default_image

breaking big news

September 30, 2024

क्यानडामा नेपालको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो । लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो । नेपालले सोमवार विहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पारेको हो […]

September 30, 2024

इङ्ग्ल्यान्डविरुद्धको सिरिज अस्ट्रेलियालाई

एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको ५ ओडिआई सिरिज अस्ट्रेलियाले ३-२ ले जितेको छ । पहिलो र दोस्रो अस्ट्रेलियाले तथा तेस्रो र चौथो खेल इङ्ल्याण्डले जितेको थियो थियो । आइतवार भएको अन्तिम तथा निर्णायक खेल अस्ट्रेलियाले ४९ रनले डिएलएस पद्धति जितेको हो । ३ सय १० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाएर १ […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

गुलशनले मौका पाउँदा सोमपाल बेन्चमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी टि ट्वान्टी लिगको ओमानविरुद्धको खेलमा शनिवार घरेलु टोलीसँग खेलेको प्लेईङ११ मा १ परिवर्तन गरेको छ । नेपालले शनिवार खेलेका तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको छ । नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस […]

September 29, 2024

नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा शनिवार नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो।

September 29, 2024

एपिएल टोली जनकपुरको लोगो र नाम घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली जनकपुरले आफ्नो नाम र लोगो घोषणा गरेको छ । जनकपुरले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम जनकपुर बोल्ट्स रहनेछ । जनकपुरले केही साता अघि मात्र आसिफ शेखलाई मार्की खेलाडीको रुपमा टोलीमा प्राप्त गरेको थियो । जनकपुर फ्रेन्चाईज […]

September 29, 2024

बुटवल लुम्बिनीलाई चितवन गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन बुटवल लुम्बिनी एफसीले गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि जितेको छ । नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो । बुटवल लुम्बिनीले पुलिसलाई २-० ले हराएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा आइतवार बुटवल लुम्बिनीलाई च्याम्पियन बनाउन सनिश श्रेष्ठ र आयुष घलानले गोल गरे । सनिशले […]

September 29, 2024

प्रतिभा भलिबल खेल्न अस्ट्रेलिया जाने

दिल तामाङ , सिड्नी भलिबल स्टार प्रतिभा मालीले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएकी छिन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । प्रतिभाले बुधवार अस्ट्रेलिया जाने जानकारी दिइन् । […]

September 29, 2024

मानबहादुरले अस्ट्रेलियामा हुने रनिङ कप भलिबल खेल्ने

दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]

September 29, 2024

कर्णालीबाट खेलेर राष्ट्रिय टोलीको यात्रा बुन्दै सूदुरका चेली

सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ का लागि एन्फाले गत साता ४० सदस्यीय नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट घोषणा गर्यो । टोलीमा विभागीय खेलाडीको दबदबा रहेपनि कर्णाली प्रदेशबाट ३ खेलाडीले स्थान बनाए । कर्णाली प्रदेशले एन्फा महिला लिगमा सन्तोषजनक प्रदर्शन गर्दा टोलीमा महत्त्वपूर्ण प्रदर्शन गरेका कप्तान तथा गोलरक्षक लिला जोशी, डिफेन्डर तुलसा […]

Success

Thank you for your time.