default_image

बास्केटबल

June 30, 2016

इनोभेटिभ दोश्रो जित

काठमाडौं, असार १६ गते । इनोभेटिभले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल इनोभेटिभले बाबालाई ८०–७४ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा अजय मानन्धरले २० अंक योगदान गरे । इनोभेटिभ पहिलो क्वाटरमा १७–२५ ले पछि […]

June 27, 2016

जिएए र प्राइमको जित

काठमाडौं, असार १३ गते । जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ जिएएले जेभियर इन्टरनेसनललाई ८५–६९ ले पराजित गर्‍यो । जिएएको जितमा विकास गुरुङले २२ अंक योगदान गरे । जेभियरका विनेश न्यौपानेले […]

June 3, 2016

यु–१८ बास्केटबल टोली स्वदेश फिर्ता

काठमाडौं( हाम्रो खेलकुद) -बंगलादेशको ढाकामा सम्पन्न फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल बास्केटबल संघले शुक्रबार स्वागत गरेको छ । जुलाई १ र २ तारिखमा भएको प्रतियोगितामा नेपालले श्रीलंकालाई ६५–६४ तथा बंगलादेशलाई ५७–५४ ले पराजित गरेको थियो । राउन्ड रोविन लिगका आधारमा भएको चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल भारतसंग ११७–४० ले पछि […]

June 2, 2016

बास्केटबलमा नेपाल भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ ।  लिगको अन्तिम खेलमा नेपाल भारतसंग ११७–४० अंकले पराजित भयो । नेपालका लागि आशिष बस्नेत र निश्चल महर्जनले ८–८ तथा अजय कुँवरले ६ र कुन्खेनजित थिङले ५ स्कोर गरेका थिए । भारतले चार क्वाटरमा क्रमशः […]

May 29, 2016

सीसीआरसीलाई स्किम्स कप

काठमाडौं, जेठ १६ गते । सीसीआरसी ‘बी’ ले प्रथम स्किम्स कप खुला थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । महाराजगन्ज, चक्रपथस्थित आयोजक स्किम्सको कोर्टमा भएको फाइनलमा सीसीआरसीले नासालाई २१–१८ ले पराजित गर्‍यो । सीसीआरसीको जितमा आशिष बस्नेत र थिलेन शेर्पाले समान १०–१० तथा करण केसीले १ अंक जोडे । हिमालयन ह्याप्पी […]

May 13, 2016

ओडिसी र भ्याली पब्लिकलाई बीएनए कप

ओडिसी इन्टरनेसनल एकेडेमी र भ्याली पब्लिक ‘ए’ ले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ओडिसी जुनियर ब्वाइज तथा भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्समा च्याम्पियन बने । बसुन्धारास्थित आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा ओडिसीले एन्जल्स हार्टलाई ३६–२१ ले पराजित ग¥यो । विजेताका साहिल गुरुङले १२ अंक […]

May 12, 2016

ओडिसी र एन्जल्स हार्ट फाइनलमा

काठमाडौं, बैशाख ३० गते । ओडिसी इन्टरनेसनल एकेडेमी र एन्जल्स हार्ट प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित नमुना टोलमा भएको सेमिफाइनलमा ओडिसीले ग्रिनल्यान्डलाई ३५–२० ले पराजित ग¥यो । विजेताका किरण अर्यालले ११ अंक जोडे । सचिनको ९ अंक सहयोगमा एन्जल्स हार्टले गोल्डेनपिकलाई ३१–२७ ले हरायो । बसुन्धारा […]

May 9, 2016

लालीगुरास र स्किब्सको जित

काठमाडौं, बैशाख २७ गते । लालीगुरास र स्किब्सले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । लालीगुरासले नेपाल मोडेललाई ३२–२७ ले पराजित गर्‍यो । लालीगुरासको जितमा देवकुमार तामाङले १२ अंक योगदान गरे । स्किब्सले आयोजक बसुन्धारा नेपाल एकेडेमी (बीएनए) ‘बी’ लाई १७–१० ले हरायो ।विजयी टिमका लागि सञ्जयले १४ अंक […]

April 18, 2016

प्राईम स्कुलद्धारा बास्केटबलको राष्ट्रिय टिम सम्मानित

प्राइम स्कूलले नेपाली राष्ट्रिय महिला बास्केटबल टिमलाई १ लाख नगद सहित पुरस्कृत गरेको छ । नेपाल बास्केटबल संघले आयोजना गरेको प्रथम साउथ एशियन महिला बास्केटबल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गदै नेपाली टिम फाईनलमा पुगेको थियो । नेपाली राष्ट्रिय बास्केटबल टिमले श्रीलंकाको राष्ट्रिय महिला टिमसग पराजित भएर दोस्रो स्थान हासिल गरेको थियो । नया बजार स्थित प्राइम […]

March 25, 2016

दक्षिण एसियाली महिला बास्केटबललाई एनटीसीको साथ

काठमाडौं, चैत १२ नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपको मुख्य प्रायोजक एनटीसी (नेपाल टेलिकम) रहने भएको छ । युनाइटेड वल्र्ड टे«ड सेन्टरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष लामा टेन्डी शेर्पाले सोको जानकारी गराए । मुख्य प्रायोजनसंगै प्रतियोगिताको नाम अगाडि एनटीसी थपिने छ । अन्य प्रायोजकमा रुसलान, मोर्गन इन्टरनेसनल […]

Success

Thank you for your time.