default_image

breaking big news

September 26, 2024

चन्द्रपुरलाई हराउँदै वालिङ दोस्रो चरणमा

काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले एन्फा महिला लिगको दोस्रो चरणमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा चन्द्रपुरलाई वालिङले २-१ ले पराजित गरेको हो । दोस्रो चरणमा स्थान बनाउने चौथो टोली बन्ने क्रममा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन् । चन्द्रपुरका लागि भने सुनिता सुनारले […]

September 26, 2024

युनाइटेड पहिलो खेलमा बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा खराब प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाइटेडले युरोपा लिगको‌ यात्रा बराबरीबाट सुरुवात गरेको छ । युरोपा लिगमा बुधवार आफ्नो पहिलो खेलमा युनाइटेड नेदरल्यान्ड्सको एफसी ट्वेन्टीसँग १–१ को बराबरीमा रोकियो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिष्टियन एरिक्सेनको गोलमार्फत ३५औं मिनेटमा युनाइटेडले अग्रता बनायो । भ्रमणकारी टोलीका साम लामर्सले ६८औं मिनेटमा गोल गर्दै खेल […]

September 26, 2024

आर्सनलको सहज जित

एजेन्सी – आर्सनलले इङ्ग्लिस लिग कपमा फराकिलो जित हासिल गरेको छ । लिग कपमा बुधवार आर्सनलले बोल्टनमाथि ५–१ को जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा इथन नवानेरीले २ तथा डेक्लान राइस, रहिम स्टर्लिंग र काई हाभर्ट्जले समान १ गोल गरे । बोल्टनका लागि आरोन कोलिन्सले १ गोल गरे । खेलको १६औं मिनेटमा […]

September 26, 2024

बार्सिलोनालाई‌ लगातार सफलता

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगमा अपराजित यात्रा कायमै राखेको छ । सिजनमा लगातार सातौं जित निकाल्ने क्रममा बार्सिलोनाले बुधवार गेटाफेमाथि १-० को जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले गोल गरे । लेवान्डोस्कीले १९औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । ७ खेलबाट २१ अंक सहित […]

September 25, 2024

नेपाल सेमिफाइनलमा , अब भारतसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सानदार कमब्याकमा घरेलु टोली भुटानलाई २-१ ले माथ दिंदै नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा भुटान विरूद्ध मैदानमा उत्रदा सेमिफाइनल प्रवेशका लागि नेपाललाई जितको विकल्प थिएन। यसअघि पाकिस्तानले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुगिसकेको थियो। भुटानलाई भने सेमिफाइनल प्रवेशका लागि बराबरी नै प्रयाप्त थियो। जहाँ नेपाल विरूद्ध […]

September 25, 2024

इडब्लुभिएल- पहिलो खेल काठमाडौं र ललितपुरबीच हुने

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो खेलमा काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्स खेल्ने भएका छन् । राष्ट्रिय महिला भलिबल टोलीकी उषा भण्डारी काठमाडौं र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडी हुन्। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने लिगको खेल तालिका […]

September 25, 2024

कर्णालीमाथि पुलिस जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि कठिन जित हासिल गरेको छ । आफ्नो आठौं खेलमा पाँचौ जित निकाल्ने क्रममा पुलिसले बुधवार कर्णालीमाथि ३-० को जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले समान गोल गरे । […]

September 25, 2024

सन्दीपको वरियतामा व्यापक सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले आफ्नो वरियतामा व्यापक सुधार गरेका हुन् । नयाँ वरियतामा सन्दीप २२ स्थान सुधार गर्दै संयुक्त ४१ औं स्थानमा उक्लिएका छन् । अष्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि […]

September 25, 2024

रियलको कठिन जित

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले कठिन जित हासिल गरेको छ । रियलले मंगलवार अल्भेसलाई ३-२ ले पराजित गरेको थियो । घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन लुकास भ्याजकास,केलियन एम्बाप्पे र रोड्रिगोले गोल गरेका थिए । भ्रमणकारी टोली अल्भेसका लागि कार्लोस बेनाविडेज र किके गार्सियाले गोल गरेका थिए। खेलको पहिलो मिनेटमा नै रियलका […]

September 24, 2024

नेपाल र ओमानबीचको खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – लगातारको वर्षाका कारण नेपाल र ओमानबीचको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेल रद्द भएको छ । निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल मंगलवार नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन । खेल रद्द […]

Success

Thank you for your time.