March 21, 2019
प्रकाश तिमल्सिना, विराटनगर खेलाडीका रुपमा हरि खड्काको नेपाली फुटबलमा बेग्लै पहिचान छ । राष्ट्रिय टोलीमा संयुक्त रुपमा सर्वाधिक गोलकर्ता रहेका हरिले आफूलाई प्रशिक्षकको रुपमा पनि पछिल्लो समय प्रमाणित गर्दै आएका छन् । राष्ट्रिय टोलीमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेपनि उनले उपाधिको स्वाद भने चाख्न पाएनन् । उनी खेलाडी हुँदा सन् १९९९ मा काठमाडौंको दशरथ रंगशालामा […]
March 21, 2019
विराटनगर (हाम्रो खेलुकद) – पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिको लागि शुक्रबार नेपाल र भातरबीच प्रतिस्पर्धा हुदैछ । खेल विराटनगरस्थित सहिद रंगशालामा दिउसो ३ बजेपछि शुरु हुनेछ । विराटनगरमा बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले दक्षिण एसियामा भारत बलियो भएपनि यसपटकको साफमा भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने बताएका छन् । […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपको उपाधिका लागि फेरि एक पटक नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघिका ४ मध्ये सुरुवाती तीन संस्करणको फाइनल खेलेका नेपाल र भारतले विराटनगरमा जारी च्याम्पियनसिपको सेमिफाइनलमा आज जित निकाल्नै एकअर्कासँगको भेट पक्का गरेका हुन् । सहिद रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले हराएको थियो […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– भारत महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशलाई बुधबार दोस्रो सेमिफाइनलमा ४–० ले हराउँदै भारत उपाधि नजिक पुगेको हो । भारतले शुक्रबार नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । भारतका लागि इन्दुमती काथेरासेनले २, डालिमा चेबेर र मनीषाले समान १ गोल गरेकी थिइन् । एकपक्षिय खेलको १८ औं मिनेटमा डालिमाको गोलबाट भारतले […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो सेमिफाइनलको पहिलो हाफमा भारतले ३–० को अग्रता लिएको छ । यो खेलको विजेताले शुक्रबार नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । भारतका लागि इन्दुमती काथेरासेनले २ र अर्को गोल डालिमा चेबेरले गरेकी थिइन् । एकपक्षिय खेलको १८ औं मिनेटमा डालिमाको गोलबाट भारतले अग्रता बनाएको थियो । कर्नरमा आएको […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । यो नेपालको चौथो फाइनल यात्रा हो । शहिद रंगशालामा पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरले गोल गरेपछि नेपालले अग्रता लिएको […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– पाँचौ महिला साफ च्याम्पियनसिपको उपाधि दावेदार नेपालले श्रीलंकाविरुद्ध पहिलो सेमिफाइनलमा पहिलो हाफमा १–० को अग्रता लिएको छ । खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलबाट नेपालले सेमिफाइनलमा अग्रता लिएको हो । पेनाल्टी बक्स भित्र सावित्रा भण्डारीले हेडमार्फत दिएको पासमा ६ यार्ड बक्सबाट पुनमले सहजै गोल गरेकी थिइन् । श्रीलंकाविरुद्ध यसअघिका सबै खेलमा […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्धकै पहिलो रोजाईलाई श्रीलंकाविरुद्ध उत्रार्ने तयारी गरिरहेका छन् । गोलकिपर एन्जिला तुम्बापो सुब्बा छिन् भने डिफेन्समा गीता राना, हिराकुमारी भुजेलसँगै मनमाया लिम्बू र पुनमले उनीहरुलाई साथ दिनेछन् । मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटे रहनेछन् । […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दोस्रो पटक एकअर्काको सामना गर्दैछन् । खेल आज बिहान ११ः०० बजे सुरु हुँदैछ । सेमिफाइनलका लागि दुवै टोली रंगशालामा पुगिसकेका छन् । विराटनगरको सहिद रंगशालामा जारी पाँचौं संस्करणको च्याम्पियनसिपमा नेपाल र भारत दुई अपराजित टोली हुन् । यी दुई टोलीलाई नै प्रतियोगिताको मुख्य दाबेदारका रुपमा हेरिन्छ […]
March 20, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार श्रीलंकाको सामना गर्दैछ । खेल विहान ११ बजे शहिद रंगशालामा हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका प्रशिक्षक हरि खड्काले सेमिफाइनलको लागि टोली पूर्ण रुपमा तयार रहेको बताए । ‘हामी प्रतियोगिताको सेमिफाइनल खेल्दैछौं । टोली शारीरिक र मानसिक रुपमा […]