February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक क्लबस्तरीय ‘क्वीक बास्केटबल’ होम एण्ड अवे डबल राउण्ड रोविन लिग हुने भएको छ । आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डेढ महिनासम्म चल्ने होम एण्ड अवे डबल राउण्ड रोविन लिग बास्केटबलबारे जानकारी गराएको हो । शनिबारबाट शुरु हुने प्रतियोगिता चैत १७ गतेसम्म […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– केब्स कप अन्तर स्कुल थ्री अन थ्री बास्केटलमा छात्रतर्फ नवज्योति स्कुल कोटेश्वर र छात्रातर्फ युनिभर्सल स्कुलले उपाधि जितेका छन् । आयोजक कुमारी एकेडेमीको कोर्टमा भएको छात्रतर्फको फाइनलमा नवज्योतिले कुमारीलाई १४–१२ पराजित गर्दै उपाधि चुम्यो । नवज्योतिका अभिषेक सिंह उत्कृष्ट खेलाडी चुनिए । त्यसअघि सेमिफाइनलमा नवज्योतिले ग्रिनतारालाई १४–९ ले हराएको थियो । छात्रा […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक कुमारी स्कुलका दुवै टोली केब्स कप अन्तर स्कुल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको छात्रतफृको सेमिफाइनलमा पुगेका छन् । कुमारी ‘ए’ ले भेनस स्कुललाई १७–६ को अन्तरले पराजित गर्दै अन्तिम ४ मा पुग्यो । त्यस्तै, कुमारी ‘बी’ चिल्ड्रन लिबर्टी माथि ११–८ को कठिन जित हात पारेको थियो । त्यस्तै, बुद्ध एकेडिमि र […]
January 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेजको आयोजनामा गोल्डेनगेट भेट्रान बास्केटबल च्याम्पियनसिप बुधबारबाट सुरु हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप हुने जानकारी गराएको हो । प्रतियोगितामा खेलाडीको उमेर ३५ वर्षसम्मको तोकिएको छ । सो च्याम्पियनसिप बुधबारबाट शनिबारसम्म हुनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ […]
December 23, 2017
राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]
December 19, 2017
काठमाडौ (हाम्रो खेलकुद) – छैठौं दि एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता फाइभ ए साइड जुनियर फुटबलमा न्यु जेनित र शिशु निकुञ्जले विजयी सुरुआत गरेका छन् । न्यु जेनितले अक्षरालाई ५–२ ले र शिशु निकुञ्जले ओम ज्ञान मन्दिरलाई ३–० ले पराजित गर्यो । अन्य खेलमा राजन मेमोरियलले त्रिरत्नलाई ५–३ र राजश्रीले किट्स लनिङलाई ७–० ले […]
December 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । सीसीआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बनेका हुन् । बुद्धनगरस्थित आयोजक रोज बडको कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा सीसीआरसीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५८–५५ को झीनो अन्तरले पराजित गर्यो । सीसीआरसीका राजेश […]
November 30, 2017
काठमाडौं ट्रिनिटी इन्टरनेसनल कलेज र सीसीआरसी दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘सी’ को लिग खेलमा बिहिबार ट्रिनिटीले आयोजक रोज बडलाई ५६–३० ले पराजित गरी समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो । ट्रिनिटीको जितमा साहिल विक्रम राणाले १७ अंक योगदान गरे । रोज बड […]
November 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमी दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको आधारमा जारी प्रतियोगितामा बुधबार साइपालले एसलाई ४५–२६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । साइपालको जितमा रोशनी श्रेष्ठले सर्वाधिक १२ अंक जोडिन् । फाइनलमा साइपालको भेट जेभियर इन्टरनेसनल कलेजसंग हुनेछ । यस्तै […]
November 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको रोजवड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता बिहिबारदेखि सुरु हुने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्कुलले सहभागिता जनाउने प्रतियोगिता मंसिर ७ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ । आयोजक रोजबड स्कुलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी […]