default_image

breaking big news

June 21, 2019

केल्मीको जर्सी नक्कल गर्ने प्रहरीद्वारा पक्राउ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी निर्माता केल्मीको खेल सामाग्री नक्कल गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केहि साताअघि मात्र एन्फाले राष्ट्रिय टोलीको जर्सी नक्कल गर्नेलाई चेतावनी दिएको थियो । उक्त सूचना निस्केको तीन सातापछि प्रहरीले विभिन्न स्थानमा छापा मार्दै केहि व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुका […]

June 21, 2019

सन्दीप र सोमपाल छनोट हुँदा को-को छनोट भएनन् ?

सुबास हुमागाईं, काठमाडौं क्यानाडाको आधिकारिक टि-२० लिग प्रतियोगिता ग्लोबल टि-२० को ड्राफ्ट बिहीबार सम्पन्न भयो । प्रतियोगिताले दिएको आधिकारिक जानकारी अनुसार नेपालबाट १२ खेलाडीले ड्राफ्टमा नाम दर्ता गराउँदा २ खेलाडी मात्र छनोट भए । पछिल्लो समय विश्वका शीर्ष फ्रेन्चाइज लिगमा प्रभाव जमाइरहेका सन्दीपले आफ्नो न्युनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए । उनलाई ड्राफ्टअन्तर्गत […]

June 21, 2019

लिग ‘डेब्यू’मै विमलको गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि टिसी स्पोर्ट्सले लिग अन्तर्गत बिहीबार भएको खेलमा क्लब इगल्सविरुद्ध हारबाट जोगिएको छ । उनको माल्दिभ्स लिगमा ‘डेब्यु’खेल पनि थियो । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा विमलले गोल गरेपछि लिग च्याम्पियन टिसीले १-१ को बराबरी खेल्दै अपराजित यात्रालाई कायम […]

June 21, 2019

जापान र उरुग्वेको रोमान्चक बराबरी

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको हो । जापानले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । गाकु शिबाशाकीको लामो पासलाई कोजी मियोशीले सदुपयोग गर्दै गोल गरेका थिए […]

June 21, 2019

सन्दीपसँगै सोमपाल पनि ग्लोबल टि-२० लिग खेल्दै

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछासँगै तीव्र गतिका बलर सोमपाल कामीले पनि ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ मा खेल्ने भएका छन् । बिहीबार सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हो । सन्दीप लामिछानेको टिममा भारतीय टिमका पुर्व ब्याट्सम्यान युवराज सिंह समेत रहेका छन् । सन्दीपले गत […]

June 20, 2019

अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३३ रन बनाउन सक्यो । बंगलादेशका […]

June 20, 2019

सोमपालले विनिपेग हक्सबाट ग्लोबल टि-२० खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सोमपाल कामीले पहिलो पटक विदेशी टि-२० लिग खेल्ने भएका छन् । उनलाई विनिपेग हक्सले छनोट गरेको हो । बिहिबार भएको क्यानडा ग्लोबल टि-२० को ड्राफ्टमा ३ हजार अमेरिकी डलर न्युनतम रकम राखेका सोमपाललाई हक्सले छनोट गरेको हो । प्रतियोगिता २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ […]

June 20, 2019

वार्नरको शानदार शतकसँगै बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर डेविड वार्नरले शानदार शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३ सय ८२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अष्टेलियाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ८१ रन बनायो । अष्टेलियालाई विशाल योगफल सम्म पुर्याउन ओपनर डेविड वार्नरले १ […]

June 20, 2019

वार्नरको उत्कृष्ट शतक

एजेन्सी – अष्ट्रेलियाका ओपनर डेविड वार्नरले एक दिवसिय विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन् । वार्नरले १ सय १० बलमा आफ्नो वान डे करियरको १६ औं शतक पुरा गरेका हुन् । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । यस अघि पाकिस्तानसँगको खेलमा पनि वार्नरले शतक प्रहार गरेका थिए । उनको विश्वकप करियरमा […]

June 20, 2019

अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सकाे साथ

काठमाडाैं (हाम्राे खेलकुद) – एनएसजेफ पल्सर स्पाेर्टस अवार्डले सह- प्रायाेजनकाे रुपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सकाे साथ पाएकाे छ । अवार्ड असार १७ गते प्रज्ञा भवन कमलादीमा हुँदैछ । मञ्चले बिहीबार घाेराही इन्डस्ट्री प्रालिकाे उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्ससँग सह-प्रायाेजन सम्झाैता गरेकाे हाे । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र घाेराही सिमेन्टकाे निर्देशक आदित्य सांघाईले […]

Success

Thank you for your time.