May 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले आईएसए नेपाललाई ४०–१३ ले सहजै पराजित ग¥यो । रोयलकी ममता गुरुङले ९ अंक जोडिन् । धरान सफलधरानले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सफलता पाएको छ […]
May 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत व्हीलचेयर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बाग्मती प्रदेशले शनिबार उपाधि हात पारेका छन् । नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्वावधानमा राखेपद्वारा आयोजित प्रतियोगिताअन्तर्गत ५ टिम सहभागी पुरुषको राउन्ड रोविन लिगमा गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो । ४६ अंकसाथ कर्णाली प्रदेश दोश्रो तथा ४४ अंकमा सुदूरपश्चिम प्रदेश […]
May 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँ बजार, कीर्तिपुरलाई ३१–२४ ले पराजित ग¥यो । जेभियरका लागि भावना केसीले १४ अंक जोडिन् । दोश्रो क्वाटरको समाप्तिसम्म जेभियर १२–६ ले पछि थियो । पहिलो क्वाटरमा […]
May 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) को आयोजनामा फादर वाट्रिन महिला खुला बास्केटबल शुक्रबारदेखि हुने भएको छ । ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिममा रोयल, जेभियर, आईएसए नेपाल र नयाँ बजार, कीर्तिपुर रहेका छन् । राउन्ड रोविनमा शीर्ष दुई […]
May 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलका रवि पौडेलेले १९ अंक जोडे । रोयल अघिल्ला दुवै संस्करणको विजेता हो । त्यस्तै जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र […]
May 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । जेभियर ब्वाइज तथा नाथम गल्र्समा च्याम्पियन बनेका हुन् । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । जेभियरका रवि पौडेलले १७ अंक […]
May 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन् । गोल्डेनगेटले नाथमलाई ६१–५३ ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले क्रमशः १७–५, १६–११ र २०–१३ को अग्रता लिएको थियो । चौथो […]
May 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार जित हात पारेको छ । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले नाथमलाई ७२–३८ ले पराजित ग¥यो । जेभियरका रवि पौडेलले २१ अंक जोडे । ब्वाइजमै मल्पी र केसीएम पनि विजयी भए । मल्पीले शुभश्रीलाई २४–२२ को साँघुरो अन्तरले हरायो […]
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ । गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजललाई ६३–४३ ले पराजित ग¥यो । ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले सायम (एसआईएएम) लाई ५५–४५ तथा नाथम (एनएटीएचएम) लाई ५१–४० ले हराए । गल्र्सको राउन्ड रोविन लिगमा शुभश्रीले मल्पीमाथि ८–६ को जित […]
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको १९ औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट भएको छ । बास्केटबल र कबड्डी दुवैमा महिला टोलीको प्रारम्भिक छनोट भएको हो । बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाएका छन् । त्यस्तै नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिका अनुसार कबड्डीमा २८ खेलाडी छनोट […]