October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको हो । नेपालको लागि ओपनर विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो ओभरमा नै २१ रन जोडेको थियो । दोस्रो ओभरमा बाँकी ६ रन जोड्दै नेपाल […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले जितको लागि रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको हो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी टि-२० विश्वकप एसिया छनोटको पाँचौ खेलमा चीनको सामना गर्दैछ । टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीको कप्तानी आज ज्ञानेन्द्र मल्लले गर्दैछन् । नियमित कप्तान पारस खड्कालाई विश्राम दिएपछि ज्ञानेन्द्रले टोलीको जिम्मेवारी सम्हालेका हुन् । टोलीमा प्रारम्भिक ब्याट्सम्यान प्रदिप ऐरी र विनोद भण्डारी नै छन् । अनिलकुमार साह, आरीफ शेख, […]
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले आज चीनको सामना गर्दैछ । लिग चरणको पाँचौ खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । नेपालले यसअघिका चारै खेल सहजै जित दर्ता गरेको थियो । शीर्ष स्थानमा रहेको नेपाल ४ खेलमा ८ अंक छ । चीनले भने सबै खेलमा भारी अन्तरको पराजय भोगेको […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र क्लब भिड्दैछन् । दुई खेलपछि स्थगित भएको लिगको तेस्रो खेलसँगै लिग फुटबल सुचारु हुन लागेको हो । पछिल्लोपटक ए डिभिजन लिग हुँदा मछिन्द्रको टोली निकै बलियो थियो । लिगको पहिलो चरणमा छैटौं स्थान हासिल गरेको टोलीले सुपर सिक्समा उत्कृष्ट […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा भएको साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता हुन सफल टोलीलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले साफमा उपविजेता बन्न सफल यू–१८ चेलीलाई जनही ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा […]
October 9, 2018
अर्जुन कार्की बागलुङ – बागलुङको गल्कोटमा आजदेखि सुरु भएको २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीनै विभागीय टोलीले विजयी सुरुवात गरेका छन् । पहिलो दिनको खेलमा विभागीय टिम एपिएफले दोहोरो जित दर्ता गर्यो । नेपाली सेना र नेपाल पुलिसले पनि पहिलो जित हात पारेका छन् । विभागीय टिम एपीएफले उद्घाटन खेलमा प्रदेश नम्बर ७ लाई […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई जितको लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको हो । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । भुटानले टस जितेर फिल्डीङ रोजेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको सिंगापुरले समान अंक जोडेपनि रनरेटको आधारमा दोस्रो स्थानमा छ । भुटानले भने ३ मध्ये […]