default_image

breaking big news

October 27, 2024

नेपाल र भारत पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरीमा छन् । दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो […]

October 27, 2024

साफ च्याम्पियनसिप सेमिफाइनल – नेपाली टोलीको पहिलो रोजाईमा १ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले महिला साफ च्याम्पियनसिपमा भारतविरुद्धको पहिलो रोजाईमा १ खेलाडी परिवर्तन गरेको‌ छ। श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाईमा रहेकी सुरु लिम्बुको सट्टा आज पुजा रानाले सुरु गर्ने भएकी छिन्। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । पुजा, एन्जिलासहित पहिलो रोजाईमा विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, […]

October 27, 2024

लिग-२ : बिग्रेको विगतलाई बिर्सेर सुन्दर भविष्य बनाउन उत्कृष्ट प्रदर्शन आवश्यक

डालस, अमेरिका (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ २०२४/२६ अन्तर्गत आइतबारदेखि नेपालको तेस्रो सिरिज अमेरिकामा सुरु हुँदैछ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुने त्रिकोणात्मक सिरिजमा नेपाल विगतका ८ खेलको प्रदर्शन भुलेर दमदार प्रदर्शन गर्न चाहन्छ । नेपालले गत फेब्रुअरीमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेलेको थियो । चार मध्य तीन खेलमा पराजित भएको […]

October 27, 2024

बंगलादेश फराकिलो जितसँगै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल […]

October 27, 2024

पहिलो हाफमै बंगलादेशको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५ गोल गरेको छ । बंगलादेश पहिलो हाफमा ५-१ को अग्रता लिन सफल भयो । बंगलादेशका लागि कप्तान सविना खातुन र तोहुरा खातुनले २-२ तथा ऋतु पोर्ना चक्माले १ गोल गरे । भुटानले डेकी ल्हाजोमले १ गोल फर्काइन् । खेलको […]

October 27, 2024

उसुको थाउलो विश्व कपमा विजयले जिते कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्। जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि एतिहासिक पदक जितेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले‌ जानकारी दिए। सो इभेन्टमा मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक […]

October 27, 2024

एल क्लासिकोमा बार्सिलोनाको सानदार जित

एजेन्सी – ला लिगा एल क्लासिकोमा बार्सिलोनाले‌ सानदार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले शनिवार रियल म्याड्रिडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा थप मजबुत बनेको छ। पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले वान भर्सेस वानमा गोलको खाता खोलेका थिए। त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले हेड मार्फत अर्को […]

October 26, 2024

सुनिरा र रितिक राष्ट्रिय टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन भएका छन् । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिवार सम्पन्न प्रतियोगितामा सुनिरा वमन्स सिंगल्स र रितिक मेन्स सिंगल्समा च्याम्पियन भएका हुन् । सिंगल्स च्याम्पियनद्वय रितिक र सुनिराले समान १ लाख रुपैयाँ नगद पुरस्कार पाए । सातदोबाटोस्थित नेपाल टेनिस संघको […]

October 26, 2024

रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई

हिमाल खरेल,मेचीनगरआयोजक रोलिङ क्लबले आठौं रोलिङ च्यालेन्ज कपअन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धुलाबारी नुमना माविको खेल मैदानमा शनिवार भएको फाइनलमा पाहुना टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो । रोलिङले पेनाल्टी सुटआउटमा माने भञ्ज्याङलाई ३–१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो । त्यसअघि निर्धारण समय १-१ […]

October 26, 2024

विपी कोइराला स्मृति कप क्रिकेट – भारतको लाइफ केयरलाई उपाधि

रुपन्देही (हाम्रो खेलकुद)- भारतको लाइफ केयर क्रिकेट क्लबले विपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ। रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंगशालामा शनिवार फाइनलमा लाइफ केयर क्रिकेट क्लबले नेपालको नेक्सस रुपन्देही एघारलाई २१ रनले पराजित गर्दै उपाधि जितेको हो। १ सय ६५ रनको लक्ष्य पाएको नेक्ससले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन […]

Success

Thank you for your time.