default_image

breaking big news

October 21, 2024

सजनीको राष्ट्रिय टोलीबाट डेब्यु!

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सजनी थोकरले नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सजनीले डेब्यु गरेकी हुन् । उनले खेलको ६६ औं मिनेटमा गीता रानाको स्थान लिएकी हुन् । सजनीले उमेर समूहमा नेपालको विभिन्न टोलीबाट खेलिसकेकी छिन् । सन् २०१५ मा एएफसी […]

October 21, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्ससँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । पहिलो हाफको खेल अवधिभर बल पोसेसन आफ्नो नियन्त्रणमा राखेको नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सविता राना मगर र प्रिती राईले १-१ गोल गरेका छन् । माल्दिभ्सले अहिलेसम्म […]

October 21, 2024

गोलकिपर अन्जनालाई मौका, साम्बा बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपका सेमिफाइनल सम्भावना बढाउनका लागि माल्दिभ्सविरुद्ध खेल्न लागेको नेपाली टोलीमा ५ परिवर्तन गरिएको छ। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई आराम‌ दिदैं पोस्ट सम्हाले जिम्मा अन्जना रानामगरलाई मौका दिइएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारी साम्बालाई बेन्चमा राखेका छन्‌। रेनुका नगरकोटेले कप्तानीको‌ जिम्मेवारी निर्वाह गर्नेछिन् । एन्जिलासहित चोटग्रस्त […]

October 21, 2024

भुटानले श्रीलंकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले पहिलो जित दर्ता गर्ने क्रममा श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको हो । पहिलो हाफको सुरुवातमै भुटानले अग्रता लिएपनि श्रीलंकाले लगत्तै गोल फर्काएको थियो । तर सेट पिसमा श्रीलंकाको डिफेन्स कमजोर हुँदा भुटानले पहिलो हाफमै […]

October 21, 2024

भुटानलाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले श्रीलंकामाथि पहिलो हाफमा अग्रता लिएको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा भुटान २-१ को अग्रतामा छ । भुटानले सुरुवाती अग्रता लिएपनि श्रीलंकाले गोल फर्काएको थियो । तर सेट पिसमा श्रीलंकाको डिफेन्स कमजोर हुँदा भुटानले पुन: अग्रता बनाएको हो । […]

October 21, 2024

चेल्सीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । चेल्सीलाई आइतवार २–१ ले हराउँदै लिभरपुलले शीर्षस्थानमा पपन्छाउँदै फेरि शीर्ष स्थानमा उक्लेको छ । मोहमद सलाह र कर्टिस जोन्सको गोलमा लिभरपुल विजयी भएको हो । चेल्सीका लागि निकोलस ज्याक्सनले गोल गरेका थिए । सलाहले २९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । […]

October 21, 2024

अमेरिकाविरुद्धको सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । तेस्रो टि ट्वान्टी खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि […]

October 21, 2024

साफ च्याम्पियनसिप– माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपका सेमिफाइनल सम्भावना बढाउनका लागि नेपाली टोलीले माल्दिभ्सविरुद्ध हुने आजको खेल जित्नुपर्ने हुन्छ । भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएका केहि दबाब र आलोचना खेपेको नेपाली टोली आज जितेर सेमिफाइनलको आधार तयार पार्नेमा जुट्नेछ । तुलानात्मक रुपमा माल्दिभ्स कमजोर टोली हो । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको […]

October 21, 2024

आसिफको अर्धशतक पूरा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका ओपनर आसिफ शेखले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी आईमा अर्धशतक पूरा गरेका छन् । ३ खेलको टि ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली ओपनर आसिफले अर्धशतक पूरा गरेका हुन् । करियरको छैटौं अर्धशतक शेखले ३८ बलमा पूरा गरेका थिए । यसअघि आसिफले युएईसँग २ तथा कतार, नेदरल्यान्ड्स र मलेसियासँग समान […]

October 20, 2024

झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापा-११ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा भोजपुर जिल्ला फुटबल संघलाई आइतवार ३-० ले पराजित गर्दै झापा-११ अन्तिम चारमा पुगेको हो । बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल खेलको दोस्रो मिनेटमै निरज कार्कीको गोलबाट अग्रता लिएको थियो […]

Success

Thank you for your time.