default_image

बास्केटबल

June 19, 2023

फाइभ नेसन्स बास्केटबल – नेपाललाई भुटानसँग बदला लिने मौका

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीले भुटानसँग भोगेको पहिलो खेलको हारको बदला लिने मौका पाएको छ । च्याम्पियनसिपको मंगलबार हुने सेमिफाइनलमा नेपालले भुटानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ९ः१५ बजे सुरु हुनेछ । त्यसअघि पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । लिग […]

June 19, 2023

फाइभ नेसन्स बास्केटबल- लिग चरणमा नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– शीर्षस्थानमा रहँदै नेपाली राष्ट्रिय बास्केटबल टोलीले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको लिग चरणको अन्त्य गरेको छ । पहिलो खेलमै हार बेहोरेको नेपालले त्यसपछिका सबै तीन खेलमा जित निकाल्दै शीर्षस्थानमा लिग चरणको अन्त्य गरेको हो । लिग चरणको आफ्नो खेलमा आइतबार नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ ले पराजित गरेको थियो । पहिलो क्वार्टरमा दमदार […]

June 18, 2023

कीर्तिपुरको लगातार दोश्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार लगातार दोश्रो जित हात पारेको छ । कीर्तिपुरले भक्तपुरलाई ९५–५९ ले पराजित ग¥यो । कीर्तिपुरका केभिक महर्जनले २५ स्कोर गरे । कीर्तिपुरले पहिलो खेलमा चन्द्रागिरी नगरपालिकालाई ९५–४० ले हराएको थियो । कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको अन्य खेलमा […]

June 18, 2023

एसकेसी र बलर्सलाई ऋत कप

काठमाडौं (हाम्रो खेलकुद) – एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । एसकेसी ब्वाइज तथा बलर्स गल्र्समा पहिलो भए । बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० ले पराजित ग¥यो । एसकेसीका सन्देश खड्काले ५ अंक जोडे । डियुबीएचले […]

June 17, 2023

आयोजक कीर्तिपुरको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित ग¥यो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योगदान गरे । चारै क्वाटरमा अग्रता बनाएको कीर्तिपुरले २३–७, १६–१५, ३०–१३ र २६–५ […]

June 17, 2023

मनास्लु र लालीगुराँस प्रि–क्वाटरमा

काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु र लालीगुराँस दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा मनास्लुले टिम समिटलाई १५–१० तथा आरपीएसलाई ९–५ ले पराजित ग¥यो । लालीगुराँसले काठमाडौं इन्टरनेसनललाई ११–७ तथा माम्बालाई १२–५ ले हरायो । सोही स्पर्धामा स्वेता सदन, मार्कस ‘ए’, […]

June 17, 2023

नेपालले बंगलादेशलाई सहजै हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिप २०२३ को चौथो खेलमा बंगलादेशलाई सहजै पराजित गरेको छ । यस जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न खेलमा नेपालले ९०-३१ को फराकिलो जित हासिल गरेको हो । खेलको सुरुवातमा जम्न केहि कठिन भएपनि नेपालले क्वाटरको अन्त्यमा २५-२० को अग्रता लिएको […]

June 16, 2023

ज्ञानोदय र रेडियन्ट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानोदय र रेडियन्ट तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित आयोजक संस्कृति इन्टरनेसनल स्कुलको कोर्टमा ज्ञानोदयले युरोलाई ३४–२० ले पराजित ग¥यो । ज्ञानोदयको जितमा दिपेश शाहीले २९ अंक योगदान गरे । सन्तोष शर्माको १४ अंक सहयोगमा रेडियन्टले मातृभुमिलाई ३७–२२ ले हरायो । ब्वाइजमै संस्कृतिले […]

June 16, 2023

ऋत बास्केटबलमा १२० टोली

काठमाडौं (हाम्रो खेलकुद) – ऋत एकेडेमीको आयोजनामा हुने दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा १ सय २० टोलीको सहभागिता रहने भएको छ । ब्वाइजमा ९६ तथा गल्र्समा २४ टिमले भाग लिने निश्चित भइसकेको ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जानकारी गराए । शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा […]

June 15, 2023

ऋतिक र आईएसएलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टिम ऋतिक र आईएसए नेपालले ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । ऋतिक ब्वाइज तथा आईएसए गल्र्समा च्याम्पियन बने । ट्रिटन इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ऋतिकले एसकेसीलाई १८–१७ को साँघुरोअन्तरले पराजित ग¥यो । कोटेश्वरस्थित आयोजकको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा आईएसएले बार्बो, भक्तपुरलाई […]

Success

Thank you for your time.