default_image

breaking big news

December 25, 2018

७० खेल, १६४ गोल, ८८ गोलकर्ता : तथ्यांकमा ए डिभिजन लिग

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले पाँच वर्षको अन्तरालपछि ए डिभिजन लिग आयोजना गर्यो । रेलिगेसन विनाको लिगका दश चरणका खेल समापन भइसकेका छन् । लिगको तीन चरणको खेल बाँकी रहँदा उपाधिको दावेदार ७ पटकको च्याम्पियन मनाङ मर्स्याङदी  क्लब अपराजित रहँदै १० खेलबाट ३० अंक जोडेर उपाधिको संघारमा छ । लिगको ११ औं चरणमा […]

December 25, 2018

नेपालले यूएईमा ३-३ ओडीआई र टि ट्वान्टीआई खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा ३-३ खेलको वान डे अन्तर्राष्ट्रिय (ओडीआई) र ट्वान्टी-२० अन्तर्राष्ट्रिय (टि-२०आई) सिरिज खेल्ने भएको छ । नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज भने ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म चल्नेछ । सिरिजका सबै खेल […]

December 25, 2018

डिपिएल–३ एक हप्ता पछि स¥यो

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिता एक हप्ता पछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल युएईंबीच क्रिकेट सिरिज हुने भएको कारण प्रतियोगिता एक हप्ता पछि सारिएको उल्लेख गरिएको छ । डिपिएल माघ १९ बाट फागुन ४ सम्म हुने […]

December 24, 2018

‘राष्ट्रिय टोलीलाई निरन्तर एक्सपोजर दिनुपर्छ’ – गोलरक्षक किरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीलाई नियमित खेल समय दिनुपर्नेमा जोड दिएका छन् । गत महिना ट्रस्ट एण्ड केयर (टीसी) स्पोर्ट्स क्लबबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेका किरणले फुटबल विकासका लागि राष्ट्रिय टोलीको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताएका हुन् । माल्दिभ्सको लिग सकिएपछि नेपाल फर्किएका किरण अहिले […]

December 24, 2018

पारससहित तीन सदस्यीय टोली अष्ट्रेलिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको प्रायोजन र नेपालय इन्टरसेनसलको व्यवस्थापनमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित तीन सदस्यीय टोली सोमबार अष्ट्रेलिया प्रस्थान गर्ने भएको छ । पारससँगै टोलीमा राष्ट्रिय टोलीका अर्का सदस्य दीपेन्द्र सिंह ऐरी र यू १९ राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास प्रधान रहेका छन् । […]

December 24, 2018

सन्दीपको उत्कृष्ट प्रर्दशन तर मेलबर्न पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यासको दोस्रो खेलमा पनि सानदार प्रर्दशन गरेका छन् । सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सबीरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । आफ्नो पहिलो स्पेल लिएर सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा एलेक्स डूलनलाई २ रनमा […]

December 24, 2018

एभरटनको पोस्टमा टोटेनहमको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाली ह‌युङ् मिन सन र इंग्लिस फरवार्ड ह्यारी केनले २-२ गोल गरेपछि प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्सपरले एभरटनलाई ६-२ ले पराजित गरेको छ । एभरटनले घरेलु मैदान गुडिसन पार्कमा अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन । २१ अौं मिनेटमा थियो वाल्कटले डोमिनिक काल्भर्ट लेविनको क्रसलाई गोलमा परिणत […]

December 23, 2018

मनाङलाई ‘दुवै हातमा लड्डु’

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दशौं चरणका खेल समापन भए । दशौँ चरणका खेलमा केहि यस्ता नतिजा भए जुन धेरैलाई चकित तुल्याउने किसिमका थिए । समग्रमा दशौं चरणका नतिजाले साविक विजेता मनाङलाई भने उपाधि लक्ष्यमा निकै सघाउ पुगेको छ । दशौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती क्लबलाई ४-२ […]

December 23, 2018

लगातर दशौं जितसँगै मनाङ ५ अंकले अगाडी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन फुटबल लिगमा लगातार दशौं जित दर्ता गरेको छ । आइतबारको दोस्रो खेलमा मनाङले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मनाङका लागि आडिलेजे सोमिडेले गरेको गोल नै निर्णायक सावित भयो । सोमिडेले ५२ औं मिनेटमा हेमन […]

December 23, 2018

एपिएफसँग आर्मी स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्काे विभागी टोली नेपाल एपिएफ क्लबसँग स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको दिनको पहिलो खेलमा आर्मी एपिएफसँग २–१ ले स्तब्ध भएको हो । आर्मीलाई स्तब्ध बनाउन एपिएफका आशिष लामाले २ गोल गरे । आर्मीका […]

Success

Thank you for your time.