default_image

breaking big news

September 10, 2024

महिला लिगको खेलको समय परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) –  एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले मंगलवार विज्ञप्ती जारी गर्दै केही एन्फा कम्प्लेक्समा जारी लिग खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो ४ः१५ बजे सुरु हने भनिएका खेल दिउँसो ३:१५ बजे सुरु हुने भएको छ।एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको […]

September 10, 2024

सुदूरपश्चिमको पोष्टमा आर्मीको गोल वर्षा

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशविरुद्ध गोलको वर्षा गरेको छ । आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले सुदूरपश्चिममाथि १४-१ को फराकिलो अन्तरले हरायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ५, अनिता लम्जेलले २, चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, […]

September 10, 2024

नेसन्स लिगका रजत विजेता ७ खेलाडी पुलिसबाट क्लब च्याम्पियनसिप खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई नेपाल भलिबल संघले मंगलवार बिदाइ गरेको छ। टोली बिहीवार माल्दिभ्स जानेछ। च्याम्पियनसिप भदौ ३० देखि असोज ५ गते सम्म हुनेछ। नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो । च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय […]

September 10, 2024

क्रिकेट टोलीमा फरक‌ भूमिकासहित टमाटाको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक‌ भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]

September 10, 2024

क्रिकेट टोली आज क्यानडा जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]

September 10, 2024

काठमाडौं स्पाईकर्सको लोगो सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली काठमाडौं स्पाईकर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको स्पाइकर्सले जनाएको छ । काठमाडौंले नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारीलाई मार्की खेलाडीका रुपमा टिममा भित्राएको छ । […]

September 10, 2024

फ्रान्ससँग बेल्जियम पराजित

एजेन्सी – फ्रान्सले नेसन्स लिगमा बेल्जियमलाई पराजित गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा फ्रान्सले बेल्जियमलाई सोमवार २-० ले पराजित गर्यो । यसअघि फ्रान्स पहिलो खेलमा खेलमा इटालीसँग पराजित भएको थियो। घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे । खेलको २९औं मिनेटमा मुआनीले गोल गर्दै […]

September 9, 2024

सन्दीपको ओडिआई टोलीमा पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । लेग स्पिनर सन्दीप लामिछाने १२ महिना पछि ओडिआई टोलीमा पुनरागमन गरेका छन् । सन्दीपले ओडिआईमा अन्तिम पटक भारतसँग एसिया कपका क्रममा […]

September 9, 2024

चन्द्रपुरविरुद्ध एपिएफको गोल वर्षा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा एपिएफले चन्द्रपुरलाई ६-० ले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवार भएको खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटेले २ तथा रश्मी कुमारी घिसिङ, प्रिती राई, गिता राना र सविता राना मगरले समान १ […]

September 9, 2024

पल्सर स्पोर्ट्स अवार्ड – रोहितसहित क्रिकेटका ५ जना मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०८० को ४ विधाको मनोनयन सार्वजनिक गरेको‌ छ। मञ्चले वर्षको उत्कृष्ट महिला , पुरुष, युवा र प्रशिक्षक गरि ४ विधामा समान ५ जनाको मनोनयन सोमवार सार्वजनिक गरिएको छ। क्रिकेटबाट सबैभन्दा बढी ५, फुटबल र करातेबाट समान ३ जना मनोनयनमा परेका छन्। गत वर्ष राष्ट्रिय तथा […]

Success

Thank you for your time.