default_image

breaking big news

January 17, 2019

कालिन नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – स्विडिस योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको बैठकले मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । सन् २०१९ को मार्चबाट उनले जिम्मेवारी सम्हाल्ने बताएको छ । प्राविधिक […]

January 17, 2019

घले एन्फा मानार्थ अध्यक्षबाट बर्खास्त

काठमाडौं (हाम्रो खेलकुद)– टासी घले अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट बर्खास्त भएका छन् । बिहीबार बसेको एन्फा केन्द्रिय समिति बैठकले घलेलाई बर्खास्त गरेको हो । वैशाखमा नयाँ कार्यसमितिको चयन सँगै दोस्रो पटक मानार्थ अध्यक्ष बनेका घले झन्डै ८ महिनापछि बर्खास्तमा परेका हुन् । त्यसअघि नरेन्द्र श्रेष्ठको एक वर्षे कार्यकालमा पनि घले पहिलो […]

January 17, 2019

पुलिस खप्तड गोल्डकपको फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ‌। निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको हो । बुधबार धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको १३ अौं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तिर्थ रानाको […]

January 17, 2019

भलिबल अवार्डमा जनता बैंकको साथ

काठमाडौं (हाम्रो खेलकुद)– जनता बैंकले नेपाली खेलकुदको अर्को अवार्डका लागि प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आयोजना हरेक वर्ष आयोजना गर्ने अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला र पुरुष टोली पुरस्कारका लागि प्रायोजन गरेको छ । संघले अर्को साता एनभिए अवार्ड आयोजना गर्दैछ । जनता बैंकका नायव प्रमुख कार्यकारी अजय मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जन […]

January 17, 2019

फाइनलमा स्थान बनाउन संकटा र पुलिस भिड्दै

धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सीएमजी संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो सेमिफाइनलमा आमनेसामने हुँदैछन् । धनगढी रंगशालामा बिहीबार दिउँसो २:३० बजे हुने खेलको विजेताले उपाधिका लागि रुस्लान थ्री स्टारको सामना गर्नेछ । सीएमजी संकटाले प्रतियोगिताको पहिलो खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा […]

January 17, 2019

रोनाल्डोको गोलमा युभेन्टसलाई सुपर कप उपाधि

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई १-० ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ अौं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रहयो । यसै सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर युभेन्टस अाएका रोनाल्डोले अाफ्नो उच्च फर्मलाई बुधबार […]

January 16, 2019

सन्दीपको उत्कृष्ट बलिङमा सिल्हेट सिक्सर्स विजयी

ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दप लामिछानेको कसिलो बलिङसँगै बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा सिल्हेट सिक्सर्सले रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको छ । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको राइडर्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो । सन्दीपले राइडर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ […]

January 16, 2019

हिमालयन शेर्पा विशाल स्मृति गोल्ड कपको फाइनलमा

वीरगन्ज (हाम्रो खेलकुद)– ‘ए’ डिभिजन टोली हिमालयन शेर्पा क्लब वीरगन्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा बुधबार भएको खेलमा शेर्पाले आयोजक वीरगन्ज–११ लाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो । […]

January 16, 2019

रुस्लान थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ‌। बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै थ्री स्टारले उपाधि भिडन्त पक्का गरेको हो । रुस्लान थ्री स्टारले खेलको पहिलो हाफमा दबाब बनाएपनि गोल गर्न भने […]

January 16, 2019

२० रनको लक्ष्य पछ्याउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डमा जारी वुमन्स टी-२० स्मास प्रतियोगितामा नेपालले थाइल्याण्ड ए लाई ९ विकेटले पराजित गरेको छ । यससँगै नेपाल समूह चरणका सबै ४ खेलमा जित दर्ता गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । तेर्थई क्रिकेट मैदानमा बुधबार नेपालले टस जितेर ब्याटिङ रोजेको थाइ टोलीलाई १६ औं ओभरमा १९ रनमा अलआउट गरेको […]

Success

Thank you for your time.