default_image

breaking big news

May 21, 2019

भारतकी मेरी कोमसँग माला पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा जारी दोस्रो इन्डियन ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगितामा नेपाली माला राई भारतकी मेरी कोमसँग पराजित भएकी छिन् । मंगलबार भएको महिला ५१ केजी तौल समूहको खेलमा मेरी कोमले मालालाई ५-० ले पराजित गरिन् । नेपालकी माला राई सुरुवाती राउन्डदेखि नै रक्षात्मक रुपमा उत्रेकी थिइन् । माला घरेलु बक्सिङमा एपीएफबाट खेल्ने […]

May 21, 2019

किरण र विमल माल्दिभ्स जान अझै केहि दिन लाग्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र स्टार फरवार्ड विमल घर्तिमगर माल्दिभ्स जान अझै केही दिन लाग्ने भएको छ । किरण र विमल आज माल्दिभ्स जाने पूर्वनिर्धारित तालिका रहेपनि विविध कारणले आज माल्दिभ्स जान नसकेको गोलरक्षक किरणले बताएका छन् । ‘विमल र म आजै माल्दिभ्स जाने तयारीमा थियौं । […]

May 21, 2019

इंग्ल्यान्डद्वारा आर्चरसहित ३ खेलाडी परिवर्तन

एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन ९ दिन बाँकी रहेको अवस्थामा घरेलु टोली इंग्ल्यान्डले यस अघि घोषणा गरेका १५ सदस्यीय टोलीमा ३ खेलाडी परिवर्तन गरेको छ । गत महिना घोषणा गरेको टोलीमा ३ परिवर्तन गरेको क्रिकेट इंग्ल्यान्डले जनाएको छ । तीव्र गतिका युवा बलर जोफ्रा आर्चर, शीर्षक्रमका ब्याट्सम्यान जेम्स भिन्स र लियाम डसनलाई टोलीमा मौका […]

May 21, 2019

सन्दीप अष्ट्रेलियातर्फ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली लेग स्पिनर सन्दीप लामिछाने केहि दिनका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार उनी दिउँसो १ः०५ मा सिंगापुर एरलाएन्समार्फत अष्ट्रेलियातर्फ लागेका हुन् । सन्दीप व्यक्तिगत कारणले अष्ट्रेलिया गएको शिवाकोटीले बताए । उनका अनुसार सन्दीप कति दिन […]

May 21, 2019

बालोन डी’ओर : एमबाप्पेको रोजाईमा मेसी

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले यस वर्षको बालोन डी’ओर उपाधि बार्सिलोनाका कप्तान लिओनेल मेसीले जित्नुपर्ने बताएका छन् । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपनि मेसी प्रतिष्ठित व्यक्तिगत उपाधिको हकदार भएको एमबाप्पेले बताएका हुन् । मेसीले बार्सिलोनालाई लगातार स्पेनिस ला लिगा उपाधि दिलाउने क्रममा ३६ गोल गरे । उनी लिगको सर्वाधिक गोलकर्ता पनि […]

May 21, 2019

युरोपको पाँचै शीर्ष लिगमा पुरानै च्याम्पियन

एजेन्सी – युरोपेली फुटबलका अधिकांश लिगहरु समाप्त भइसकेका छन् । केहि लिगका अन्तिम चरणको खेल बाँकी रहेपनि लिग उपाधिको भने टुंगो लागिसकेको छ । यसपटक युरोपको शीर्ष पाँच लिगमा पुरानै च्याम्पियन दोहोरीए । युरोपेली फुटबलको इतिहासमै पहिलो पटक युरोपको शीर्ष ५ लिगमा च्याम्पियन टोली दोहोरीए । फ्रान्स, इंग्ल्यान्ड, स्पेन, जर्मनी र इटालीका च्याम्पियनले पछिल्लो सिजन […]

May 20, 2019

सेथु आइडब्लूएलको फाइनलमा, सावित्राको ४ गोल

काठमाडौं (हाम्रो खेलकुद) – सेथु फुटबल क्लब इन्डियन वुमन्स लिग (आइडब्यूएल) को फाइनलमा पुगेको छ । पन्जावस्थित गुरुनानक रंगशालामा सेन्ट्रल एसएसबीमाथि सोमबार ८–१ को सहज जित हात पार्दै दुई नेपाली खेलाडी सम्मिलित सेथु उपाधि नजिक पुगेको हो । बुधबार हुने फाइनलमा सेथुले मणिपुर पुलिसको सामना गर्नेछ । टोलीको जितमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य […]

May 20, 2019

राष्ट्रिय टोलीको घोषणा, विमल र भरतलाई विश्राम

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मलेसिया र चाइनिज ताइपेइविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेका छन् । प्रशिक्षक कालीनले झन्डै २ साता प्रशिक्षणपछि टोली घोषणा गरेका हुन् । टोलीमा स्टार फरवार्ड विमल घर्तिमगर, हेमन गुरुङ र भरत खवासले टोलीमा स्थान बनाउन सकेनन् । उनीहरु पूर्ण रुपमा […]

May 20, 2019

सेथुको अग्रतामा सावित्राको पनि गोल

काठमाडौं (हाम्रो खेलकुद) – सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिग (आइडब्यूएल) को सेमिफाइनलको पहिलो हाफमा ३–० को अग्रता लिएको छ । सेन्ट्रल एमएसबीविरुद्धको त्यो खेलमा दोस्रो गोल नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले गरेकी थिइन् । सावित्राले ४१ औं मिनेटमा ग्रेसको क्रसमा गोल गरेकी थिइन् । त्यसअघि १३ औं मिनेटमा ग्रेसको गोलबाट सेथुले […]

May 20, 2019

पाकिस्तानको विश्वकप टोलीमा ३ परिवर्तन

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न […]

Success

Thank you for your time.