August 30, 2015
ह्वाईटहाउस कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा आईतवार सेमिफाईनलमा प्रवेश गरेकोछ । महिला यु–१९ को अन्तिम लिग खेलमा ह्वाईटहाउस कलेजले बर्नहाटमाथी १००–१८ को सहज जित निकाल्दै सेमिफाईनलमा मोर्गनसग भेट पक्का गरेकोछ । ह्वाईटहाउसकी भावना लामाले २० स्कोर गरिन् । अर्को सेमिफाईनलमा साइपल र एनसीसीएस बीच हुने छन् । पुरुष यु–१९ को खेलमा साविक बिजेता […]
August 30, 2015
हेम्स छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा हेम्सले एसियन पब्लिक स्कुललाई १०–८ ले पराजित गर्यो । हेम्सको जितमा सम्झना पोखरेलले ६ अंक योगदान गरिन् । हेम्सले उपाधिका लागि डेनेब र मार्वलसबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । डेनेबले सूर्योदयलाई १६–४ तथा मार्वलसले मार्टियर्स मेमोरियललाई १४–८ […]
August 29, 2015
प्राइम कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा शुक्रवार जित निकालेको छ । पुरुष यु–१९ को खेलमा प्राइमले एड्भान्समाथी ६३–३६ को सहज जित निकालेको हो । बिेजयी टिमका लागि निश्चल महर्जनले १८ स्कोर गरे । पुरुषतर्फ यु–१९ को अन्य खेलमा ह्वाइटहाउस,मल्पी र रिलायन्सले सफलता हात पारेका छन् । ह्वाइटहाउसले आयोजक जेभियर […]
August 27, 2015
काठमाडौं, भदौ १० गते । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजतर्फ १५ र गल्र्समा १२ गरी जम्मा २७ टिमको सहभागिता रहने बिहीबार आयोजि तपत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सुकुमार थपलियाले जानकारी गराए । प्याब्सन मध्य क्षेत्रीय समितिमा विभिन्न ३२ विद्यालय आबद्ध छन् । […]
August 26, 2015
ट्रिनिटि कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लगातर दोश्रो जित निकालेको छ । बुधवार भएको खेलमा सन्देश उप्रेतीको उत्कृष्ट प्रदर्शनमा ट्रिनिटिले ह्वाईटहाउस कलेजमाथी ६८–५६ को सहज जित निकाल्यो । उप्रेतीले सर्वाधिक १८ स्कोर गरेका थिए । पुरुषतर्फकै अन्य खेलमा सीसीआरसी,टाईम्स र रुपिज कलेजले जित हात पारेका छन् । […]
August 5, 2015
नेपाली महिला बास्कटेबल टोलीले भारत तामिलनाडुको क्वाइम्बेटोरमा १० देखि १५ अगष्ट सम्म आयोजना हुने अखिल भारत बास्केटबल च्यामिपयनसिपमा प्रतिस्पर्धा गर्ने भएकोछ । महिला बास्केटबल टोलीलाई बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले परिषदमा बिदाई गरे ।प्रतियोगितामा सहभागि हुन जाने १९ जनाको टोलीमा स्नेहा श्रेष्ठ, सुजाता राई, उपमा […]
August 4, 2015
ब्वाइज तर्फ प्राइम कलेज र गल्र्स तर्फ भ्यालीले “दोश्रो गणेशमान सिंह स्मृति कप” हात पारेकोछ । सोमबार सम्पन्न बास्केटबलको ब्वाईज तर्फको फाइनल खेलमा प्राईमले गोल्डेनगेटलाई ५१–३८ बास्केटले पराजित गर्दै कप आफ्नो हात पार्न सफल भएको हो । पहिलो क्वाटरमा ६–६ अंक स्कोर भएकोमा दोश्रो र तेश्रो क्वाटरमा प्राईमले १७–१० र २२–१६ को अग्रता लिन सफल […]