October 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]
October 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा भएको काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली युवा टोली आइतवार स्वदेश फर्केको छ। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए। कोलम्बोमा शनिवार भएको च्याम्पियनसिप फाइनलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल दोस्रो भएको हो ।पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर […]
October 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]
October 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) –नेपाली युवा टोली काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित हुँदै नेपाल दोस्रो भएको हो । पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर प्रदर्शन गरेको थियो। उज्वेकिस्तानले नेपाललाई २५-२७,२५-१०,२५-२५-२० ले हराउँदै च्याम्पियन बनेको हो। नेपालले लिग चरणमा उज्वेकिस्तान र किर्गिजस्तानसँग पराजित भएको […]
October 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेबल टेनिस खेलाडी इभाना थापाले काजकस्तानको आस्तनामा जारी २७ औं एसियन टेबल टेनिस च्याम्पियनसिपमा पहिलो चरणमा जित हासिल गरेको छिन्। इभानाले बिहीवार आयोजक काजकस्तानकी एनल बाखेतलाई ३-२ ले हराएकी थिइन्। इभानाले ८-११,१२१०,६-११,१२-१०,११-४ नतिजा आफ्नो पक्षमा पारेकी छिन्। वेमन्स सिंगल्सको अन्तिम ६४ मा इभानाको खेल शुक्रवार रहेको अखिल नेपाल टेबल टेनिका महासचिव […]
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो । १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित बुझेको कारण पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले बताए। असोज १० गते सन्दीप विरूद्धको उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो। उक्त मुद्दामा […]
October 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ । सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । क्लिन काष्ठमण्डप सरसफाई अभियान, मैनादेवी फाउन्डेसनमार्फत हरियाली, स्वच्छता अभियानमा स्थानिय निकायसँग सहकार्य गर्न खनाल सक्रिय रहेका छन् । […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]