default_image

breaking big news

September 17, 2024

पुलिसको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा तेस्रो खेल आज जित निकालेको छ । पुलिसले तेस्रो खेलमा मंगलवार ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गरेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा डाइमेडमाथि पुलिसले ३–० को सोझो सेटमा जित निकालेको हो । पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२ र तेस्रो […]

September 17, 2024

एपिएफको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले संकटा क्लबमाथि जित निकाल्दै शीर्ष स्थानमा थप मजबुत बनेको छ । छैटौं खेलमा पाँचौ जित निकाल्नेक्रममा एपिएफले मंगलवार संकटामाथि ३–० को जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई जित दिलाउन सरु लिम्बु, अनिता केसी र सविता राना मगरले समान १ गोल गरिन् । एपिएफले […]

September 17, 2024

नेपाल क्यानडासँग हार्नुका ५ कारण

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी क्रिकेट विश्वकप लिग–२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो […]

September 17, 2024

मन्जलीको आमा बनेपछिको पुनरागमन

सुबास हुमागाईं, काठमाडौं मन्जली कुमारी योन्जनका लागि सन् २०२२ को साफ महिला च्याम्पियनसिप बिर्सनलायक क्षण थियो । यसैपनि नेपालले फाइनलमा बंगलादेशसँग हार बेहोरेका कारण खल्लो बनेको उक्त प्रतियोगिता मन्जलीका लागि भने सुरु नहुँदै सकिए बराबर भएको थियो । प्रतियोगिता सुरु भएको दिनबाट ज्वरो आएपछि अस्पताल पुगेकी उनलाई डेंगी संक्रमण भएको देखिएपछि प्रतियोगिताभर उनी अस्पतालमै रहिन् […]

September 17, 2024

क्यानडासँग पहिलो पटक हार्यो नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो […]

September 17, 2024

लगातार दुई विकेटसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी विश्वकप लिग टु अन्तर्गत क्यानडासँगको खेलमा लगातार दुई विकेट गुमाएपछि नेपाल संकटमा परेको छ । नेपालले दुई बलको अन्तरमा कुशल मल्ल र सोमपाल कामीलाई गुमाएको छ । ६ रन जोड्दै विकेट गुमाएका सोमपाललाई डेब्यु गरिरहेका अन्श पटेलले आउट गराए । त्यसको एक बलअघि साद विन जाफरले कुशल मल्ललाई पेभेलियन फर्काएका […]

September 17, 2024

क्यानडाविरुद्ध नेपालको पाँचौ विकेट पतन

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी विश्वकप लिग टु अन्तर्गत क्यानडासँगको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालले पाँचौ विकेटका रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । क्यानडाका लागि यसै खेलमा डेब्यु गरेका अन्श पटेलको बलमा दीपेन्द्र ८ रन बनाउँदै आउट भए । यसअघि अर्का डेब्यु खेलाडी अखिल कुमारको बलमा भीम सार्की चौथो विकेटका रुपमा […]

September 17, 2024

हेलिगरको पेसमा पेलियो नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी विश्वकप लिग टु अन्तर्गत क्यानडासँगको खेलमा तीव्रगतीका बलर डेलिन हेलिगरको पेसमा नेपालले १३ ओभरमा ३ विकेट गुमाएको छ । नेपालले गुमाएको तीनै विकेट पेस बलर हेलिगरको नाममा रहेको छ । हेलिगरले नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान रोहित पौडेललाई आउट गराए । ओपनर कुशललाई एलबिडब्लु आउट गराएका […]

September 17, 2024

नेपालले पहिलो विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत क्यानडा विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा नेपाली टिमका ओपनर कुशल भुर्तेल चौथो ओभरको अन्तिम बलमा आउट भएका हुन् । भुर्तेल १० बलमा १ रन बनाउँदै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भएका हुन् । नेपालले अहिले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर […]

September 17, 2024

क्यानडाद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीले नेपाललाई जितका लागि २ सय ५४ रनको बलियो लक्ष्य दिएको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुन: एकपटक […]

Success

Thank you for your time.