September 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल र क्यानडाबीच आजबाट सुरु हुने त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । क्यानडामा नेपाली समय अनुसार बेलुका ९ः४५ बजे मा दुई टोलीबीचको प्रतिस्पर्धा हुँदैछ । विश्वकप लिग टु अन्तर्गतको ओडिआई सिरिजमा खराब प्रदर्शन गरेको नेपाल टि ट्वान्टी सिरिजमा जितका साथ सुरुवात गर्न चाहन्छ । सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि […]
September 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो । पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ। त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को […]
September 27, 2024
एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय […]
September 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]
September 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]
September 27, 2024
एजेन्सी – क्यानडाले विश्वकप लिग टुमा लगातार चौथो जित हात पारेको छ । विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको ४ खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा बिहीवार क्यानडाले ओमानलाई ५ विकेटले हराएको थियो । १ सय ९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा […]
September 26, 2024
सुरज भण्डारी, टेक्सस (अमेरिका) अमेरिकाको टेक्सस राज्यको ग्राण्डपेरी शहरमा नेपालले अमेरिकासँग ३ टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी विश्वकप लिग टु ओडिआई सिरिज खेल्न अमेरिका आउन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यसअघि अमेरिकासँग टि ट्वान्टी सिरिज खेल्ने भएको हो । ग्रान्ड पेरी क्रिकेट स्टेडियममा हुने टि ट्वान्टी क्रिकेट […]
September 26, 2024
एजेन्सी – विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले युएईमाथि जित हासिल गरेको छ । १२औं खेलमा पाँचौ जित हात पार्ने क्रममा नामिबियाले युएईलाई बिहीवार ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । १ सय ९१ रनको लक्ष्य नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नामिबियाका मिचेल भान लिगेंन र कप्तान ग्रेहार्ड […]
September 26, 2024
सुशील पन्त क्षेत्री, चितवन विभागीय डर्बीमा जित निकाल्दै नेपाल पुलिस क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बिहीवार एपिएफ फुटबल क्लब सडन डेथमा निराश बनाउँदै पुलिस उपाधि नजिक पुगेको हो । त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि पुलिसले गत संस्करणको […]
September 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशलाई हराउॅंदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० ले पराजित गरेको हो । दोस्रो चरणमा स्थान बनाउने पाँचौ टोली बन्ने क्रममा कोशीका लागि समिक्षा मगरले २ तथा ममता राउत र कुस्मा राईलेले समान १ गोल गरे । […]