March 14, 2019
एजेन्सी – कप्तान लिओनेल मेसीले दुई गोल र दुई असिस्टसहित शानदार प्रदर्शन गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लियोनलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । समग्रमा ५-१ कै जित दर्ता गरेको बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएपछि बुधबार घरेलु मैदानमा बार्सिलोनाले खेल अवधिभर नै लियोनलाई […]
March 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आईसीसी यू–१९ विश्वकप छनोटको लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगिताको लागि टियू क्रिकेट मैदानमा छनोट जारी छ । प्रारम्भिक छनोटमा सहभागी ५२ जना खेलाडीबाट भारत जानु अघि १८ सदस्य टोली घोषणा हुने छ । भारत भ्रमणपछि […]
March 13, 2019
विराटनगर (हाम्रो खेलकुद) – भारतीय महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको छ । सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ अौं मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ अौं मिनेटमा इन्दुमति कासिरेतानले […]
March 13, 2019
विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपको दोस्रो खेलको पहिलो हाफमा भारतले माल्दिभ्सविरुद्ध ५-० को अग्रता लिएको छ । सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ अौं मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ अौं मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको […]
March 13, 2019
टुरिन (एजेन्सी) – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसंगै युभेन्टसले एट्लेटिको म्याड्रिडलाई अन्तिम १६ को दोस्रो लेगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जित हात पारेको छ । पहिलो लेगमा एट्लेटिको २-० ले विजयी भएको थियो । खेलको २७ औं मिनेटमा उत्कृष्ट हेडिङ गोल गर्दै रोनाल्डोले घरेलु मैदानमा आफ्नो टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको […]
March 12, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानलाई ३-० ले पराजित गरेको छ । नेपालका लागि मन्जली कुमारी योन्जनले १३ अौं मिनेटमा अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा सुन्दर गोल […]
March 12, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । नेपालका लागि मन्जली कुमारी योन्जनले १३ अौं मिनेटमा अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा […]
March 12, 2019
विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे हुने खेलका लागि नेपालको सुरुवाती रोजाई सार्वजनिक भएको छ । हिरो गोल्डकपको फाइनल खेलेको नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । डिफेन्डर पुनम जर्घामगरको स्थानमा अमृता जैशी सुरुवाती रोजाइमा आएकी छिन् । […]
March 12, 2019
सुबास हुमागाईं, विराटनगर नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार भुटानको सामना गर्दैछ । दिउँसो ३ बजे सुरु हुने खेलमा नेपालले कमजोर भुटानविरुद्ध गोलवर्षा गर्ने अपेक्षा गरिएको छ । नेपालले भुटानविरुद्ध साफ च्याम्पियनसिपमा दुई पटक खेलेको छ । यसअघि सन् २०१४ र २०१६ संस्करणमा भुटानको सामना गरेको नेपालले दुवैपटक ८-० को […]
March 12, 2019
एजेन्सी – करिव १० महिनापछि प्रशिक्षक जिनेदिन जिदान स्पेनिस क्लब रियल मड्रिडमा फर्किएको छ । क्लबले सान्टियागो सोलारीलाई सोमबार राति बर्खास्त गर्दै १० महिनापछि जिदानलाई क्लबमा फर्काउन सफल भएको हो । जिदानले १० महिना अघि एकाएक आफ्नो पद त्यागेका थिए । जिदानले क्लबसँग सन् २०२२ सम्म सम्झौता गरेको हो । क्लबले जोसे मौरिन्हो र मौरिसियो […]