफ […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगः एनआरटीले आर्मीलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।     सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा आज भएको पहिलो खेलमा एनआरटीका रोजित पुडासैनी र राजेश परियारले गोल गरे । आर्मीका सन्तोष तामाङले दुवै गोल गरे । खेलको शुरुवातदेखि […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगः एनआरटी रआर्मीबिचको खेलको पहिलो हाफ १–१ गोलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरटी र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा एनआरटीका रोजित पुडासैनीले १२औं मिनेटमा गोल गर्दै खेलमा शुरुवाती अग्रता बनाउन सफल भएका थिए । खेलमा आर्मीले दवाव सिर्जना गरेपनि १२औं मिनेटमा […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगः एनआरटीविरुद्ध आर्मी (प्रत्यक्ष प्रसारण)

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज देखि शुरु हुदैछ । उद्घाटन खेलमा न्युरो टिम (एनआरटी) ले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । एनआटरी विरुद्धको खेलको लागि आर्मी टिमका शुरुवाती ११ सार्वनजिक भएको छ । विकेश कुथु (गोलरक्षक), जितेन्द्र कार्की, बिमल पान्डेय, दीपक गुरुङ, सुमन अर्याल, सन्तोष तामाङ, […]

September 29, 2018

यू–१९ एसिया कप : भारतले नेपाललाई दियो ३ सय ५ रनको विशाल लक्ष्य

ढाका (एजेन्सी ) – बंगलादेशमा आजबाट सुरु भएको यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा भारतले नेपाललाई ३ सय ५ रनको विसाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको छ ।   भारतलाई विशाल योगफल तयार पार्न ओपनर यशस्भी जैसवाल शतक […]

September 29, 2018

यू–१९ एसिया कप : नेपालको खराव प्रर्दशन जारी

ढाका (एजेन्सी ) – यू –१९ एसीसी एसिया कप क्रिकेटमा अहिले भारत र नेपालबीचको खेल जारी रहेको छ । बंगलादेशमा टस जितेर पहिला बलिङ गरेको नेपालले खराव प्रर्दशन गरेको छ । यो समचार तयार पार्न सम्म भारतले २६ ओभरमा २ विकेटको क्षतिमा १३७ रन बनाएको छ । देभदत्त पडिक्कल र यशस्भी जैसवाल नेपाली बलरको सामना […]

September 29, 2018

यू–१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु भएको एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतबीरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । खेल अब केहि समयमा सुरु हुने छ । भारतले पहिला ब्याटिङ गर्नेछ । नेपालले अहिलेसम्म भारतलाई १ […]

September 29, 2018

‘ए’ डिभिजन लिग आजदेखि, एनआरटी र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षको अन्तरालपछि घरेलु फुटबलको चर्चित र प्रतिष्ठित फुटबल प्रतियोगिता पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शुरुवात आजदेखि हुदैछ । पाँच वर्षको अन्तरालमा अखिल नेपाल फुटबल संघ (एन्फा) विभिन्न आरोह–अवरोह भएपछि लिगले निरन्तरता पाउन सकेको थिएन । तर, एन्फामा नयाँ नेतृत्व आएपछि लिग हुन सफल भएको हो । लिगको […]

September 29, 2018

यू–१९ एसिया कप : नेपालले आज भारतसँग खेल्दै

 ढाका (एजेन्सी ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु हुने एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजेबाट बाट सुरु हुने छ । नेपालले अहिले सम्म भारतलाई १ पटक मात्र पराजित गरेको छ , भने अन्य कुनैपनि खेलमा जित निकाल्न सकेको छैन । नेपालले गत […]

Success

Thank you for your time.