default_image

breaking big news

October 26, 2018

पोखराको उत्कृष्ट ब्याटिङ, विराटनगरलाई १ सय ९८ रनको लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० विराटनगर टाइटन्सलाई घरेलु टोली पोखरा पल्टनले १ सय ९८ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाएको हो । राम्रो शुरुवात गरेको […]

October 26, 2018

पिपिएलको पहिलो विकेट सन्दीपलाई, आक्रामक कुशल आउट

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा टस जितेर बलिङ्ग रोजेको विराटनगरविरुद्ध घरेलु टोली पोखराले राम्रो सुरुआत गरेको छ।  ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई राम्रो सुरुआत दिलाएपनि उनी सातौँ ओभरको पहिलो बलमा सन्दीपको सिकार भएका छन्। सन्दीपले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा बाउण्डरी लाइन कटाउने प्रयास गरेका कुशल […]

October 26, 2018

नेपाली महिला टोली मैत्रीपूर्ण खेलका लागि चिनतर्फ, उतैबाट म्यानमार जाने

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोली शुक्रबार चीन जाँदैछ । नेपाली टोलीले चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । यस अघि नेपाली टोलीले चाईनामा तीन मैत्री पूर्ण खेल खेल्ने छ । नेपाली टोलीले बेइजिङ फोनिक्स महिला टोलीसँग २ वटा र बेजिङ स्पोर्टस युनिर्भसिटीसँग एउटा मैत्रीपूर्ण […]

October 26, 2018

जितसँगै किरणको टोली लिगको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको धिवेही प्रिमियर लिगअन्तर्गत टीसी स्पोर्ट्सले न्यु रेडियन्ट क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । टीसीबाट खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले लगातार क्लिन सिट राख्न सफल भए । यस जितसँगै टिसी स्पोर्ट्स अंक तालिकामा ११ खेलमा ३० अंक जोड्न सफल भएको छ । […]

October 25, 2018

पोखरा प्रिमियर लिग : सम्पूर्ण जानकारी

पोखरा (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटमा सर्वाधिक धनराशी पुरस्कार रहेको पोखरा प्रिमियर लिग (पीपीएल) प्रतियोेगिता शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । ६ शहरका ६ फ्रेन्चाइज टिम रहेको प्रतियोगितामा १२ दिनसम्म चल्ने छ । लिगको १५, प्लेअफ र फाइनल गरेर प्रतियोगितामा कुल १७ खेल हुनेछ । प्रतियोगिताको फाइनल विजेता टोलीले २७ लाख हात पार्दा उपविजेता टोलीले […]

October 25, 2018

साफ यू १५ च्याम्पियनसिप – माल्दिभ्सविरुद्ध नेपालको ४ गोल

ललितपुर (हाम्रो खेलकुद)– नेपाली युवा टोलीले साफ यू १५ फुटबल च्याम्पियनसिपमा सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन नेपालले माल्दिभ्सलाई ४–० ले हराएको छ । नेपालले पहिलो र दोस्रो हाफमा समान २ गोल गर्दै फराकिलो जित दर्ता गराएको छ । जान लिम्बुको पेनाल्टी गोलबाट २८ औं मिनेटमा […]

October 25, 2018

तालबाराहीमा पीपीएल ट्रफी अनावरण (फोटो फिचर)

पोखरा (हाम्रो खेलकुद) – फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा पोखरा प्रिमियर लिग (पीपीएल) को ट्रफी अनावरण गरिएको छ । सहभागि ६ टोलीका कप्तानले ट्रफी अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा पोखरा पल्टनका शरद भेषावकर, चितवन राइनोजका पारस खड्का, काठमाडौं रोयल्सको ज्ञानेन्द्र मल्ल, विराटनगर टाइटन्सका सन्दीप लामिछाने, बुटवल ब्लास्टर्सका सोमपाल कामी र एक्स्पर्ट धनगढी ब्लुजका दीपेन्द्रसिंह […]

October 25, 2018

साफ यू १५ च्याम्पियनसिप – पहिलो खेलमा भारतको हार

ललितपुर (हाम्रो खेलकुद)– दक्षिण एसियाली स्तरको पुरुष वा महिला तथा उमेर समूहदेखि राष्ट्रिय टोलीका प्रतियोगिता भारत सदाबहार दाबेदार रहँदै आएको छ । तर, यसपटक बिहीबार सुरु भएको साफ यू १५ च्याम्पियनसिपमा भारतको सुरुवात सुखद हुन सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २–१ ले हराएको छ । खेल सकिन ५ मिनेट बाँकी […]

October 25, 2018

मेसीबिनाको बार्सिलोनाले इन्टरलाई हरायो

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएको बार्सिलोनाले खेलमा धेरै कठिनाइ भोग्नु परेन । खेलको सुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो । […]

October 24, 2018

एएफसी यू–१९ महिला च्याम्पियनसिप– नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली किशोरी टोली एएफसी यू–१९ महिला च्याम्पियनसिप–२०१९ को छनोटको पहिलो खेलमा बुधबार बलियो प्रतिद्धन्द्धी थाइल्यान्डसँग पराजित भएको छ । नेपाल आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भएको हो । थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल शुरुवाती २० मिनेटमै २–० ले पछि परेको थियो । थाइल्यान्डकी पतारानन औचाई र टिपकृतिताले गोल गरिन् । […]

Success

Thank you for your time.