default_image

बास्केटबल

June 17, 2019

क्विक्स एनबीएल : साविक विजेता गोल्डेन गेट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता गोल्डेन गेट इन्टरनेशनल कलेज क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को उपाधि होडबाट बाहिरिएको छ । सोमबार भएको एलिमिनेटर चरणको दोस्रो खेलमा नेपाल पुलिस क्लबले गोल्डेन गेटलाई ९०-६५ ले पराजित गरेपछि साविक विजेताको यात्रा सकिएको हो । गोल्डेन गेटले यसअघि आइतबार भएको पहिलो खेलमा पनि हार बेहोरेको थियो । यस […]

June 16, 2019

क्विक्स एनबीएल : आर्मी र पुलिस सफल

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को प्ले अफको पहिलो खेलमा सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइबार भएको खेलमा आर्मीले टाइम्स इन्टरनेशनल क्लबलाई तथा पुलिसले गोल्डेनगेट कलेजलाई पराजित गर्दै प्ले अफको […]

June 14, 2019

बास्केटबल प्ले अफ आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद)-नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता नेपाल बास्केटबल लिग (एनबीएल) को प्ले अफका खेलहर आइतबारदेखि आयोजना हुने भएको छ । आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्ले अफका खेलहरु असार १ गतेबाट ३ गतेसम्म हुने जानकारी गराएको हो । विभिन्न ८ टोलीले सहभागिता […]

June 5, 2019

क्वीक्स नेपाल बास्केटबल लिगको प्ले अफ समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटल लिगको प्ले अफ समिकरण पुरा भएको छ । घरेलु टोली दि रोयल बास्केटबल टिमसँग हार बेहोरपनि विभागीय नेपाल पुलिस क्लब प्लेअफमा पुग्न सफल भएसँगै प्ले अफ समिकरण पुरा भएको हो । साविकको उपविजेता आर्मी शीर्ष, टाइम्स इन्टरनेसनल कलेज दोस्रो स्थानमा तथा […]

June 5, 2019

समृद्धिलाई भाटभटेनीको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि स्कुल एण्ड कलेज र भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच सम्झौता भएको छ । बुधवार भाटभेटेनीका निर्देशक कल्याण गुरुङ र समृद्धि स्कुल एण्ड कलेजको महिला बास्केटबल टिम समृद्धि गोरिल्लाजका टिम म्यानेजर सन्तोष ताम्राकार बीच सम्झौता पत्र आदन प्रदान भएको छ । सम्झौतामा अनुसार भाटभटेनीले मुख्य प्रायोजन गरेबापत नगद तथा जिन्सी […]

June 4, 2019

आइएसओ काइटको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी एलाना मे लिमको उच्च प्रदर्शन मद्दतमा आइएसओ काइटले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा पहिलो जित हात पारेको छ । चारखालमा भएको खेलमा आइएसओले साइपाल एकेडेमीमाथि ७२–६३ को जित निकालेको हो । पहिलो क्वाटरमा २३–१२ को अग्रता बनाएको आइएसओले दोस्रो क्वाटरमा १५–११ को अग्रता बनायो । तेस्रो र चौथो […]

June 4, 2019

समृद्धि गोरिल्लाजको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदारको रुपमा रहेको समृद्धि गोरिल्लाजले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा लगातार चौथो जित जित निकालेको छ । टाइम्स इन्टरनेनल कलेज चारखालमा मंगलबार बिहान भएको खेलमा समृद्धि गोरिल्लाजले विभागीय नेपाल पुलिस क्लबलाई ३९–३५ ले पराजित गर्दै लिगमा अपराजित यात्रा कायम गर्न सफल भएको हो । पुलिसको यो दोस्रो हार हो […]

June 4, 2019

सहज जितसँगै आर्मी एनविएलको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार तथा साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । कीर्तिपुरमा भएको खेलमा आर्मीले घरेलु टोली एएनके कीर्तिपुर बास्केटबल टिमलाई ८९–७७ को अन्तरमा पराजित गर्दै शीर्षस्थानमा उक्लियो । आर्मीले २४–२३, २०–१६, २०–२० र २५–१८ […]

June 3, 2019

समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- समृद्धि गोरिल्लाजले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ । टाइम्स इन्टरनेनल कलेज चारखालमा सोमबार भएको खेलमा समृद्धि गोरिल्लाजले साइपाल एकेडेमीलाई ४०–२२ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । समृद्धले यसअघि नेपाल पुलिस क्लब र आइएसओ काइटलाई पराजित गरेको थियो । पहिलो क्वाटरमा समृद्धिले […]

June 2, 2019

पुलिसको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले राजधानीमा जारी महिला बास्केटबल लिगमा फराकिलो जित निकालेको छ । टाइम्स इन्टरनेसनल कलेजमा आइतबकार बिहान भएको खेलमा पुलिसले साइपाल एकेडेमीमाथि ७५–४५ को फराकिलो जित निकालेको हो । पुलिसको सहज जितमा समीक्ष न्यौपानेले १२ अंकको योगदान दिइन् । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भइन् । […]

Success

Thank you for your time.