default_image

breaking big news

February 15, 2019

हिरो गोल्डकप फाइनल : पहिलो हाफ १-१ को बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपअन्तर्गत नेपाल र म्यानमारबीच जारी फाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको हो । म्यानमारका लागि यी यी ओले गोल गरेकी हुन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली […]

February 15, 2019

थिम्पुविरुद्ध आर्मीको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय क्लब त्रिभुवन आर्मी क्लबले भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको क्वाटरफाइनलमा थिम्पु सिटी फुटबल क्लबलाई ६-० ले पराजित गरेको छ । यस जितसँगै आर्मी प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार फुन्त्सोलिङमा भएको खेलमा आर्मीका लागि कप्तान भरत खवासले खेलको पाँचौ मिनेटमा नै आर्मीलाई अग्रता दिलाएका थिए । अर्का […]

February 15, 2019

उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार म्यानमारसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो । पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सुखद पुनरागमन […]

February 15, 2019

आर्सनलको लज्जास्पद हार

एजेन्सी – इंग्लिस क्लब आर्सनल बिहिबार राती युरोपा लिगको राउण्ड अफ ३२ को पहिलो लेगमा बाटे बोरिसोभसँग १-० ले पराजित भएको छ । खेलको पहिलो हाफको अन्तिम मिनेटमा बोरिसोभले लिएको अग्रता नै खेलमा निर्णायक गोल सावित भएको थियो । इगोर स्टासेभिचको फ्रिकिकमा स्टानिस्लाभ ड्रागुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाती […]

February 14, 2019

सागको स्वर्ण विजेता फुटबल टोलीले थप ३ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको झन्डै तीन वर्षपछि नेपाली यू २३ फुटबल टोलीले घोषित पुरस्कारको बाँकी रकम पाउने भएको छ । भारतमा सन् २०१६ मा सम्पन्न १२ औं सागमा नेपालले फाइनलमा भारतलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक जितेको थियो । सरकारले टोलीका खेलाडीलाई सागका अन्य पदक विजेता खेलाडीलाई […]

February 14, 2019

सन्दीपको टिम मेलबर्न स्टार्स बिग ब्यासको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ । आजको भएको फाइनलमा खेलमा होबार्ट हुरीकेन्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । होबार्टले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य मेलबर्नले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मेलवर्नलाई फाइनलमा पुर्याउन […]

February 14, 2019

अब महिलाको फ्रेन्चाइज लिग हुने

काठमाडौं (हाम्रो खेलुकद) – विगत चार वर्षयता नेपालमा पुरुष क्रिकेटमा फ्रेन्चाइज लिग निरन्तर भइरहेको छ । नेपालमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले सुरुवात गरेको फ्रेन्चाइजी लिग धनगढी प्रिमियर लिग (डिपिएल), एभरेस्ट प्रिमियर लिग (इपिएल) र पछिल्लोपटक पोखरा प्रिमियर लिग (पिपिएल) सम्म आइपुगेको छ । पुरुषमा मात्रै हुँदै आएको फ्रेन्चाइज लिग अब महिलामा पनि हुने भएको […]

February 14, 2019

वर्षा बाधक बनेपछि विराटनगर र महेन्द्रनगरले अंक बाँडे

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को आठौं खेलमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाको कारण रद्द भएको छ । यससँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्  । टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएको अवस्थामा ८२ रन जोड्दा खेल रोकिएको थियो । निरन्तर वर्षा भएपछि […]

February 14, 2019

अत्तरियाको लगातार दोस्रो जित

धनगढी (हाम्रो खेलकुद) – सीवाईसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ । अत्तरियाको कसिलो बलिङ सामु १ सय २२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा अल आउट हुँदै ८२ रनमा समेटियो । रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न पाएनन् । रुपन्देहीका […]

February 14, 2019

रियलले आयाक्सलाई हराउँदा भीएआर विवाद चुलियो

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगको खेलमा साविक विजेता रियल म्याड्रिडले डच क्लब आयाक्सलाई २-१ ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) विवादका कारण घरेलु टोली आयाक्सको अग्रता रद्द भएको खेलमा पाहुना टोलीले जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयाक्सले पहिलो हाफमा नै […]

Success

Thank you for your time.