default_image

breaking big news

February 27, 2019

कप्तान रुविनाको ह्याट्रिकसँगै नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्रीको ह्याट्रिकसँगै अलराउन्ड प्रदर्शनमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रनमात्र जोड्न सक्यो । रुविनाले इनिङको अन्तिम तीन […]

February 27, 2019

सन्दीपको लाहोरले क्वेटाविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत छैटौं खेलमा क्वेटा ग्ल्याडीयटर्सको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ५:१५ मा सुरु हुनेछ । सन्दीपको टोली लाहोरले प्रतियोगितामा खेलेका ५ मध्य २ खेलमा जित र ३ मा हार बेहोरेको छ । ४ अंक बोकेको […]

February 27, 2019

पीएसजीको कप डे फ्रान्सको सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई पराजित गर्दै कप डे फ्रान्सको सेमिफाइनलमा स्थान बनाएको छ । स्टार खेलाडी नेयमार, एडिन्सन काभानी र किलियन एमबाप्पेबिना उत्रिएको पीएसजीका लागि एन्जल डी मारियाले उत्कृष्ट प्रदर्शन गरेपछि टोली ३-० ले विजयी रहयो  । डी मारियाले खेलको आठौं मिनेटमा उत्कृष्ट चिप प्रहार गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । […]

February 26, 2019

सेमिफाइनलमा रुस्लान थ्री स्टार र एपीएफ भिड्ने, आर्मीको प्रतिद्वन्द्वी दाउफिन्स

काठमाडौं (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । मंगलबारको अन्तिम क्वाटरफाइनलमा दाउफिन्सले नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । दाउफिन्सले अब बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले हिमालयन शेर्पा क्लबलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको […]

February 26, 2019

मकवानपुर गोल्डकपलाई भूगर्भ सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितालाई भूगर्भ सिमेन्टले मुख्य प्रयोजन गरेको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले बुधबार दोस्रो संस्करणको मकवानपुर गोल्डकपको लागि भूगर्भ सिमेन्टसँग एक वर्षको लागि मुख्य प्रायोजन गरेको हो । सम्झौतामा मकवानपुर जिल्लाका अध्यक्ष टीकाराम लामा र भूगर्भ सिमेन्टका अध्यक्ष पिताम्वर गैरेले हस्ताक्षर गरे । […]

February 26, 2019

मेसी र रोनाल्डोद्वारा पनि परिवर्तन गर्दा अटेर

एजेन्सी – चेल्सीका गोलरक्षक केपा अर्रिजाबगलाले म्यान्चेस्टर सिटीविरुद्ध लिग कप फाइनलमा प्रशिक्षक माउरिजियो सार्रीले परिवर्तन गर्न खोज्दा अटेर गर्दै मैदान बसेपछि उनको धेरै आलोचना भयो । क्लबले गोलरक्षक केपालाई एक साताको तलब जरिवाना लिएर कारवाही नै गर्यो । उनको चौतर्फी आलोचना पनि भयो । विश्व फुटबलमा यो नौलो घटना भने थिएन । लिग कपको फाइनल […]

February 26, 2019

बुटवल र धरानमा जित्नासाथ नगद, पोखरामा अझै उधारो

काठमाडौं (हाम्रो खेलकुद) – तिलोत्तमा गोल्डकपको २१ औ संस्करणको विजेता दाउफिन्सले सोमबार फाइनल खेल जितेपछि पुरस्कार राशी नगद मै पाएको छ । प्रतियोगिता आयोजक रुपन्देही जिल्ला फुटबल संघले विजेतालाई ८ लाख ८० हजार रुपैयाँ नगद नै प्रदान गरेको एन्फा रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर केसी(कुमार)ले जानकारी दिए । यसअघि पोखरामा सञ्चालन भएको मनकामना केबुलकार पोखरा कप […]

February 25, 2019

अनिलको ह्याट्रिकमा रुस्लान थ्री स्टारको सहज जित

पोखरा (हाम्रो खेलकुद) – फरवार्ड अनिल गुरुङले सिजनको उच्च प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेपछि रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको […]

February 25, 2019

रुस्लान थ्री स्टारमा अनिलको सिजनको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले रुस्लान थ्री स्टार क्लबका लागि सिजनको पहिलो गोल गरेका छन् । पोखरामा जारी १७औं संस्करणको आहा रारा गोल्डकबप फुटबल प्रतियोगिता अन्तरगतको सिक्किम युनाइटेडविरुद्धको खेलमा गोल गरेसँगै अनिलले सिजनको पहिलो गोल गरेका हुन् । उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए । सिक्किमका खेलाडीले सुशिल […]

February 25, 2019

नेपालले चीनलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्र जोड्न सक्यो । चीनका लागि मध्यक्रममा झाङ मेइ ३२ रनमा नटअाउट रहिन् । अोपनर […]

Success

Thank you for your time.