default_image

breaking big news

September 14, 2024

कोशी र संकटा बराबरीमा रोकिए

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शनिवार कोशी प्रदेश र संकटा क्लब गोल रहित बराबरीमा रोकिएका छन् । दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा संकटा र कोशीले दुवै टोलीले केही राम्रो प्रयास गरे पनि गोल भगर्न सकेनन् । बराबरीपछि ५ खेलमा १० अंक जोड्दै कोशी तेस्रो स्थानमा उक्लिएको छ । संकटा भने समान ५ खेलमा […]

September 14, 2024

एनपिएलका मार्की खेलाडीको टोली‌‌ टुंगो लाग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को मार्की खेलाडीको टोली‌‌ टुंगो लागेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पत्रकार सम्मेलनमा गोला प्रथाद्वारा मार्की खेलाडीको टोली तय भएको थियो। क्यान सचिव पारस खड्काले कार्यक्रममा खेलाडी अक्सन दशैं अघि हुने जानकारी दिए । अक्सनमा विभिन्न श्रेणीमा खेलाडीलाई विभाजन गरीने छ । मार्की खेलाडीको मुल्य भने […]

September 14, 2024

एनपिएलका ८ मार्की खेलाडी हरेकको मुल्य २० लाख

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडी हरेकको मुल्य २० लाख रुपैयाँ तोकिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलसहित टोलीका अन्य सदस्य दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई मार्की खेलाडीका रुपमा घोषणा गरेको […]

September 14, 2024

राष्ट्रपति पौडेलद्वारा अवार्ड आयोजनाका लागि मञ्चलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रका उत्कृष्ट खेलाडीलाई २ दशक देखि निरन्तर सम्मान गरेर राम्रो परम्परा स्थापित गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद पत्रकार मञ्चलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले सम्मानका लागि हुने अवार्ड आयोजनामा आफ्नो साथ र शुभकामना संधै रहने बताए । एसियाका खेल पत्रकारको संगठन एआइपिएस एसियाको २५ औं कंग्रेसका‌ सहभागीलाई शनिवार आफ्नै […]

September 14, 2024

महिला लिग शीर्ष स्थानको पुलिस र आर्मी खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् । आजबाट लिगका पाँचौ राउन्डको खेलहरु सुरु हुँदैछन् । आजको पहिलो खेलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ः३० बाट सुरु हुँदैछ । पुलिस ४ खेलमा ३ जित र १ बराबरीसहित १० […]

September 14, 2024

अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी भएको छ । टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानिय एचपि जगुवार्सलाई ६६ रनले पराजित गरेको हो । २ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो […]

September 13, 2024

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रवार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुद ( एसियाड)मा रजत […]

September 13, 2024

क्रिकेट टोलीका कप्तान रोहित वर्ष उत्कृष्ट पुरूष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड जितेका छन्। रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल रह्यो। उनको प्रेरणादायी नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेल्यो। उनको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्यो। रोहित टि […]

September 13, 2024

एसियाड पदक विजेता एरिका वर्ष उत्कृष्ट महिला खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरूङले‌ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्। एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्। एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी […]

September 13, 2024

कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- भलिबल खेलाडी कविता भट्टले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्।‌ उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन्। राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् । […]

Success

Thank you for your time.