default_image

breaking big news

October 9, 2024

नेपालसँग क्यानडा हाई पर्फर्मेन्स टिम पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो । १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले […]

October 8, 2024

महान्यायाधिवक्ता कार्यालयले सन्दीप विरूद्ध पुनरावेदन नगर्ने

काठमाडौं (हाम्रो खेलकुद)- महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित बुझेको कारण पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले बताए। असोज १० गते सन्दीप विरूद्धको उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो।‌ उक्त मुद्दामा […]

October 8, 2024

खनाल सुदूरपश्चिमको सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ । सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । क्लिन काष्ठमण्डप सरसफाई अभियान, मैनादेवी फाउन्डेसनमार्फत हरियाली, स्वच्छता अभियानमा स्थानिय निकायसँग सहकार्य गर्न खनाल सक्रिय रहेका छन् । […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

काभा यु २० भलिबल – नेपाली टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा हार बेहोरेको छ। प्रतियोगिताको आफ्नो दोस्रो खेलमट नेपालले पहिलो हार बेहोरेको हो । श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा सोमवार नेपाल उज्वेकिस्तानसॅंग ३-१ को सेटमा पराजित भएको हो । नेपाल‌ले पहिलो सेट १९-२५ र दोस्रो सेट १४-२५ ले गुमायो । तेस्रो सेटमा नेपालले २९-२७ ले […]

October 7, 2024

उषा फेवा एजुकेशन एण्ड माइग्रेसनकी ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी फेवा एजुकेशन एण्ड माइग्रेसनकी ब्रान्ड एम्बेसडर बनेकी छिन्। फेवा एजुकेशन एण्ड माइग्रेसनका निर्देशक दिनेश खनाल र उषाले सोमवार आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता दुई वर्षको लागि भएको हो। रकम नखुलाइए पनि ६/६ महिनामा उषालाई सम्झौता अनुसार रकम प्रदान गरिने जानकारी कार्यक्रममा दिइएको छ। […]

October 7, 2024

एनपिएल अक्सनमा सुदूरपश्चिमको दबदबा, पूर्वको शून्यता

सुबास हुमागाईं, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । क्रिकेटको क्रेज रहेका मुख्य ८ क्षेत्रलाई समेट्नुको कारण त्यस क्षेत्रको क्रिकेटलाई थप बढावा दिनु र स्थानीय स्तरमा खेलाडी विकासमा योगदान दिनु थियो । सहभागी फ्रेन्चाइजहरुले आइतबार सम्पन्न अक्सनबाट पहिलो सिजनका लागि टोली […]

October 7, 2024

एनपिएल अक्सन- ८० खेलाडीका लागि झन्डै ६ करोड खर्च

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा आइतवार ८ फ्रेन्चाइज टोलीले कुल ५ करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्। ८० खेलाडी खरिद गर्न सो रकम खर्च गरेको हो। अक्सन सकिंदा मार्की खेलाडी सहित सबै टोलीको खेलाडी सङ्ख्या समान ११ पुगेको छ। अक्सनमा सबैभन्दा महँगो टोली लुम्बिनी लायन्स बन्यो। उसले […]

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

Success

Thank you for your time.