January 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने नेपाल बास्केट बल लिग (एनबिएल) थ्रि बाई थ्रि बेष्टलाई खेलकुद सागाम्री निर्माण कम्पनी लिनिङ्गले प्रायोजन गरेको छ । एनबिएल प्राइभेट लिमिटेड र लिनिङ्ग नेपालबीच एनबिएल थ्रि बाई थ्रि वेष्टका लागि शुक्रबार सम्झौता भएको छ । सम्झौता पत्रमा लिनिङ्ग नेपालका कन्ट्री हेड राजेन महर्जन र एनबिएल प्राइभेट लिमिटेडका अध्यक्ष […]
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल टोलीका कप्तान सदिश प्रधानले पुत्री लाभ गरेका छन् । सदिश र सृजना ताम्राकारको पहिलो सन्तानका रुपमा छोरीको जन्म बिहीबार बिहान ४ बजे मेडिसिटी अस्पतालमा भएको थियो । सदिशका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । सदिशकै नेतृत्वमा नेपालले गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन् । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भए । महिलाको फुल […]
December 11, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद इतिहासमा नतिजाको हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुद मंगलबार भव्य रुपमा सम्पन्न भयो । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो । दुई साताअघि नै प्याकेज घोषणा कार्यक्रम हुने भनिएपनि कार्यक्रमको […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सागअन्तर्गत बास्केटबलतर्फ महिलामा नेपाल रजत पदकमा सिमित भएको छ । पुरुषतर्फ भने नेपालले कास्य पदक हासिल गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित गर्यो । भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बास्केटबलको फाइनल पुगेको छ । माल्दिभ्सलाई हराउँदै नेपाल टोली पहिलो पटक सागको फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ६८–५५ हराउँदै कम्तीमा रजत पदक पक्का गरेको छ । मंगलबार हुने फाइनलमा […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय ३ बाइ ३ बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ३ बाइ ३ बास्केटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले श्रीलंकालाई २१-९ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । नेपालले यससँगै लिग चरणमा श्रीलंकासँग भोगेको […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अन्तिम खेल भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार दशरथ रंगशालाको कभर्ड हलमा नेपालले भुटानमाथि ८७-४६ को सहज जित हासिल गर्यो । अनुषा मल्लले २० अम्क अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले लगातार दोस्रो जित दर्ता गर्यो […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो क्वाटरमा खेल केहि प्रतिस्पर्धात्मक रहेपनि नेपालले त्यसपछि खेलमा पकड जमाउँदै जित पक्का गर्यो । […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलतर्फ नेपालले पहिलो दिन मिश्रित सफलता हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिलातर्फ नेपालले बंगलादेशलाई ९२–५ को फराकिलो अन्तरले पराजित गर्यो । नेपालकी मुना महर्जनले १७ अंक जोडिन् । पुरुषतर्फ भने नेपालले सुखद सुरुवात गर्न सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले […]